२०८२, ३१ असार मंगलबार

नेपाललाई १३ स्वर्ण र ९ रजत पदक

नेपाललाई १३ स्वर्ण र ९ रजत पदक


काठमाडौं ।  छैठौं सिंगापुर अन्तर्राष्ट्रिय उसु च्याम्पियनशिप (फेस्टिवल) मा १३ स्वर्ण र ९ रजत सहित टिम दोस्रो भई स्वदेश फर्किएका खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषद्ले सम्मान गरेको छ ।

परिषद्का निमित्त सदस्य सचिव अन्जन धमलाले खेलाडीहरुलाई बधाई दिएका हुन् । प्रशिक्षक विशाल थापाको नेतृत्वमा १२ जनाको टोली सिंगापुर गएको थियो । च्याम्पियनशिपमा थापाले उत्कृष्ट प्रशिक्षकको पुरस्कार प्राप्त गरेका छन् ।

खेलाडीहरुलाई बाधाई दिँदै धमलाले खेलाडीहरुको उच्च प्रर्दशनले नेपाली शान बढेको बताए । विभिन्न विधामा खेलाडीहरु अलिस मारिकले ३ र हिमांशु खड्काले २ वटा स्वर्ण ल्याएका छन् भने, सफल पाठक, भावेश खड्का, समिर बस्नेत, रिदम गोलेले १÷१ वटा स्वर्ण पदक प्राप्त गरेका छन् ।

यस्तै वविता थापामगरले २, अपेक्षा लामा र यान्चेन्ला इलावाले एक÷एक स्वर्ण प्राप्त गरेको प्रशिक्षक विशाल थापाले जानकारी दिएका छन् ।

यस्तै सफल पाठक, समिर बस्नेत,रिदम गोलेले १÷१ रजत पदक प्राप्त गर्न सफल भएका हुन् । यस्तै सेरिना पराजुली र फुर्पीग्याल्मो तामाङले २÷२ तथा यान्चेन्ला इलावा र ग्रुप इभेन्टमा १÷१ रजत पदक प्राप्त भएको उसु महासंघका महासचिव नवराज ढूंगानाले बताए । 

प्रकाशित मिति : २०८१, १६ श्रावण बुधबार  ११ : ४० बजे

नेपालमा ढुक्कसँग लगानी गर्ने सहज वातावरण बनाउनुपर्छ : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्वदेशी

सुदूरपश्चिम विश्वविद्यालयको सिनेट : एक अर्ब ५४ करोड बजेट स्वीकृत

काठमाडौं । सुदूरपश्चिम विश्वविद्यालयको १३ औँ सभाको साधारण बैठकले आगामी

प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताबीच छलफल

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीसहित सत्ता साझेदार नेपाल कम्युनिष्ट पार्टी

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

आज संघीय संसदको दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । संघीय संसद प्रतिनिधिसभाको बैठक आज दिउँसो १ः०० बजे