२०८३, ११ कार्तिक बुधबार

वर्तमान सरकार प्रेस स्वतन्त्रतामाथि कठोर बन्ने पक्षमा सरकार छैन : सञ्चारमन्त्री गुरुङ

वर्तमान सरकार प्रेस स्वतन्त्रतामाथि कठोर बन्ने पक्षमा सरकार छैन : सञ्चारमन्त्री गुरुङ


काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकार प्रेस स्वतन्त्रतालाई नियन्त्रण गर्ने पक्षमा नरहेको बताउनुभएको छ। सोमबार बसेको विधायन व्यवस्थापन समितिको बैठकमा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो।

मन्त्री गुरुङले प्रेस स्वतन्त्रतामाथि कठोर बन्ने पक्षमा सरकार नरहेको भन्नुहुँदै सरकारले नियमन मात्रै गर्न खोजेको जानकारी दिनुभयो। उहाँले प्रेसको नियमन पनि मन्त्रालयका निकायबाट नभइ स्वायत्त छुट्टै निकाय बनाइने बताउनुभयो। उहाँले नियमन, स्वनियमन, सम्वर्द्धन, प्रवर्द्धन स्वायत्त निकायबाट हुनेगरी व्यवस्था मिलाउने बताउनुभयो।

‘प्रेस फ्रिडममाथि मन्त्रालयले केही कठोर बन्न खोजेको हो की भन्ने शङ्का तपाईंहरुलाई लाग्छ भने म अनुरोध गर्न चाहन्छु, हामी सबै एकै ठाउँबाट नै आएका छौँ । हामी सबै जना प्रेस फ्रिडम वा प्रेस स्वतन्त्रतामाथिको विश्वास छ। हामी शतप्रतिशत प्रेस स्वतन्त्रताको पक्षमा छौँ ।’ मन्त्री गुरुङले भन्नुभयो, ‘’त्यसैले हाम्रो नियतमा कुनै त्यस्तो प्रश्न नउठाउनु होला। हामी सबै प्रतिवद्धता जाहेर गरेर आएको हो। प्रेसलाई नियमन गरौँ न भनेको हो । नियमन पनि मन्त्रालयले नगर्ने, मन्त्रालयको विभागले नगर्ने, एउटा अलग्गै स्वायत्त संस्था खोलेर त्यसबाट गरौँ। नियमन, स्वनियमन, सम्वर्द्धन, प्रवर्द्धन सबै त्यसैले गरोस् । सरकार, मन्त्रालय प्रेस स्वतन्त्रताप्रति पूर्ण प्रतिवद्ध छ।’

प्रकाशित मिति : २०८१, १४ श्रावण सोमबार  १० : ०६ बजे

युवा पलायनले देशलाई उन्नतितर्फ होइन, अवनतितर्फ लैजान्छ : मुख्यमन्त्री थापा मगर

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले बढ्दो युवा

आईजीपी कार्कीले दिए चाडपर्व सुरक्षा निर्देशन, संगठनभित्रका गतिविधिप्रति पनि जनाए असन्तुष्टि

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले देशभरका प्रहरी कार्यालय

नयाँ प्रविधि : नेपाली कम्युनिस्ट आन्दोलन

विश्व कम्युनिस्ट आन्दोलन इतिहासको एउटा निर्णायक मोडमा उभिएको छ। सन्

स्वस्तिमाको ‘मायालाई के दिऊँ म बैना’ले बनायो ५ करोड भ्युजको रेकर्ड

काठमाडौं । फिल्म ‘लालीबजार’को लोकप्रिय गीत ‘मायालाई के दिऊँ म

ओलीको आक्रामक अभिव्यक्ति : ‘स्वाधीनता खण्डित भयो’, एमालेले आन्दोलन गर्ने

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशको स्वतन्त्रता