२०८२, १३ कार्तिक बुधबार

परराष्ट्रमन्त्री आरजुको पहिलो निर्णय : राष्ट्रिय दिवसमा मित्र राष्ट्रलाई सन्देश पठाउने

परराष्ट्रमन्त्री आरजुको पहिलो निर्णय : राष्ट्रिय दिवसमा मित्र राष्ट्रलाई सन्देश पठाउने


काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले पदभार ग्रहण गरेकी छन् । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिए लगत्तै उनले सिंहदरबार पुगेर पदभार ग्रहण गरेकी हुन् । पदभार ग्रहणपछि उनले राष्ट्रिय दिवसमा मित्र राष्ट्रका राष्ट्र प्रमुखलाई सन्देश पठाउने निर्णय गरेकी छिन् । यो उनको पहिलो निर्णय हो । यसअघि राजतन्त्र हुँदासम्म मात्रै यो प्रचलन थियो ।

त्यसअघि उनले पार्टी केन्द्रीय कार्यालय सानेपा पुगेर स्व। नेता बीपी कोइरालाको शालिकमा माल्यार्पण गरेकी थिइन् । नेपाली कांग्रेसकी नेत्री डा। देउवा लामो समयदेखि नेपाली कांग्रेसको नेतृत्व तहमा रहेर काम गर्दै आएकी छन् । उनी संविधान सभा सदस्य, नेपाली कांग्रेसको केन्द्रीय सदस्य भइसकेकी छन् ।

उनीसँग सामाजिक क्षेत्रमा रहेर महिला, बालबालिकाको हकहितका क्षेत्रमा पनि निरन्तर काम गर्दै आएको अनुभव छ । प्रतिनिधि सभा सदस्य डा। राणाको जन्म वि।सं। २०१८ माघ १३ गते भएको हो । उनी एक वर्षदेखि कृषि, सहकारी र प्राकृतिक स्रोतसम्बन्धी संसदीय समितिको अध्यक्षका रूपमा कार्यरत छिन् ।

सन् १९९६ मा कांग्रेसमा प्रवेश गरेकी डा। राणा २०२१ डिसेम्बरदेखि पार्टीको निर्वाचित केन्द्रीय सदस्य हुन् । उनी २०१० देखि नेपाली कांग्रेसको पार्टी महाधिवेशन र केन्द्रीय समिति सदस्य छिन् । उनले सन् २०१० देखि २०२० सम्म दश वर्ष नेपालको संविधानसभा र संसद्को सदस्यको रूपमा कार्य गरिन् ।

यसैगरी, उनी संविधान मस्यौदा समितिको सदस्य र महिला संसदीय समन्वय समितिको अध्यक्ष भइन् । उनले संविधान लेखन कार्यमा सबै तहमा महिलाको हक, विशेषगरी प्रजनन अधिकार, समान नागरिकता, समान सम्पत्तिको हक, महिलामाथि हुने हिंसा र समतामूलक तथा समान राजनीतिक प्रतिनिधित्वको विषयमा आवाज उठाइन् ।

उनी लैङ्गिक अभियन्ता र सामाजिक कार्यकर्ता हुन् । डा। राणाले नेपालमा आरयुडब्लूयुसी, साथी, एसएमएनएफ लगायत महिला तथा बालबालिकासँग सम्बन्धित गैरसरकारी संस्था स्थापना गरेकी छन् । उनी नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी हुन् ।

प्रकाशित मिति : २०८१, ३२ असार सोमबार  ५ : ३२ बजे

प्रधानमन्त्रीको आह्वानमा त्रिपक्षीय बैठक, राजनीतिक दल र जेनजी समूह सहभागी

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा आज अपराह्न ४ बजे

अमेरिकी डलरको भाउ लगातार बढ्दै, आज १४१.५३ पुगेको छ

काठमाडौं । नेपाली बजारमा अमेरिकी डलरको भाउ लगातार वृद्धिदेखि चर्चा

सर्वपक्षीय सरकार गठनको मागमा ओली र विप्लव एकमत

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र कम्युनिस्ट

नेपाली कांग्रेसमा रुपान्तरण, पुस्तान्तरण र आम एकताका लागि महाधिवेशन आवश्यक : नेता पौडेल

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले पार्टीभित्र रुपान्तरण र