२०८२, २० मंसिर शनिबार

महान्यायाधिवक्तामा रमेश बडाल नियुक्त

महान्यायाधिवक्तामा रमेश बडाल नियुक्त


काठमाडौं । वरिष्ठ अधिवक्ता रमेश बडाल महान्यायाधिवक्तामा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले बुधवार वडाललाई महान्यायाधिवक्तामा नियुक्त गरेका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले उनलाई महान्यायाधिवक्तामा नियुक्त गरेका हुन् । वडाल काठमाडौं महानगरपालिका वडा नम्बर ७ चाबहिलका हुन् । उनी नेकपा एमाले निकट मानिन्छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले यसअघिको कार्यकालको अन्त्यतिर पनि बडाललाई महान्यायाधिवक्ता बनाएका थिए ।

बडाल यसअघि ओली प्रधानमन्त्री हुँदा २०७७ चैत ६ गते पहिलो पटक महान्यायाधिवक्ता नियुक्त भएका थिए । तर सर्वोच्च अदालतको परमादेशले ओली सरकार ढलेर शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएपछि बडालले पनि राजीनामा दिएका थिए । २०७८ असार २९ गते राजीनामा दिएका बडालले पहिलो कार्यकालमा करिब चार महिना मात्रै काम गर्न पाएका थिए ।

उनको पहिलो कार्यकाल संसदमा प्रधानमन्त्री ओलीले गरेको संसद विघटनको बचाउमा बितेको थियो । ओलीले पहिलो पटक संसद विघटन गर्दा एमाले नेता समेत रहेका वरिष्ठ अधिवक्ता अग्नि खरेल महान्यायाधिवक्ता थि ए। उनले बीचैमा राजीनामा दिएपछि बडाल नियुक्त भएका थिए ।

बडाल हालको सत्ता गठबन्धन निर्माणका क्रममा पनि सक्रिय थिए । असार १७ गते राति काठमाडौँको चपलीमा कांग्रेस र एमालेबीच सत्ता सहकार्य गर्नेबारे सहमति गर्दा पनि बडाल उपस्थित थिए । यसअघिका महान्यायाधिवक्ता डा। दीनमणि पोखरेलले सरकार परिवर्तन भएसँगै राजीनामा दिएका थिए ।

प्रकाशित मिति : २०८१, २ श्रावण बुधबार  ७ : ४६ बजे

“योजना एउटाको, श्रेय अर्काको” उज्यालो नेपाल पार्टी माथि पोखरेलको प्रहार

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले ‘उज्यालो नेपाल’ नामक

मार्गशीर्ष शुक्ल पूर्णिमाः आज किराँत समुदाय उँधौली पर्व मनाउँदै

काठमाडौँ । मार्गशीर्ष शुक्ल पूर्णिमाको अवसरमा आज किराँत समुदायले उँधौली

एनपिएल: आज दुई खेल हुने, प्लेअफका लागि निर्णायक दिन

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको

सिन्धुलीबाट सौराहा घुम्न आएकी किशोरीको होटलको छतबाट खसेर मृत्यु

चितवन । सिन्धुलीबाट सौराहामा घुम्न आएकी १८ वर्षीया किशोरीको होटलको

काठमाडौंको धोबीखोलामा एक व्यक्ति मृत फेला

काठमाडौं । काठमाडौंको धोबी खोलामा एक व्यक्तिको शव फेला परेको