२०८२, १७ पुस बिहीबार

‘सुस्त आर्थिक वृद्धिले विकासोन्मुख र अल्पविकसित देशहरु थप समस्यामा’

‘सुस्त आर्थिक वृद्धिले विकासोन्मुख र अल्पविकसित देशहरु थप समस्यामा’


काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उच्च व्यापार घाटा, सुस्त आर्थिक वृद्धि र विकास सहायताको घट्दो क्रमले विकासोन्मुख र अल्पविकसित देशहरु थप समस्यामा परेको बताएका छन् । 

आज (मंगलबार) काठमाडौंमा विकासका लागि वित्तसम्बन्धी संवाद, भविष्यमा हुने शिखर सम्मेलनका लागि नेपालको मार्ग विषयक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले विकासोन्मुख र अल्पविकसित मुलुकहरुको आन्तरिक राजश्व परिचालन गर्ने क्षमता कमजोर हुँदै गएको बताए । आन्तरिक श्रोतको अभावमा निजी पुँजी तथा विकास सहायतालगायत सम्भाव्य क्षेत्रको श्रोतको अधिकतम उपयोग गर्नेगरी विकासप्रतिको खाका तय गर्नुपर्ने अवस्था सिर्जना भएको अर्थमन्त्रीको भनाइ छ । कुल गार्हस्थ्य उत्पादनका तुलनामा राजश्वको अनुपात तुलनात्मक रुपमा राम्रो देखिएपनि यसलाई दिगो बनाउनुपर्ने चुनौति रहेको बताए । प्रत्यक्ष वैदेशिक लगानी र वाह्य क्षेत्रबाट आउने पुँजी प्रवाह तुलनात्मक रुपमा न्युन रहेको अर्थमन्त्रीको भनाइ छ ।

सार्वजनिक ऋणको भार बढ्दै गएकाले विकासका लागि श्रोतको जोहो गर्नेकुरा चुनौतिपूर्ण बनेको बताए । उनले राजश्वको अधिकांश हिस्सा सार्वजनिक ऋण भुक्तानीमा लगाउनुपर्ने बाध्यताले सामाजिक सुरक्षा तथा विकासका गतिविधिमा सरकारको लगानी संकुचित हुने अवस्था रहेको बताए । उनले यसले दिगो विकासको लक्ष्य प्राप्ति गर्ने संकल्पलाई टाढा धकेल्ने चुनौति बढेको बताए । उनले नेपाल सरकारले अर्थतन्त्रको विकासका लागि निजी क्षेत्रलाई नेतृत्वदायी भूमिकामा राखेको बताए । सरकार निजी क्षेत्रको लगानी अभिवृद्धि गर्न आवश्यक वातावरण बनाउन तयार रहेको बताए । निजी पुँजी आकर्षित गर्नेगरी विकासको खाका निर्माण गर्ने बताए ।

सरकार रोजगारीसहितको विकासको पक्षमा रहेको बताए । युवा श्रम शक्तिलाई बजारको मागअनुकूल स्वदशमै रोजगार वा स्वरोजगार बनाउन र रोजगारीको अवसर सिर्जना गर्न सरकार प्रयासरत रहेको बताए । सरकारी र निजी लगानी बढाउनसके स्वदेशमा नै कामको अवसरहरु बढाउन सकिने बताए । नेपालको विकास प्रयासमा स्वदेशी पुँजी र प्रविधि मात्रै पर्याप्त नरहेको भन्दै सरकार विदेशी पुँजी र प्रविधि भित्र्याउन सबै नीतिगत र कानूनी पूर्वाधार निर्माण गर्न कटिवद्ध रहेको बताए ।

उनले कानूनी सुधारमा नीतिगत स्पष्टताका लागि थप काम गर्दै अघि बढ्ने प्रतिवद्धता जनाए । उपप्रधानमन्त्री पौडेलले उत्पादन क्षमता सुदृढिकरण, निर्यात प्रतिष्पर्धात्मकता, व्यापार वृत्तमा पहुँच, सीप हस्तान्तरण, कनेक्टिभिटी बजार पहुँच, व्यापार सहजीकरण र प्रविधि हस्तान्तरणमा केन्द्रित रहेर नविन वित्तीय उपकरणहरु विकासको उपयोगका लागि निरन्तर साझेदारी सहयोग र अन्तर्राष्ट्रिय सहयोगका लागि सामुहिक रुपमा वकालत गर्नुपर्ने बताए ।

उपप्रधानमन्त्री पौडेलले नेपाल जलवायु परिवर्तनको प्रभावबाट प्रत्यक्ष रुपमा प्रभावित भएको बताए । उनले कार्बन उत्सर्जनमा नेपालको नगन्य योगदान रहेपनि गैरअनुपातिक असर परेको बताए । नेपाल विकास वृत्तका लागि नयाँ श्रोत र उपकरण छुट्याउनु पर्ने पक्षमा उभिएको बताए । 

प्रकाशित मिति : २०८१, ४ भाद्र मंगलबार  २ : ०२ बजे

कांग्रेस विशेष महाधिवेशनका लागि भृकुटीमण्डप हल बुकिङ

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा

सुनसरी गोली काण्ड: ५ बुँदे सहमति, छानबिन समिति गठन

विराटनगर । सुनसरीको कोशी गाउँपालिका–१ मा सशस्त्र प्रहरीको गोली लागेर

प्रधानमन्त्री कार्कीद्वारा दुर्गा प्रसाईँसँग सिंहदरबारमा वार्ता

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की ले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति

आजदेखि अंग्रेजी नयाँ वर्ष, इस्वी संवत् २०२६ सुरु : संसारभर कार्यक्रम हुँदै

काठमाडौं । ग्रेगोरियन पात्रोअनुसार आजदेखि अंग्रेजी नयाँ वर्ष अर्थात् इस्वी

अध्यक्ष-उपाध्यक्षको विवादले ग्रामथान गाउँपालिकामा आज पनि तनाव

विराटनगर । मोरङको ग्रामथान गाउँपालिकाको कार्यालय परिसरमा आज पनि तनावपूर्ण