२०८३, १० कार्तिक मंगलबार

गुण्डागर्दीको आरोपमा निराजन पौडेल पक्राउ

गुण्डागर्दीको आरोपमा निराजन पौडेल पक्राउ


काठमाडौँ । गुण्डागर्दीमा संलग्न रहेको आरोपमा प्रहरीले “निरे” भनेर चिनिने निराजन पौडेललाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार उनलाई वैशाख ३ गते काठमाडौँ महानगरपालिका–३ बसुन्धारा क्षेत्रबाट नियन्त्रणमा लिइएको हो।

प्रहरीका अनुसार पौडेलमाथि विभिन्न आपराधिक गतिविधिमा संलग्न रहेको आशंका छ। उनी पछिल्लो समय ठेक्कापट्टा व्यवसायमा सक्रिय रहँदै आएका थिए भने मिलन चक्रे समूहसँग आबद्ध भएर गुण्डागर्दीमा संलग्न रहेको आरोप लागेको छ।

पौडेलविरुद्ध यसअघि हातहतियार, ज्यान मार्ने उद्योग तथा अभद्र व्यवहारसम्बन्धी गरी ६ वटा मुद्दा दर्ता भइसकेका छन्। हाल उनी सातौँ मुद्दामा अनुसन्धानको दायरामा परेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौँले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

प्रकाशित मिति : २०८३, ५ बैशाख आईतबार  १२ : १६ बजे

हुम्लामा छाउपडी प्रथा कायमै, अन्त्यका लागि सडक नाटक 

हुम्ला । हिमाली जिल्ला हुम्लामा अझै परम्परागत कुप्रथा छाउपडी यहाँका दुरदराजका

फलामको डण्डा भाँचेर शक्ति प्रदर्शन गर्दै धामीहरु

हुम्ला । हुम्लाको अदानचुली गाउँपालिका–२, श्रीनगर माझ्खाडामा विजया पूर्णिमाको अवसरमा

एमाले राष्ट्रिय भेलाको तयारी तीव्र, ३ हजार १६४ प्रतिनिधि सहभागी हुने

काठमाडौं । नेकपा (एमाले)ले आगामी मंसिर २ र ३ गते

कात्तिक १२ देखि जावलाखेलमा १९औँ गोदावरी फूल प्रदर्शनी हुने

काठमाडौं । आसन्न तिहार तथा छठ पर्वलाई लक्षित गर्दै ललितपुरको

इजरायलमा सत्ताको महासंग्राम, नेतान्याहुको भविष्य मतदाताको हातमा

काठमाडौं । युद्ध, सुरक्षा विफलता र चर्को राजनीतिक विवादको घेरामा