२०८३, २५ आश्विन सोमबार

एमालेका १३ जना नयाँ केन्द्रीय सदस्यले आज शपथ लिँदै

एमालेका १३ जना नयाँ केन्द्रीय सदस्यले आज शपथ लिँदै


काठमाडौं । नेकपा एमालेले मनोनीत गरेका १३ जना केन्द्रीय सदस्यलाई आज शपथ गराउने भएको छ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा दिउँसो २ बजे शपथ ग्रहण कार्यक्रम आयोजना गरिने प्रचार विभाग प्रमुख निरज आचार्यले जानकारी दिएका छन्।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले मनोनीत सदस्यहरूलाई पद तथा जिम्मेवारीको शपथ गराउने कार्यक्रम रहेको छ। एमालेको असोज २२ गतेदेखि तीन दिनसम्म चलेको पहिलो स्थायी कमिटी बैठकले विभिन्न जिल्लाबाट प्रतिनिधित्व हुने गरी १३ जनालाई केन्द्रीय सदस्यमा मनोनयन गर्ने निर्णय गरेको थियो। शपथ लिनेहरूमा भोजपुरकी सिर्जना राई, रुपन्देहीकी सावित्रा अर्याल, कञ्चनपुरकी इन्दु कडरिया विष्ट, नवलपुरकी सीता पंगेनी, पाल्पाकी सीता अधिकारी र कास्कीकी डा. पुष्पा केसी भण्डारी रहेका छन्।

त्यस्तै, सिराहाका धर्मनाथ प्रसाद साह, तेह्रथुमका तेजमान कन्दङवा, ताप्लेजुङका टंक आङ्वोहाङ, रोल्पाका नवीन रोक्का, स्याङ्जाका मीनप्रसाद गुरुङ, दोलखाका डवल पाण्डे र रुपन्देहीका तेजेन्द्र केसीले पनि आज शपथ लिनेछन्। शपथ ग्रहणसँगै उनीहरूले पार्टीको केन्द्रीय कमिटीमा औपचारिक रूपमा जिम्मेवारी सम्हाल्नेछन्।

प्रकाशित मिति : २०८३, २५ आश्विन सोमबार  ८ : ५१ बजे

महिलातर्फको खुला केन्द्रीय सदस्यमा वासना थापा अगाडि, यस्तो छ मतपरिणाम

काठमाडौं ।  नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खुला महिलातर्फ केन्द्रीय सदस्यको

हिम पर्वत हाइड्रोपावरको आईपीओ कात्तिक ११ देखि, स्थानीय र विदेशमा रहेका नेपालीले आवेदन दिन पाउने

काठमाडौं । हिम पर्वत हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानीय

रोहित पौडेलको शतक चम्किँदा क्यानडामाथि नेपालको शानदार जित

काठमाडौं । रोहित पौडेलको उत्कृष्ट शतकसँगै नेपालले आईसीसी विश्वकप क्रिकेट

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन देशको मुद्रा कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर

एमालेका १३ जना नयाँ केन्द्रीय सदस्यले आज शपथ लिँदै

काठमाडौं । नेकपा एमालेले मनोनीत गरेका १३ जना केन्द्रीय सदस्यलाई