२०८२, १६ असार सोमबार

वाग्मती प्रदेशका मुख्यमन्त्रीले आज शपथ लिँदै  

वाग्मती प्रदेशका मुख्यमन्त्रीले आज शपथ लिँदै  


काठमाडौं । वाग्मती प्रदेशका नवनियुक्त मुख्यमन्त्री बहादुरसिंह लामाले आज शपथग्रहण गर्नुहुने भएको छ । 

नेपाली कांग्रेस र नेकपा एमालेको समर्थनमा मुख्यमन्त्री बन्नुभएका कांग्रेस प्रदेश सभा संसदीय दलका नेता लामालाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले मंगलबार मुख्यमन्त्री नियुक्त गर्नुभएको थियो । उहाँले आज बिहान ११ बजे शपथग्रहण गर्ने कार्यक्रम छ । 

मुख्यमन्त्रीसँगै प्रदेशका मन्त्रीहरूले पनि आजै शपथग्रहण गर्ने छन् । सरकारमा नेपाली कांग्रेस र नेकपा एमाले बिच मन्त्रालय बाँडफाँट भइसकेको छ । 

नेपाली कांग्रेसले आर्थिक मामिला तथा योजना मन्त्रालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय, सामाजिक विकास मन्त्रालय, संस्कृति पर्यटन तथा सहकारी मन्त्रालय, श्रम रोजगार तथा यातायात मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालय लिने सहमति भएको छ । 

त्यस्तै नेकपा एमालेले भौतिक पूर्वाधार मन्त्रालय, खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, स्वास्थ्य मन्त्रालय, उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय लिने सहमति भएको उहाँले बताउनुभयो । 

दुवै पार्टीले मन्त्री हुनेको नाम पनि करिब टुङ्गो लगाइसकेका छन् । 

प्रकाशित मिति : २०८१, ९ श्रावण बुधबार  ७ : ३१ बजे

मन्त्रिपरिषद्का पछिल्ला निर्णयहरु यस्ता छन्

काठमाडौं । नेपाल सरकार, मन्त्रिपरिषद्को बैठकले सार्वजनिक खरिद पुनरावलोकन समितिको

प्रहरीका तल्लो तहका कर्मचारीलाई ‘आधारभुत तह’ सम्बोधन गर्न प्रस्ताव

काठमाडौं । गृहमन्त्री रमेश लेखकले प्रहरी संगठनमा कार्यालय सहयोगी, नेपाल

शीतनिवासमा प्रतिकात्मक रोपाइँ, राष्ट्रपति पौडेल सहभागी

काठमाडौ । असार १५ अर्थात धान दिवसको उपलक्ष्यमा राष्ट्रपति भवन

बेरुजुले वित्तीय अनुशासन पक्षमा प्रश्न खडा गरेका छ : सभामुख घिमिरे

काठमाडौँ । सभामुख देवराज घिमिरेले बेरुजुले वित्तीय अनुशासन पक्षमा प्रश्न

आज प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौँ । सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दैछ । प्रतिनिधिसभाको