२०८२, ८ मंसिर सोमबार

१३औं पटक मन्त्री बनेका भण्डारीले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीको पदभार ग्रहण

१३औं पटक मन्त्री बनेका भण्डारीले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीको पदभार ग्रहण


काठमाडौं । नव नियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले पदभार ग्रहण गरेका छन् । राष्ट्रपति कार्यालयमा राष्ट्रपति रामचन्द्र पौडेलद्वारा आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेलगत्तै मन्त्रालय पुगेर उनले पदभार ग्रहण गरेका हुन् । उनी यसअघिको सरकारमा पनि विसं २०७९ चैत १२ गते श्रममन्त्री नियुक्त भएका थिए ।

विभिन्न समयमा मन्त्री बन्दै आएका उनी १३ औं पटक मन्त्री बनेका हुन् । पदभार ग्रहणका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उनले अघिल्लो कार्यकालमा वैदेशिक रोजगारका क्षेत्रमा थालेका सुधारका अभियानलाई निरन्तरता दिने बताए । ‘वैदेशिक रोजगारीलाई व्यवस्थित, मर्यादित बनाउन र यस क्षेत्रका विकृति–विसङ्गति हटाउन मैले अघिल्लो कार्यकालमा सुरु गरेका नीतिगत प्रयासहरुलाई निरन्तरता दिनेछु’, उनले भने ।

मन्त्री भण्डारीले देशभित्र रोजगारको सुनिश्चिता गर्दै वैदेशिक रोजगारको बाध्यता अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले प्रत्येक पालिकाअन्तर्गतका रोजगार सेवा केन्द्रलाई ‘रोजगार हब’ बनाउनमा जोड दिने उल्लेख गरे । ‘अहिले जुन स्थितिमा यो सरकार आएको छ, चुनौतीहरु छन् । यस अवस्थामा हामीले कुनै किसिमका नाटक र स्टन्ट गर्ने छुट छैन’, उनले भने, ‘हामीले इमान्दारिता र अध्ययन नगरी, प्रतिफल दिन नसक्ने काम ग–यौँ भने त्यो हाम्रो असफलता हुन्छ ।’

मन्त्री भण्डारीको राजनीतिक यात्रा
उनी महोत्तरी–२ बाट प्रतिनिधिसभा सदस्यमा प्रत्यक्ष निर्वाचित भएका हुन् । भण्डारीले विसं २०३२ मा नेपाल विद्यार्थी सङ्घमा आबद्ध भई विद्यार्थी राजनीति सुरु गरेका हुन् । २०३६ सालमा नेपाली कांग्रेसको पार्टी राजनीतिमा प्रवेश गरेका उनी बहुदलीय व्यवस्थापछि पञ्चायती राजनीतिसँग नजिक भए ।

भण्डारी विसं २०५१ पछि पुनः कांग्रेसको राजनीतिमा सक्रिय भएका हुन् । विसं २०३८ र २०४३ मा राष्ट्रिय पञ्चायत सदस्य निर्वाचित हुँदै उनको संसदीय यात्रा सुरु भएको थियो । विसं २०४४ मा पहिलो पटक स्थानीय विकास सहायकमन्त्री बनेका थिए । मधेस आन्दोलनपछि उनी मधेसी जनाधिकार फोरममा आबद्ध भए । त्यसपछि राष्ट्रिय जनता पार्टी ९राजपा० नेपालको अध्यक्ष मण्डलको सदस्यको जिम्मेवारीमा समेत रहे ।

२०५१ सालमा स्वतन्त्र र २०५६ मा कांग्रेसबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भण्डारी २०६४ सालको संविधानसभामा महोत्तरी–४ बाट मधेसी जनाधिकार फोरमका तर्फबाट निर्वाचित भएका थिए । उनी विसं २०३८ मा सुधारिएको पञ्चायती व्यवस्थामा भएको प्रत्यक्ष निर्वाचनमा निर्वाचित भएका थिए । त्यसयता उनी पटक–पटक निर्वाचित हुँदै मन्त्री नियुक्त भएका छन् ।

नेवि सङ्घको राजनीति गर्ने क्रममा राजकाजसम्बन्धी मुद्दा लागेपछि उनी २०३४ सालमा तीन महिना भारत निर्वासनमा बसेका थिए । २०५१ सालमा स्वतन्त्र सांसदका रुपमा निर्वाचित भण्डारीले २०५२ सालमा बिना विभागीय राज्यमन्त्रीको जिम्मेवारी प्राप्त गरेका थिए । उनले विसं २०७० मा राष्ट्रिय मधेस समाजवादी पार्टी गठन गरे । सोही वर्ष उनी संविधानसभा निर्वाचनमा पराजित भएका थिए । उनी २०७४ साल र २०७९ मा प्रतिनिधिसभा सदस्य निर्वाचित भए । मन्त्री भण्डारीले गोरखा दक्षिण बाहु र संविधानसभा पदक प्राप्त गरेका छन् ।

प्रकाशित मिति : २०८१, ३२ असार सोमबार  ५ : १७ बजे

एनपिएलमा आज दुई रोचक खेल : विराटनगर–जनकपुर र कर्णाली-सुदूरपश्चिम भिड्दै

कीर्तिपुर । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) सोमबार दुई

ट्रम्पको शान्ति योजना संशोधन, नयाँ प्रस्ताव तयार

जेनेभा । अमेरिकाले रूस–युक्रेन युद्धका लागि तयार पारेको २८ बुँदे

अमेरिकी र अष्ट्रेलियन डलर सापटीमा महँगो, बजारमा हलचल

काठमाडौ । नेपाल राष्ट्र बैंकले सोमबार (आज) विदेशी मुद्राहरूका लागि

प्रधानमन्त्री कार्कीका प्रमुख स्वकीय सचिवलाई पदमुक्त गरियोस् : नेता रक्षा बम

काठमाडौं । जेनजीकी युवा नेता रक्षा बमले प्रधानमन्त्री सुशीला कार्कीका

एमाले नेतामाथि दुर्व्यवहार : अनेरास्ववियुको कडा आपत्ति, सरकार अराजकताकै संरक्षक भएको आरोप

काठमाडौं । एमाले नेता भानुभक्त ढकाल र महेश बस्नेतमाथि विराटनगर