२०८२, २ श्रावण शुक्रबार

हामी पुष्पलालले भनेजस्तै बाम–लोकतान्त्रिक सहकार्यकै बाटोमा आइपुगेका छौं : मन्त्री पाण्डे

हामी पुष्पलालले भनेजस्तै बाम–लोकतान्त्रिक सहकार्यकै बाटोमा आइपुगेका छौं : मन्त्री पाण्डे


काठमाडौं । संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले पुष्पलाल श्रेष्ठ नेपाली राजनीतिका एक धरोहर भएको बताएका छन् । नेपालमा बाम लोकतान्त्रिक सहकार्यका आवश्यक भनेर पुष्पलालले पहिल्यै भन्नुभएजस्तै आज कांग्रेस–एमाले एकै ठाउँमा आइपुगेको औंल्याए ।
विहीबार पुष्पलाल राष्ट्रिय पुरस्कार २०८० समर्पण समारोहलाई सम्बोधन गर्दै उनले भने,‘नेपालमा वाम–लोकतान्त्रिक सहकार्य हुनुपर्छ भनेर पुष्पलालले प्रारम्भदेखि नै चिन्तन गर्नुभएको थियो । त्यही चिन्तनको परिणतीका रुपमा आजको ठाउँमा आइपुगेका छौं । ०४६ सालको जनआन्दोलन, ०६२।०६३ को जनआन्दोलन र शान्तिप्रक्रिया दुई शक्ति मिलेर नै गरेका हौं । ०४७ सालमा मदन भण्डारीले बहुदलीय जनवाद पनि आजका लागि सान्दर्भिक छ,’ उनले अगाडि भने,‘अहिले हामीले निर्माण गरेको संविधानको बीचको तत्वपनि पुष्पलाल नै हुनुहुन्छ ।’
व्यवस्था र संविधानको रक्षाका लागि वाम लोकतान्त्रिक सहकार्य आवश्यक रहेको औल्याउँदै पर्यटनमन्त्री बद्री पाण्डेले गरिब जनताको अनुहारमा पुष्पलालले ठुलो खुसी दिएको बताए । उनले गरिब जनताका लागि हाँसो ल्याउन पुष्पलालले संघर्ष गरेको बताए । उनले भने, ‘मुलुकलाई एउटा समृद्धि र विकास बनाउनको लागि पुष्पलालहरुले गरेको संर्घषको वर्णन गर्नै सकिन्न । उहाँहरुले देखाएको बाटो गरिब जनताको नाममा लिएको हासो र खुसी सम्झन लायक छ ।’ मन्त्रालयले विभिन्न क्षेत्रमा उच्च योगदान पुर्याएका तीन अगुवाहरुलाई विहीबार सम्मान गरेको थियो ।

प्रकाशित मिति : २०८१, १७ श्रावण बिहीबार  ३ : ३० बजे

आजको तरकारी र फलफूलको मूल्य कति ?

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज

श्रमिकको न्यूनतम तलब बढेर १९ हजार पाँच सय ५० पुग्यो

काठमाडौं । सरकारले श्रमिकको न्यूनतम तलब बढाएको छ । श्रमिकको

एमालेमा वरिष्ठ उपाध्यक्ष खारेज गर्दै ११ सदस्यीय पदाधिकारी र १९९ सदस्यीय केन्द्रीय समिति हुने

काठमाडौं । सत्तारुढ नेकपा एमालेले सचिवालयमा गरमागरम बहश भएको छ ।

काठमाडौँमा डेङ्गीको जोखिम बढ्यो, सचेत रहन आग्रह

काठमाडौं । नियमित पानी परेकाले डेङ्गी सङ्क्रमणको जोखिम बढेको भन्दै