२०८३, ५ बैशाख आईतबार

वाग्मती प्रदेशका मुख्यमन्त्रीले आज शपथ लिँदै  

वाग्मती प्रदेशका मुख्यमन्त्रीले आज शपथ लिँदै  


काठमाडौं । वाग्मती प्रदेशका नवनियुक्त मुख्यमन्त्री बहादुरसिंह लामाले आज शपथग्रहण गर्नुहुने भएको छ । 

नेपाली कांग्रेस र नेकपा एमालेको समर्थनमा मुख्यमन्त्री बन्नुभएका कांग्रेस प्रदेश सभा संसदीय दलका नेता लामालाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले मंगलबार मुख्यमन्त्री नियुक्त गर्नुभएको थियो । उहाँले आज बिहान ११ बजे शपथग्रहण गर्ने कार्यक्रम छ । 

मुख्यमन्त्रीसँगै प्रदेशका मन्त्रीहरूले पनि आजै शपथग्रहण गर्ने छन् । सरकारमा नेपाली कांग्रेस र नेकपा एमाले बिच मन्त्रालय बाँडफाँट भइसकेको छ । 

नेपाली कांग्रेसले आर्थिक मामिला तथा योजना मन्त्रालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय, सामाजिक विकास मन्त्रालय, संस्कृति पर्यटन तथा सहकारी मन्त्रालय, श्रम रोजगार तथा यातायात मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालय लिने सहमति भएको छ । 

त्यस्तै नेकपा एमालेले भौतिक पूर्वाधार मन्त्रालय, खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, स्वास्थ्य मन्त्रालय, उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय लिने सहमति भएको उहाँले बताउनुभयो । 

दुवै पार्टीले मन्त्री हुनेको नाम पनि करिब टुङ्गो लगाइसकेका छन् । 

प्रकाशित मिति : २०८१, ९ श्रावण बुधबार  ७ : ३१ बजे

प्रत्यक्ष सांसद नभएका क्षेत्रमा समानुपातिक सांसदलाई जिम्मेवारी ताेक्ने रास्वपाको निर्णय

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले प्रत्यक्ष निर्वाचित सांसद नरहेका

गुण्डागर्दीको आरोपमा निराजन पौडेल पक्राउ

काठमाडौँ । गुण्डागर्दीमा संलग्न रहेको आरोपमा प्रहरीले “निरे” भनेर चिनिने

बागमतीमा मुख्यमन्त्री र प्रमुख सचिवबीच विवाद चुलियो, मन्त्रिपरिषद् बैठक प्रभावित

हेटौंडा । बागमती प्रदेश सरकारमा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ र प्रमुख

इरानको चेतावनी : स्ट्रेट अफ होर्मुज पार गर्न खोजे जहाजमाथि आक्रमण हुने

काठमाडौं । विश्वकै महत्वपूर्ण तेल ढुवानी मार्ग मानिने स्ट्रेट अफ

आज यी स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल देशभर पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव