२०८२, २६ पुस शनिबार

‘बुद्धचित्त’ प्रकरण: राकेशले गरे सिन्धुली प्रहरी समक्ष आत्मसमर्पण

‘बुद्धचित्त’ प्रकरण: राकेशले गरे सिन्धुली प्रहरी समक्ष आत्मसमर्पण


सिन्धुली : सिन्धुलीको फिक्कल गाउँपालिका – १ का होमबहादुर सुनुवारको घरमा रहेको  बुद्धचित लुट्ने काभ्रे तेमालका किरण भनिने राकेश लामाले सिन्धुली प्रहरीमा आत्म समर्पण गरेका छन् ।

होमबहादुर सुनुवारको बुद्धचितको रुख फिक्कल गाउँपालिका खेलकुद विकास समितिको अध्यक्ष समेत रहेका शिव बराल मार्फत  काभ्रे तेमालका पुष्पलाल दोङ, राकेश तामाङ र दूतराज तामाङले वार्षिक ५ लाख रुपैयाँमा  ३ वर्षको लागि  १५ लाखमा करार सम्झौता गरेका थिए। उक्त  १५ लाखमा  करार सम्झौता गरेको रुख उनीहरूले काठमाडौँ ठमेलका माला व्यापारी आर्यन खतिवडालाई ६५ लाखमा बिक्री करार गरेका थिए । तर, बुद्ध चित्तको दाना टिप्ने समयमा आर्यन खतिवडालाई बिक्री गरिसकेको माला गत साउन १ गते राकेश र दूतराज तामाङ आफैले लुटेका थिए ।

आर्यन खतिवडाले आफूले खरिद गरेको बुद्ध चित्त लुटिएको भनेर मिडियामा आएपछि मात्रै घटना बाहिर आएको थियो । मिडियामा उनले प्रहरीको नै संलग्नतामा  माला लुटिएको प्रहरीले किटानी जाहेरी र उजुरी समेत लिन अस्वीकार गरेको बताएका थिए । फिक्कलबाट लुटिएको  ५० केजी बुद्धचितको माला  ८० लाख बिक्री गरिएको काभ्रेकै एक बुद्ध चित्त व्यापारीले नाम नबताउने सर्तमा बताएका थिए ।

चौतर्फी चर्चा र आलोचना भएपछि, जिल्ला प्रहरी कार्यालय सिन्धुलीले  उक्त घटनाको किटानी जाहेरी साउन १६ गते मात्रै  दर्ता  गरेको थियो । सिन्धुली प्रहरीले जाहेरी दर्ता भएसँगै ३ जना लाई अनुसन्धानको लागि  पक्राउ पुर्जी जारी गरेको थियो।

पक्राउ पुर्जी जारी भएपछि काभ्रे तेमालका राकेश तामाङ भदौ २ गते आइतबार सिन्धुली प्रहरी समक्ष हाजिरी भएका छन् । तामाङको  बुधवार जिल्ला अदालत सिन्धुलीबाट ७ दिनको म्याद थप गरेर अनुसन्धान अगाडी बढाएको  जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी गोविन्दराज काफ्लेले जानकारी दिए ।

प्रहरी प्रमुख एसपी काफ्लेका अनुसार , पक्राउ पुर्जी जारी भएका ३ जना मध्ये राकेश आफै प्रहरी कार्यालयमा हाजिर भएको र अन्य २ जना अझै फरार रहेको छन् ।  प्रारम्भिक अनुसन्धान हेर्दा अरू थुप्रै संलग्न पक्षहरू तानिने देखिन्छ उनले भने ।

त्यसैगरी सिन्धुलीको फिक्कल गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष शिव बरालको समेत प्रत्यक्ष संलग्नता देखिएको र बद्धचित्त माला लुट्नको लागि गाउँपालिकाको सरकारी मोटरसाइकलहरू  प्रयोग गरिएको भनेर सामाजिक सञ्जालमा  चौतर्फी आलोचना भएको थियो । यस विषयमा जानकारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत  डम्बरबहादुर  रजनमगरलाई पटक-पटक सम्पर्क गर्दा समेत उनी सम्पर्कमा आउन चाहेनन् । 

प्रकाशित मिति : २०८१, ७ भाद्र शुक्रबार  ९ : ३९ बजे

विशेष महाधिवेशन विवादबीच देउवा र राष्ट्रपति भेट : रणनीति वा नयाँ संकेत के होला ?

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट

उज्यालो नेपालको बैठक बोलाएर आधा घन्टामै स्थगित, फेरि के पाक्दैछ ?

काठमाडौं। नयाँ राजनीतिक पहलका रूपमा चर्चामा रहेको ‘उज्यालो नेपाल’ अभियानको

एमालेको समानुपातिक सूचीमा थपिए सत्यदेवी खड्का र टेकबहादुर घतानी

काठमाडौँ। नेकपा एमालेले निर्वाचन आयोगमा पेश गरेको समानुपातिक बन्दसूचीमा दुई

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक जारी

काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकमा महामन्त्रीद्वय गगन थापा

इरान संकट, ऊर्जा राजनीति र होर्मुज जलडमरूको रणनीतिक खेल

इरानमा चर्किएको राजनीतिक संकट केवल शासन र सडकबीचको टकराव होइन,