२०८१, २ माघ बुधबार

भारत भ्रमण सकेर उद्योग मन्त्री भण्डारी स्वदेश फिर्ता

भारत भ्रमण सकेर उद्योग मन्त्री भण्डारी स्वदेश फिर्ता


काठ्माण्डौँ । बिमिस्टेक सम्मेलनका लागि भारत जानुभएका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी ५ दिने औपचारिक भ्रमण सकेर स्वदेश फर्कनुभएको छ । यसैक्रममा मन्त्री भण्डारीले भारतीय समकक्षी वाणिज्य तथा उद्योग मन्त्री पियुष गोयल र पेट्रोलियम एवं प्राकृतिक ग्याँस मन्त्री हरदीप सिंह पुरीसँग भेटघाट गरी द्विपक्षीय हित तथा सम्बन्धका विषयमा छलफल गर्नुभएको छ ।

यसकासाथै उहाँले विसाखापट्टनम पोर्ट र कलकत्ता पोर्टको अवलोकन गर्नुभएको छ । कलकत्तास्थित महावाणिज्यदूतावासको निरीक्षण गरि दूतावासको काम कारबाहीलाई थप प्रभावकारी बनाउन निर्देशन दिनुभएको छ ।
मन्त्री भण्डारीको भारत भ्रमणका बिषयमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले एक प्रेस विज्ञप्ती जारि गर्दै भ्रमणको उपलब्धीका बिषयमा जानकारी गराएको छ ।

विज्ञप्तीमा उल्लेख भए अनुसार २३ साउनमा बिमिस्टेकको सम्बोधन गर्दै मन्त्री भण्डारीले बिमिस्टेकले भू–परिवेष्टित राष्ट्रको समुद्रसम्मको पहुँचको अधिकार सुनिश्चित गर्दै कनेक्टिभिटि, लगानी तथा क्षेत्रीय व्यापार विस्तारमा प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने कुरामा जोड दिएको बताइएको छ ।

यसैगरी भारतीय वाणिज्य तथा उद्योग मन्त्री पियुष गोयलसँगको भेटमा नेपाल भारतबीचका विभिन्न संयन्त्रहरुलाई क्रियाशील बनाउनुपर्ने, अन्तर सरकारी समितिको बैठक चाँडै आयोजना गर्ने, नेपाली निर्यातकर्ताले भोगेका कठिनाइका सम्बन्धमा सहजीकरण गर्ने, भारतले नेपाललाई उपलब्ध गराएको कोटा बमोजिमको खाद्यान्न सीमा क्षेत्रको मूल्यमा उपलब्ध गराउने र खाद्यान्नमा भारत सरकारको तर्फबाट लगाइएको निकासी शुल्क हटाउने विषयमा मन्त्री भण्डारीले जोड दिनुभयो ।
भारतका वाणिज्य तथा उद्योग मन्त्री गोयलले कोटा बमोजिमको खाद्यान्न नेपालमा आयात गर्न आवश्यक सबै प्रकारको सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुका साथै नेपाललाई आवश्यक पर्ने सबै प्रकारका खाद्यान्न भारतले उपलब्ध गराउने प्रष्ट पार्नुभयो ।

साथै, उँहाले नेपाली निर्यातकर्ताले भोगेका समस्या समाधान गर्ने, द्विदेशीय संयन्त्रहरुलाई क्रियाशील बनाउने, सचिवस्तरीय बैठकलाई उच्च प्राथमिकता दिई छिट्टै आयोजना गर्ने कुरामा आफूले अधिकतम् पहल गर्ने विश्वास दिलाउनुभयो ।
पेट्रोलियम एवं प्राकृतिक ग्याँस मन्त्री हरदीप सिंह पुरीसँगको भेटमा मन्त्री भण्डारीले पेट्रोलियम पाइपलाइन विस्तार तथा भण्डारण सम्बन्धी पूर्वाधार भारत सरकारको अनुदान सहयोगमा निर्माण गर्ने व्यवस्थाका लागि अनुरोध गर्नुभयो । निर्माणाधीन आयोजनाहरु समयमा सम्पन्न गर्न सम्बन्धित निकायलाई थप क्रियाशील बनाउने विषयमा समेत छलफल भएको छ ।

पेट्रोलियम मन्त्री पुरीले नेपालको अनुरोधलाई कार्यान्वयन गर्न सकारात्मक प्रयास गर्ने वचनबद्धता व्यक्त गर्नुभएको छ ।
२४ साउनमा मन्त्री भण्डारी र प्रतिनिधिमण्डलका सदस्य, नेपाल आयल निगमका कार्यकारी निर्देशक तथा प्रशासन विभाग प्रमुख सहितको टोलीले दिल्लीस्थित भारतीय आयल निगमको निरीक्षण गरी त्यहाँको पूर्वाधार तथा सेवा प्रवाह प्रणालीको विषयमा जानकारी लिएको छ । सो अवसरमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई इन्धन डिपोको स्थानान्तरण गर्ने र त्यसका लागि भारतीय पक्षले आर्थिक तथा प्राविधिक सहयोग जुटाउने विषयमा समेत छलफल भएको छ ।

साउन २४ देखि २६ सम्म भारतको विशाखापट्टनम, हल्दिया र कलकत्ता बन्दरगाहको स्थलगत अवलोकन गरी त्यहाँस्थित पोर्टका पदाधिकारीहरुसँग अन्तरक्रिया गर्नुभयो । यस अवसरमा भूपरिवेष्ठित राष्ट्रको रुपमा नेपालको ट्रेड लजिस्टिक खर्च बढी भएको र नेपाली आयात–निर्यातकर्ताले भोग्नु परेको विभिन्न समस्याहरूको बारेमा छलफल गर्नुका साथै ट्रेड लजिस्टिक खर्च घटाउने विभिन्न विकल्पका बारेमा छलफल भयो । साथै, हल्दियास्थित पारवहन तथा गोदाम व्यवस्था कम्पनीको जग्गा तथा गेष्ट हाउसको समेत निरीक्षण अनुगमन गर्नुभयो ।

सो अवसरमा भारतीय अधिकारीहरुले नेपालको ट्रेड लजिस्टिक खर्च घटाउने विषयमा कार्य भइरहेको र नेपाली प्रतिनिधिमण्डलको अनुरोध बमोजिम उक्त खर्च थप घटाउने विषयमा आफूहरुले कलकत्तास्थित नेपाली महावाणिज्य दूतावासका पदाधिकारीहरुसँग छलफल गर्ने बताउनुभएको छ । त्यसैगरी, मन्त्री भण्डारीले कलकत्तास्थित महावाणिज्यदूतावासको निरीक्षण गरि उक्त दूतावासको काम कारबाहीलाई थप प्रभावकारी बनाउन निर्देशन दिनुभएको छ । मन्त्रालयले जारि गरेको विज्ञप्तीमा मन्त्री भण्डारीको पहिलो भारत भ्रमण उपलब्धीमुलक रहेको जनाएको छ ।

प्रकाशित मिति : २०८१, २८ श्रावण सोमबार  १० : ०९ बजे

रवि लामिछाने धरौटी बुझाएर रिहा : बुटवल र चितवनमा आफै हाजिर हुने

काठमाडौं । सहकारीको रकम अपचलनका प्रतिवादी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति

पिएसबीले जनताको सूचनाको हकको प्रत्याभूत गर्नुपर्छ : सञ्चारमन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालमा लोकतन्त्रको

 स्वतन्त्र पार्टीका सभापति थुनछेक बहसका लागि रवि लामिछाने जिल्ला अदालतमा

काठमाडौं । राष्ट्रिरबि लामिछानेलाई काठमाडौं जिल्ला अदालत लगिएको छ ।

आजको मौसम पूर्वानुमान : यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले

मानवअधिकार एलायन्सको अध्यक्षमा पुनः पौडेल

सिन्धुलीः मानवअधिकार तथा सामाजिक न्याय मञ्च (मानवअधिकार एलायन्स) सिन्धुलीको छैठौं