२०८३, २५ आश्विन सोमबार

रोहित पौडेलको शतक चम्किँदा क्यानडामाथि नेपालको शानदार जित

रोहित पौडेलको शतक चम्किँदा क्यानडामाथि नेपालको शानदार जित


काठमाडौं । रोहित पौडेलको उत्कृष्ट शतकसँगै नेपालले आईसीसी विश्वकप क्रिकेट लिग–२ मा क्यानडालाई २४ रनले हराएको छ। ओमानमा जारी प्रतियोगितामा नेपालले ब्याटिङ र बलिङ दुवैमा राम्रो प्रदर्शन गर्दै महत्त्वपूर्ण जित निकालेको हो।

नेपालले प्रस्तुत गरेको २३६ रनको लक्ष्य पछ्याउने क्रममा क्यानडाको टोली ४८.४ ओभरमा २११ रन बनाउँदै अलआउट भयो। यस जितपछि नेपाल २६ अंकसहित अंकतालिकाको छैटौँ स्थानमा पुगेको छ। क्यानडा भने २५ अंकका साथ सातौँ स्थानमा झरेको छ।

नेपालको इनिङ्स सम्हाल्ने क्रममा कप्तान रोहित पौडेलले १२६ बलमा आठ चौका र एक छक्कासहित १०१ रन बनाए। उनको यो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा तेस्रो शतक हो। यससँगै रोहित नेपालका लागि तीनवटा एकदिवसीय अन्तर्राष्ट्रिय शतक प्रहार गर्ने पहिलो खेलाडी बनेका छन्।

यसअघि ब्याटिङमा उत्रिएको नेपालले सुरुवातमै दुई विकेट गुमाएको थियो। आशिफ शेख चार रनमा र इशान पाण्डे शून्यमा आउट भएपछि दबाबमा परेको नेपाली टोलीलाई अर्जुन कुमालले २३ रन जोड्दै साथ दिएका थिए।

त्यसपछि रोहित र बसिर अहमदले चौथो विकेटका लागि ७७ रनको साझेदारी गरे। बसिरले ३० रन बनाए। दीपेन्द्रसिंह ऐरी ६ रनमै आउट भएपछि रोहितले गुलशन झासँग छैटौँ विकेटका लागि ८२ रन थपे। गुलशनले ३४ बलमा चार चौका र तीन छक्काको मद्दतले ४८ रन बनाए।

रोहितको शतकका कारण नेपालले ५० ओभरमा सबै विकेट गुमाएर २३५ रनको प्रतिस्पर्धात्मक योगफल तयार पारेको थियो।

जवाफी ब्याटिङमा क्यानडाले १० रनमै पहिलो विकेट गुमाएको थियो। त्यसपछि आरोन जोनसन र समित गोहेलले ६४ रनको साझेदारी गर्दै टोलीलाई खेलमा फर्काउने प्रयास गरे। आरोन ४४ रनमा आउट भए भने समितले ३५ रन बनाए।

क्यानडाका श्रेयस मोव्वा र कप्तान हम्जा तारिकले समान २६ रन जोडे। अखिल कुमार ३० रनमा अविजित रहे पनि टोलीलाई जितसम्म पुर्‍याउन सकेनन्।

नेपालका लागि सन्दीप लामिछाने, करण केसी, ललित राजवंशी र नन्दन यादवले दुई–दुई विकेट लिए। नेपाली बलरहरूको निरन्तर विकेट लिने प्रदर्शनले क्यानडाको लक्ष्य पूरा गर्ने सम्भावना समाप्त भयो।

क्यानडाका बलरमध्ये अखिल कुमारले चार विकेट लिए भने सुखजिन्दर सिंहले तीन र जाहिद श्रीजादले दुई विकेट हात पारे।

यस जितसँगै नेपालले लिग–२ का ३३ खेलबाट १२ जित हासिल गर्दै २६ अंक पुर्‍याएको छ। रोहितको शतक र बलरहरूको संयमित प्रदर्शन नेपालका लागि जितको मुख्य आधार बनेको छ।

प्रकाशित मिति : २०८३, २५ आश्विन सोमबार  ९ : ०१ बजे

हिम पर्वत हाइड्रोपावरको आईपीओ कात्तिक ११ देखि, स्थानीय र विदेशमा रहेका नेपालीले आवेदन दिन पाउने

काठमाडौं । हिम पर्वत हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानीय

रोहित पौडेलको शतक चम्किँदा क्यानडामाथि नेपालको शानदार जित

काठमाडौं । रोहित पौडेलको उत्कृष्ट शतकसँगै नेपालले आईसीसी विश्वकप क्रिकेट

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन देशको मुद्रा कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर

एमालेका १३ जना नयाँ केन्द्रीय सदस्यले आज शपथ लिँदै

काठमाडौं । नेकपा एमालेले मनोनीत गरेका १३ जना केन्द्रीय सदस्यलाई