२०८२, ३० असार सोमबार

स्मार्ट सिटीको लागि रोक्का गरिएको जग्गा चाँडै फुकुवा हुन्छ : मन्त्री सिंह

स्मार्ट सिटीको लागि रोक्का गरिएको जग्गा चाँडै फुकुवा हुन्छ : मन्त्री सिंह


काठमाडौं । उपप्रधान एवम सहरी विकासमन्त्री प्रकाशमान सिंहले स्मार्ट सिटीको लागि रोक्का गरिएको जग्गाका सम्बन्धमा मन्त्रालयबाट गर्नुपर्ने सबै काम गर्ने बताएका छन् ।

विहीबार सिंहदरबारमा आयोजित बधाइ कार्यक्रममा उनले जग्गाको रोक्कामा रहेको कारणले आएको समस्या छिटै टुङ्गोमा पुर्याउने बताए । उनले भने, ‘स्मार्ट सिटी बनाउने योजनाको लागि जग्गा रोक्कामा रहेका कारणले समस्या भएको कुरालाई छिटै टुङ्गोमा पुर्याउनको लागि मन्त्रालयबाट गर्नुपर्ने कार्यलाई प्रभावकारी बनाएर अघि बढाउने कुरा राख्न चाहन्छु ।’

यसको साथै उनले नदी सरसफाई र फोहोरमैला व्यवस्थापनको विषयलाई पनि तीनै तहको सरकार मिलेर अगाडि बढ्नुपर्ने बताए । उनले भने, ‘उपत्यकाको मेयर फोरम र तीनै तहको सरकार मिलेर सामूहिक सहकार्यबाट नदी नालाहरुलाई स्वच्छ गर्नेतिर पनि ध्यान दिनुपर्छ र योजनाहरु बनाएर अगाडि बढ्नु पर्छ । समस्याहरु धेरै छन् । फोहोरमैला व्यवस्थापन हुन सकेन भने धेरै समस्या हुन्छ ।

त्यसकारण यस सम्बन्धी समस्यामा मिलेर के गर्दा हुन्छ समाधान गर्नुपर्छ । सहरी विकास व्यवस्थालाई वर्तमान समय अनुसार आधुनिक तवरले व्यवस्था गर्नको लागि ध्यान दिनुपर्छ ।’ काठमाडौं उपत्यका मेयर्स फोरमले उपत्यकामा स्मार्ट सिटी निर्माणका लागि लामो समय अघिदेखि उपत्याकाभित्रका केही पालिका अन्तर्गतको जग्गा रोक्का राख्दा परियोजनाले सार्थकता पाउन सकेको छैन् ।

रोक्का राखिएको जग्गाका जग्गाधनी आफ्नो सम्पत्तीको सदुपयोग गर्न नसकेको, सम्पत्ती विक्री समेत गर्नबाट बञ्चित भएकोलगायतका समस्या कारण पनि स्मार्ट सिटी आयोजनाका लागि रोक्का राखिएको जग्गा अबिलम्ब फुकुवा गरी स्थानीयवासीको समस्या सम्बोधनका लागि अनुरोध समेत गरिएको छ ।

प्रकाशित मिति : २०८१, १७ श्रावण बिहीबार  २ : ५० बजे

बीमा प्राधिकरण अध्यक्ष शरद ओझा निलम्बित, योग्यता छानबिनका लागि समिति गठन

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बनमा

काठमाडौंका क्याम्पस अगाडि नेविसंघको प्रदर्शन

काठमाडौं । कांग्रेस निकट नेपाल विद्यार्थी संघका विद्यार्थीहरुले सोमबार काठमाडौंका

ओली नेतृत्वको सरकारको एक वर्ष: प्रधानमन्त्रीद्वारा नतिजामुखी अभ्यासको सुरुवात भएको दाबी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वमा गठन भएको

आज मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं । सोमबार मन्त्रिपरिषद्को बैठक बस्दैछ । साँझ ६ बजे

स्पेन भ्रमण प्रकरणमा गृहमन्त्रीको निर्देशन : प्रतिनिधिमण्डलबाहेकको सहभागीमाथि छानबिन हुने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमणमा सरकारी प्रतिनिधिमण्डल