२०८२, १३ चैत्र शनिबार

परराष्ट्रमन्त्री आरजुको पहिलो निर्णय : राष्ट्रिय दिवसमा मित्र राष्ट्रलाई सन्देश पठाउने

परराष्ट्रमन्त्री आरजुको पहिलो निर्णय : राष्ट्रिय दिवसमा मित्र राष्ट्रलाई सन्देश पठाउने


काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले पदभार ग्रहण गरेकी छन् । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिए लगत्तै उनले सिंहदरबार पुगेर पदभार ग्रहण गरेकी हुन् । पदभार ग्रहणपछि उनले राष्ट्रिय दिवसमा मित्र राष्ट्रका राष्ट्र प्रमुखलाई सन्देश पठाउने निर्णय गरेकी छिन् । यो उनको पहिलो निर्णय हो । यसअघि राजतन्त्र हुँदासम्म मात्रै यो प्रचलन थियो ।

त्यसअघि उनले पार्टी केन्द्रीय कार्यालय सानेपा पुगेर स्व। नेता बीपी कोइरालाको शालिकमा माल्यार्पण गरेकी थिइन् । नेपाली कांग्रेसकी नेत्री डा। देउवा लामो समयदेखि नेपाली कांग्रेसको नेतृत्व तहमा रहेर काम गर्दै आएकी छन् । उनी संविधान सभा सदस्य, नेपाली कांग्रेसको केन्द्रीय सदस्य भइसकेकी छन् ।

उनीसँग सामाजिक क्षेत्रमा रहेर महिला, बालबालिकाको हकहितका क्षेत्रमा पनि निरन्तर काम गर्दै आएको अनुभव छ । प्रतिनिधि सभा सदस्य डा। राणाको जन्म वि।सं। २०१८ माघ १३ गते भएको हो । उनी एक वर्षदेखि कृषि, सहकारी र प्राकृतिक स्रोतसम्बन्धी संसदीय समितिको अध्यक्षका रूपमा कार्यरत छिन् ।

सन् १९९६ मा कांग्रेसमा प्रवेश गरेकी डा। राणा २०२१ डिसेम्बरदेखि पार्टीको निर्वाचित केन्द्रीय सदस्य हुन् । उनी २०१० देखि नेपाली कांग्रेसको पार्टी महाधिवेशन र केन्द्रीय समिति सदस्य छिन् । उनले सन् २०१० देखि २०२० सम्म दश वर्ष नेपालको संविधानसभा र संसद्को सदस्यको रूपमा कार्य गरिन् ।

यसैगरी, उनी संविधान मस्यौदा समितिको सदस्य र महिला संसदीय समन्वय समितिको अध्यक्ष भइन् । उनले संविधान लेखन कार्यमा सबै तहमा महिलाको हक, विशेषगरी प्रजनन अधिकार, समान नागरिकता, समान सम्पत्तिको हक, महिलामाथि हुने हिंसा र समतामूलक तथा समान राजनीतिक प्रतिनिधित्वको विषयमा आवाज उठाइन् ।

उनी लैङ्गिक अभियन्ता र सामाजिक कार्यकर्ता हुन् । डा। राणाले नेपालमा आरयुडब्लूयुसी, साथी, एसएमएनएफ लगायत महिला तथा बालबालिकासँग सम्बन्धित गैरसरकारी संस्था स्थापना गरेकी छन् । उनी नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी हुन् ।

प्रकाशित मिति : २०८१, ३२ असार सोमबार  ५ : ३२ बजे

प्रहरीको लाठीचार्जबाट एमालेका प्रदर्शनकारी घाइते

काठमाडौं । केपी शर्मा ओलीलाई पक्राउ गरिएको विरोधमा आन्दोलनमा उत्रिएका

एमाले सचिवालयको आकस्मिक बैठक सुरु

काठमाडौं । नेकपा एमाले को सचिवालयको आकस्मिक बैठक पार्टी मुख्यालय

ओली र लेखकलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगियो

काठमाडौं । प्रहरीले पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली

कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय : महेश बस्नेतको सशक्त प्रतिरोध चेतावनी

काठमाडौं। नेकपा एमालेका सचिव महेश बस्नेतले मन्त्रिपरिषद्को पहिलो बैठकले गौरीबहादुर

मन्त्रिपरिषद्‌बाट शासकीय सुधारका लागि १०० कार्य स्वीकृत

काठमाडौं । बालेन्द्र शाह नेतृत्वको नयाँ सरकारले शासकीय सुधारका लागि