२०८३, १२ मंसिर शनिबार

मौसम अपडेट : तीन प्रदेशमा भारी वर्षाको सम्भावना

मौसम अपडेट : तीन प्रदेशमा भारी वर्षाको सम्भावना


काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको मौसमविदले जनाएका छन् । मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको दक्षिणतिर र पूर्वतिर सरदर स्थानको आसपास अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाको भनाइ छ ।

आज देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । सबै प्रदेशका थोरै स्थानहरूमा वर्षाको सम्भावना रहेको छ । मौसम विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, मधेश र सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न महाशाखाको अनुरोध छ । ती क्षेत्रहरूमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन पनि भनिएको छ ।

प्रकाशित मिति : २०८१, १० भाद्र सोमबार  ६ : ४० बजे

कमब्याक होस् त गरिमाको जस्तो !

काठमाडौं । राजेश हमाल, सरोज खनाल, रमेश उप्रेती, दिलीप रायमाझी,

भोटेकोशी बाढीमा बेपत्ता सुनसरीका १७ जनालाई राहतका लागि विवरण प्राधिकरणमा सिफारिस

इनरुवा । भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा परी बेपत्ता भएका

गरिबी बढाउँदै जलवायु परिवर्तन र यसको व्यवस्थापन  

नेपालको प्रमुख समस्या गरिबी र बेरोजगारी हो । दशकौंदेखि नेपालको

यसै वर्ष रुपाताल संरक्षण परियोजना सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले कास्कीस्थित रुपाताल

१०औँ राष्ट्रिय खेलकुद : नौ विधामा आज खेलाडीबीच भिडन्त

सुर्खेत । १०औँ राष्ट्रिय खेलकुद प्रतियोगितामा आज नौ खेल विधाका