२०८३, २९ श्रावण शनिबार

बंगलादेशको सत्ता सेनाको हातमा, हसिना फेरि फर्किलिन् राजनीतिमा ?

बंगलादेशको सत्ता सेनाको हातमा, हसिना फेरि फर्किलिन् राजनीतिमा ?


काठमाडौं । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले पदबाट राजीनामा दिएर भारत पलायन भएपछि त्यहाँको सत्ता सेनाको हातमा पुगेको छ । सेनाप्रमुख वाकर–उज–जमानले सोमबार दिउँसो बङ्गलादेशी प्रधानमन्त्री शेख हसिनाले आफ्नो पदबाट राजीनामा दिंदै सुरक्षित स्थानमा गएको जानकारी गराउँदै अन्तरिम सरकार बनाउने घोषणा गरेका छन् ।

प्रधानमन्त्री हसिनाको राजीनामाको माग गर्दै गरिएको आन्दोलनमा ढाकामा व्यापक सहभागितापछि प्रधानमन्त्री हसिनाले पदबाट राजीनामा दिएकी हुन् । उनले भने, ‘प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिनु भएको छ । अब सेनाको पहलमा अन्तरिम सरकार बन्ने छ ।’ कामचलाउ सरकारको नेतृत्व सेना प्रमुख जमानले आफै गर्नेछन् वा अन्य कसैलाई जिम्मेवारी दिइनेछ भन्ने बिषयमा उनले केही बताएका छैनन् ।

बङ्गलादेशको सरकारी टेलिभिजनमार्फत राष्ट्रका नाममा प्रशारण गरिएको कार्यक्रममा बङ्गलादेशका सेना प्रमुख जमानले सोमबार हसिनाले राजीनामा दिएको र सेनाले अन्तरिम सरकार गठन गर्ने बताएका हुन् । ‘देशले धेरै क्षति व्यहोरेको छ, अर्थतन्त्र प्रभावित भएको छ, धेरै मानिस मारिएका छन् । अब, यो हिंसा रोक्ने समय हो’, वाकरले भने, ‘मलाई आशा छ, यो सम्बोधनपछि स्थितिमा सुधार आउनेछ ।’

बङ्गलादेशमा सरकारी जागिरमा आरक्षण ९कोटा० प्रणालीको विरोध गर्दै बिद्यार्थी समूहले सुरू गरेको आन्दोलनले सफलताको उत्कर्ष पार गर्दै प्रधानमन्त्री हसिनालाई राजीनामा दिन बाध्य बनाएको छ । आन्दोलनका क्रममा आइतबार ९४ जनाको मृत्यु भएको थियो भने अहिलेसम्म कम्तीमा ३०० जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बालबालिका, महिलासहित कैयौँ सर्वसाधारण रहेका स्थानीय मानव अधिकारवादी समूहले जनाएका छन् ।

हसिना अब राजनीतिमा नफर्कने
पदबाट राजीनामा दिँदै देश छाडेकी बङ्गलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिना अब राजनीतिमा नफर्कने भएकी छन् । देशव्यापी आन्दोलन हिंसात्मक बनेपछि सोमबार देश छाडेकी उनी भारत हुँदै बेलायत९लण्डन० जाने तयारीमा छिन् ।

बीबीसीसँग कुरा गर्दै उनका छोरा सजिब वाजेद जोयले देशका लागि लामो समय संघर्ष गरे पनि आरक्षणसम्बन्धी विषयलाई लिएर देशव्यापी आन्दोलन भएकोमा हसिनाले दुःख व्यक्त गरेकी थिइन् । पारिवारिक सल्लाह अनुसार नै हसिनाले देश छाडेको जानकारी दिँदै जोयले आन्दोलन थप चर्किएपछि सत्ता छाड्ने मनस्थितिमा पुगेको उल्लेख गरे । १५ वर्षअघि सत्तामा पुग्दा गरिब देशको सूचीमा रहेको बङ्गलादेशलाई विश्वसामु चिनाउन हसिनाले गरेको योगदान भुल्न नहुने बताउँदै जोएले बंगलादेश अहिले समृद्ध उन्मुख देशको सूचीमा रहेको दाबी गरे ।

पूर्व प्रधानमन्त्री हसिनाका आधिकारिक सल्लाहकार समेत रहेका जोयले आन्दोलन दबाउन सरकारले कुनै बल प्रयोग नगरेको दाबी गर्दै भने, ‘तपाईंले हिजो मात्र भीडले १३ सुरक्षाकर्मीलाई निर्घात कुटपिट गरेको देख्नु भएको छ । त्यसो भए भीडले मानिसहरूलाई कुटपिट गर्दा पुलिसले के गर्ने अपेक्षा गर्नुहुन्छ रु’

प्रकाशित मिति : २०८१, २१ श्रावण सोमबार  ८ : ४१ बजे

शशांकको दाबी-‘बिपीले शेरबहादुरलाई पश्चिमको राजकुमार भन्नुहुन्थ्यो’

‘देउवा आएपछि राष्ट्रिय भेला पूर्ण सफल भयो, हाम्रो सभापति उहाँ

गगन थापामाथि मोहन बस्नेतको कडा प्रहारः ‘बोकाले दाइँ हुँदैन, गोरु चाहिन्छ’

काठमाडौं । नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले महामन्त्री गगन थापामाथि

काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा आफ्नै विद्यार्थी प्रा.डा. विवेक बराल

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू) को उपकुलपतिमा प्रा.डा. विवेक बराल

सुदूरपश्चिममा एमालेको सत्ता प्रवेश, चार सदस्यले सम्हाले जिम्मेवारी

धनगढी । सुदूरपश्चिम प्रदेशको सत्ता समीकरण फेरिएसँगै नेकपा एमाले सरकारमा

सुदूरपश्चिमको सत्ता समीकरण फेरियो, खगराज भट्टको हातमा प्रदेश सरकार

धनगढी । सुदूरपश्चिम प्रदेशमा सत्ता समीकरण परिवर्तन भएसँगै सरकारको नेतृत्व