२०८३, ३१ बैशाख शुक्रबार

स्मार्ट सिटीको लागि रोक्का गरिएको जग्गा चाँडै फुकुवा हुन्छ : मन्त्री सिंह

स्मार्ट सिटीको लागि रोक्का गरिएको जग्गा चाँडै फुकुवा हुन्छ : मन्त्री सिंह


काठमाडौं । उपप्रधान एवम सहरी विकासमन्त्री प्रकाशमान सिंहले स्मार्ट सिटीको लागि रोक्का गरिएको जग्गाका सम्बन्धमा मन्त्रालयबाट गर्नुपर्ने सबै काम गर्ने बताएका छन् ।

विहीबार सिंहदरबारमा आयोजित बधाइ कार्यक्रममा उनले जग्गाको रोक्कामा रहेको कारणले आएको समस्या छिटै टुङ्गोमा पुर्याउने बताए । उनले भने, ‘स्मार्ट सिटी बनाउने योजनाको लागि जग्गा रोक्कामा रहेका कारणले समस्या भएको कुरालाई छिटै टुङ्गोमा पुर्याउनको लागि मन्त्रालयबाट गर्नुपर्ने कार्यलाई प्रभावकारी बनाएर अघि बढाउने कुरा राख्न चाहन्छु ।’

यसको साथै उनले नदी सरसफाई र फोहोरमैला व्यवस्थापनको विषयलाई पनि तीनै तहको सरकार मिलेर अगाडि बढ्नुपर्ने बताए । उनले भने, ‘उपत्यकाको मेयर फोरम र तीनै तहको सरकार मिलेर सामूहिक सहकार्यबाट नदी नालाहरुलाई स्वच्छ गर्नेतिर पनि ध्यान दिनुपर्छ र योजनाहरु बनाएर अगाडि बढ्नु पर्छ । समस्याहरु धेरै छन् । फोहोरमैला व्यवस्थापन हुन सकेन भने धेरै समस्या हुन्छ ।

त्यसकारण यस सम्बन्धी समस्यामा मिलेर के गर्दा हुन्छ समाधान गर्नुपर्छ । सहरी विकास व्यवस्थालाई वर्तमान समय अनुसार आधुनिक तवरले व्यवस्था गर्नको लागि ध्यान दिनुपर्छ ।’ काठमाडौं उपत्यका मेयर्स फोरमले उपत्यकामा स्मार्ट सिटी निर्माणका लागि लामो समय अघिदेखि उपत्याकाभित्रका केही पालिका अन्तर्गतको जग्गा रोक्का राख्दा परियोजनाले सार्थकता पाउन सकेको छैन् ।

रोक्का राखिएको जग्गाका जग्गाधनी आफ्नो सम्पत्तीको सदुपयोग गर्न नसकेको, सम्पत्ती विक्री समेत गर्नबाट बञ्चित भएकोलगायतका समस्या कारण पनि स्मार्ट सिटी आयोजनाका लागि रोक्का राखिएको जग्गा अबिलम्ब फुकुवा गरी स्थानीयवासीको समस्या सम्बोधनका लागि अनुरोध समेत गरिएको छ ।

प्रकाशित मिति : २०८१, १७ श्रावण बिहीबार  २ : ५० बजे

सीसँगको भेटपछि ट्रम्पको दाबी : चीनले इरानलाई हतियार नदिने, हर्मुज खुला राख्न सहयोग गर्ने

काठमाडौं । अमेरिकी राष्ट्रपतिडोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी चिनफिङलेसँगको भेटपछि

मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज विश्वासको मत लिँदै

काठमाडौं । कृष्णप्रसाद यादव नेतृत्वको मधेश प्रदेश सरकारले आज प्रदेशसभाबाट

पश्चिमी वायुको प्रभाव कायम : देशका विभिन्न क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । देशभर अहिले पश्चिमी वायु, स्थानीय वायु तथा नेपाल

१० के एनवाईएफएन रन : स्वास्थ्य, खेलकुद र अनुशासनको सन्देश

काठमाडौं । राष्ट्रिय युवा संघ नेपालले आफ्नो ३७औँ स्थापना दिवसको

बेइजिङ पुगे ट्रम्प, सी जिनफिङसँग आज उच्चस्तरीय वार्ता

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तीनदिने औपचारिक भ्रमणका लागि