२०८२, २० चैत्र शनिबार

१३औं पटक मन्त्री बनेका भण्डारीले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीको पदभार ग्रहण

१३औं पटक मन्त्री बनेका भण्डारीले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीको पदभार ग्रहण


काठमाडौं । नव नियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले पदभार ग्रहण गरेका छन् । राष्ट्रपति कार्यालयमा राष्ट्रपति रामचन्द्र पौडेलद्वारा आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेलगत्तै मन्त्रालय पुगेर उनले पदभार ग्रहण गरेका हुन् । उनी यसअघिको सरकारमा पनि विसं २०७९ चैत १२ गते श्रममन्त्री नियुक्त भएका थिए ।

विभिन्न समयमा मन्त्री बन्दै आएका उनी १३ औं पटक मन्त्री बनेका हुन् । पदभार ग्रहणका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उनले अघिल्लो कार्यकालमा वैदेशिक रोजगारका क्षेत्रमा थालेका सुधारका अभियानलाई निरन्तरता दिने बताए । ‘वैदेशिक रोजगारीलाई व्यवस्थित, मर्यादित बनाउन र यस क्षेत्रका विकृति–विसङ्गति हटाउन मैले अघिल्लो कार्यकालमा सुरु गरेका नीतिगत प्रयासहरुलाई निरन्तरता दिनेछु’, उनले भने ।

मन्त्री भण्डारीले देशभित्र रोजगारको सुनिश्चिता गर्दै वैदेशिक रोजगारको बाध्यता अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले प्रत्येक पालिकाअन्तर्गतका रोजगार सेवा केन्द्रलाई ‘रोजगार हब’ बनाउनमा जोड दिने उल्लेख गरे । ‘अहिले जुन स्थितिमा यो सरकार आएको छ, चुनौतीहरु छन् । यस अवस्थामा हामीले कुनै किसिमका नाटक र स्टन्ट गर्ने छुट छैन’, उनले भने, ‘हामीले इमान्दारिता र अध्ययन नगरी, प्रतिफल दिन नसक्ने काम ग–यौँ भने त्यो हाम्रो असफलता हुन्छ ।’

मन्त्री भण्डारीको राजनीतिक यात्रा
उनी महोत्तरी–२ बाट प्रतिनिधिसभा सदस्यमा प्रत्यक्ष निर्वाचित भएका हुन् । भण्डारीले विसं २०३२ मा नेपाल विद्यार्थी सङ्घमा आबद्ध भई विद्यार्थी राजनीति सुरु गरेका हुन् । २०३६ सालमा नेपाली कांग्रेसको पार्टी राजनीतिमा प्रवेश गरेका उनी बहुदलीय व्यवस्थापछि पञ्चायती राजनीतिसँग नजिक भए ।

भण्डारी विसं २०५१ पछि पुनः कांग्रेसको राजनीतिमा सक्रिय भएका हुन् । विसं २०३८ र २०४३ मा राष्ट्रिय पञ्चायत सदस्य निर्वाचित हुँदै उनको संसदीय यात्रा सुरु भएको थियो । विसं २०४४ मा पहिलो पटक स्थानीय विकास सहायकमन्त्री बनेका थिए । मधेस आन्दोलनपछि उनी मधेसी जनाधिकार फोरममा आबद्ध भए । त्यसपछि राष्ट्रिय जनता पार्टी ९राजपा० नेपालको अध्यक्ष मण्डलको सदस्यको जिम्मेवारीमा समेत रहे ।

२०५१ सालमा स्वतन्त्र र २०५६ मा कांग्रेसबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भण्डारी २०६४ सालको संविधानसभामा महोत्तरी–४ बाट मधेसी जनाधिकार फोरमका तर्फबाट निर्वाचित भएका थिए । उनी विसं २०३८ मा सुधारिएको पञ्चायती व्यवस्थामा भएको प्रत्यक्ष निर्वाचनमा निर्वाचित भएका थिए । त्यसयता उनी पटक–पटक निर्वाचित हुँदै मन्त्री नियुक्त भएका छन् ।

नेवि सङ्घको राजनीति गर्ने क्रममा राजकाजसम्बन्धी मुद्दा लागेपछि उनी २०३४ सालमा तीन महिना भारत निर्वासनमा बसेका थिए । २०५१ सालमा स्वतन्त्र सांसदका रुपमा निर्वाचित भण्डारीले २०५२ सालमा बिना विभागीय राज्यमन्त्रीको जिम्मेवारी प्राप्त गरेका थिए । उनले विसं २०७० मा राष्ट्रिय मधेस समाजवादी पार्टी गठन गरे । सोही वर्ष उनी संविधानसभा निर्वाचनमा पराजित भएका थिए । उनी २०७४ साल र २०७९ मा प्रतिनिधिसभा सदस्य निर्वाचित भए । मन्त्री भण्डारीले गोरखा दक्षिण बाहु र संविधानसभा पदक प्राप्त गरेका छन् ।

प्रकाशित मिति : २०८१, ३२ असार सोमबार  ५ : १७ बजे

कलाकार सागर लम्साल (बले) पक्राउ

काठमाडौं । चर्चित कलाकार सागर लम्साल (बले) पक्राउ परेका छन्।

काठमाडौंमा प्रहरीको रातभर सर्च अप्रेशन: १९५ जना पक्राउ

काठमाडौं । काठमाडौंको विभिन्न क्षेत्रमा प्रहरीको ठूलो सर्च अप्रेशन चलाइएको

एमालेको निष्कर्ष: बादलको अभिव्यक्ति त्रुटिपूर्ण

काठमाडौं । नेकपा एमालेले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’को

इरानको क्षेप्यास्त्र क्षमता यथावत, युद्ध रणनीतिमा दबाबमा अमेरिका

काठमाडौं। अमेरिकी गुप्तचर निकायले इरानको शक्तिशाली क्षेप्यास्त्र प्रणाली अझै कायम

सभामुख पदको लागि आज मनोनयन दर्ता प्रक्रिया सुरु

काठमाडौं । प्रतिनिधिसभाको सभामुख निर्वाचन प्रक्रिया आजदेखि सुरु भएको छ।