२०८२, ३१ असार मंगलबार

नेपाल राष्ट्र बैंकका विभागीय प्रमुखहरुको जिम्मेवारी हेरफेर

नेपाल राष्ट्र बैंकका विभागीय प्रमुखहरुको जिम्मेवारी हेरफेर


काठमाडौं । नेपाल राष्ट्र बैंकमा विभागीय प्रमुखहरुको जिम्मेवारी हेरफेर गरिएको छ । केन्द्रिय बैंकले केही कार्यकारी निर्देशक र निर्देशकहरुको जिम्मेवारी हेरफेर गरेको हो ।

राष्ट्र बैंकका अनुसार कार्यकारी निर्देशक डा। गुणाकर भट्टको आर्थिक अनुसन्धान विभागमा सरुवा भएको छ । यसअघि डा। भट्ट भुक्तानी प्रणाली विभागमा थिए ।

यसअघि आर्थिक अनुसन्धान विभागका कार्यकारी निर्देशक डा। प्रकाशकुमार श्रेष्ठ थिए । श्रेष्ठ राष्ट्रिय योजना आयोगको सदस्यका रुपमा नियुक्त भएसँगै उनको ठाउमा भट्टलाई लगिएको हो ।

यस्तै, भुक्तानी प्रणाली विभागमा भने विनोदराज आचार्यको सरुवा भएको छ। संस्थागत योजना तथा जोखिम व्यवस्थापन विभागका निर्देशक आचार्यलाई सरुवा गरिएको गरिएको छ।

यस्तै मानव संसाधन व्यवस्थापन विभागका निर्देशक विनोदराज लेखकलाई संस्थागत योजना तथा जोखिम व्यवस्थापन विभागमा सुरुवा गरिएको छ।

प्रकाशित मिति : २०८१, १४ श्रावण सोमबार  १० : ४९ बजे

प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताबीच छलफल

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीसहित सत्ता साझेदार नेपाल कम्युनिष्ट पार्टी

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

आज संघीय संसदको दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । संघीय संसद प्रतिनिधिसभाको बैठक आज दिउँसो १ः०० बजे

यी स्थानमा आज भारी वर्षा तथा हावाहुरीसमेतको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।