२०८३, २८ श्रावण शुक्रबार

नेपाल विद्युत् प्राधिकरणले बिजुली बेचेर गत वर्ष १६ अर्ब ९३ करोड कमायो

नेपाल विद्युत् प्राधिकरणले बिजुली बेचेर गत वर्ष १६ अर्ब ९३ करोड कमायो


काठमाडौं । नेपालले नेपालले गएको आर्थिक वर्ष २०८०र८१ मा भारतलार्य विजुली बेचेर १६ अर्ब ९३ करोड कमाएको छ । नेपाल विद्युत् प्राधिकरणले गएको आर्थिक वर्षको साउनदेखि असारसम्म एक अर्ब ९४ करोड २६ लाख युनिट बिजुली भारततर्फ निर्यात गरी १६ अर्ब ९३ करोड २६ लाख आम्दानी गरेको हो ।

प्राधिकरणले देशभित्र खपत गरी बाँकी भएको बिजुली भारतीय ऊर्जा एक्सचेन्ज ९आईएक्स० को डे–अहेड तथा रियल टाइम मार्केटमा प्रतिस्पर्धी दरमा र मध्यकालीन विद्युत् सम्झौताबमोजिम भारतीय कम्पनी एनटीपीसी विद्युत् व्यापार निगम लिमिटेड– एनभीभीएनलाई बिक्री गरिरहेको छ । एनभीभीएनले बिजुली हरियाणा राज्यमा बिक्री गरिरहेको छ । निर्यात गरिएको बिजुलीको औसत दर प्रतियुनिट आठ रुपैयाँ ७२ पैसा छ ।

प्राधिकरणले गत आर्थिक वर्षमा १६ अर्ब ८१ करोड तीन लाख रुपैयाँको बिजुली आयात गरेको छ । सुक्खा याममा खोला तथा नदीहरूमा पानीको बहाव घटेर देशभित्रका नदी प्रवाही जलविद्युत् गृहहरूबाट बिजुली उत्पादन घट्ने हुँदा माग धान्न गएको आर्थिक वर्षमा भारतबाट एक अर्ब ८३ करोड ३५ लाख युनिट बिजुली आयात गरिएको प्राधिकरणले जनाएको छ ।

हिउँदयाममा आयात गरिएको बिजुलीको औसत दर प्रतियुनिट नौ रुपैयाँ १७ पैसा छ । अघिल्लो आर्थिक वर्षमा आयातभन्दा १२ करोड २३ लाख रुपैयाँको धेरै बिजुली भारततर्फ निर्यात भएको छ । यसैगरी ऊर्जाका आधारमा आयातभन्दा १० करोड ९१ लाख लाख युनिट बढी बिजुली निर्यात भएको हो । निर्यात गरिएको परिमाण आयातभन्दा बढी भएकाले भारतीय प्रतिस्पर्धी बजारमा प्रवेश पाएको तीन वर्षमा नै नेपाल बिजुलीको खुद निर्यातकर्ता बनेको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आउँदा केही वर्ष अझै हिउँदका केही महिनाको आन्तरिक माग व्यवस्थापन गर्न बिजुली आयात गर्नुपरे पनि अब निर्यातको परिमाण बढ्दै जाने बताएका छन् । थोरै परिमाणमा खुद निर्यातकर्ता भए पनि यो महत्वपूर्ण उपलब्धि भएको कार्यकारी निर्देशक घिसिङले बताएका छन् ।

अहिले पनि नेपालले मिडियम टर्म, डे–अहेड र रियल टाइम मार्केटमा दैनिक सात सय मेगावाट बिजुली भारतमा बिक्री गरिरहेको छ । प्राधिकरणले १६ वटा आयोजनाबाट उत्पादित ६ सय ९० मेगावाट बिजुली निर्यात गर्न अनुमति पाएको हो । कार्यकारी निर्देशक घिसिङले मध्यकालीन सम्झौताअनुसार थप चार सय मेगावाट बिजुली निर्यात अनुमति पाउने चरणमा रहेको बताएका छन् ।

प्रकाशित मिति : २०८१, १३ श्रावण आईतबार  ३ : ४३ बजे

शशांकको दाबी-‘बिपीले शेरबहादुरलाई पश्चिमको राजकुमार भन्नुहुन्थ्यो’

‘देउवा आएपछि राष्ट्रिय भेला पूर्ण सफल भयो, हाम्रो सभापति उहाँ

गगन थापामाथि मोहन बस्नेतको कडा प्रहारः ‘बोकाले दाइँ हुँदैन, गोरु चाहिन्छ’

काठमाडौं । नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले महामन्त्री गगन थापामाथि

काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा आफ्नै विद्यार्थी प्रा.डा. विवेक बराल

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू) को उपकुलपतिमा प्रा.डा. विवेक बराल

सुदूरपश्चिममा एमालेको सत्ता प्रवेश, चार सदस्यले सम्हाले जिम्मेवारी

धनगढी । सुदूरपश्चिम प्रदेशको सत्ता समीकरण फेरिएसँगै नेकपा एमाले सरकारमा

सुदूरपश्चिमको सत्ता समीकरण फेरियो, खगराज भट्टको हातमा प्रदेश सरकार

धनगढी । सुदूरपश्चिम प्रदेशमा सत्ता समीकरण परिवर्तन भएसँगै सरकारको नेतृत्व