२०८३, १९ आश्विन मंगलबार

यी स्थानमा आज भारी वर्षा तथा हावाहुरीसमेतको सम्भावना

यी स्थानमा आज भारी वर्षा तथा हावाहुरीसमेतको सम्भावना


काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानको केही उत्तरतर्फ रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।महाशाखाका अनुसार आज ९मंगलबार० दिउँसो देशभर साधारणतया बदली रहने छ ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भूभागका केही स्थान तथा अन्य प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

उच्चपहाडी तथा हिमाली भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । आज राति देशभर साधारणतया बदली रहने छ । कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागका केही स्थान तथा बाँकी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । देशको उच्चपहाडी तथा हिमाली भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ । कोशी प्रदेशका तराई तथा मधेस प्रदेशको केही स्थानमा हुरीबतासको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : २०८२, ३१ असार मंगलबार  ६ : ४८ बजे

सरकार गठनमा समर्थन गरेकै आधारमा राप्रपाका नेतालाई कारबाही गर्नु नेतृत्वको गल्ती

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता

भोटेकोशी बाढीले घरबारविहीन ८० परिवारलाई हिमालयन भ्याकेसनको राहत

रसुवा । भोटेकोशीको विनाशकारी बाढीले घरबार, सम्पत्ति र आफन्त गुमाएका

कर्णालीको कम्युनिस्ट आन्दोलनको दस्तावेज सार्वजनिक हुँदै, बोगटीको पुस्तक असोज २१ मा लोकार्पण

काठमाडौं । कर्णालीमा कम्युनिस्ट आन्दोलन कसरी अघि बढ्यो, त्यसका आधार

कांग्रेसमा आज नेतृत्वको फैसला, सभापतिसहित केन्द्रीय पदमा निर्वाचन हुँदै (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा आज नेतृत्व चयनका लागि