२०८२, १८ माघ आईतबार

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते


विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा नगराउन जारी गरेको अपिलसँगै विराटनगरको रानीमा झडप भएको छ। विराटनगर-१५ स्थित राम मन्दिर क्षेत्रमा भेला भएका कृही युवा समूहले सभा गरेपछि प्रहरीले दुईजनालाई नियन्त्रणमा लिएको छ।

सभा नगर्न प्रहरीले अपिल गरेपनि भेला जारी राखिएपछि प्रहरीले भेला भएका मध्येबाट विराटनगर- १५ का २६ वर्षीय राजन झा, विराटनगर -१५ कै २४ काे रितेश झालाई नियन्त्रणमा लिएको हो।

उनीहरूको पक्राउलाई लिएर बेलुका करिब ५ बजे युवा समूहले आन्दोलन गर्दै घटनास्थलमा रहेको प्रहरी टोलीमाथि ढुङ्गामुढा प्रहार गरेको थियो ।

यसक्रममा प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीसहित ७ जना प्रहरी घाइते भएका छन् । प्रहरीका अनुसार अपरान्ह करिब साढे ३ बजे मन्दिर अगाडि ८-९ जनाकाे युवा समूह भेला भएको थियाे ।

घटनापछि, स्थिति नियन्त्रणमा लिन प्रहरीले ८ सेल अश्रुग्यास प्रहार गरेकाे माेरङ प्रहरीले जनाएको छ ।

मोरङ प्रहरीका अनुसार ढुङ्गामुढामा प्रहरी नायब उपरिक्षक जोशीसहित वरिष्ठ प्रहरी नायव निरीक्षक रुपेश थपलिया, प्रहरी सहायक निरीक्षक कमल पौडेल, हवल्दार ममता चौधरी, सहायक हवल्दार सुशील खड्गा, रामकुमार विक र लक्ष्मण मण्डल घाइते भएका हुन्।

उनीहरूको विराटनगरका विभिन्न असपतालमा उपचार भइरहेको छ। बुधबार रामनवमीका अवसरमा रानी क्षेत्रमा मोटरसाईकल र्‍यालीमा अवरोध हुँदा दुई पक्षबीच झडप भएको थियो । सो क्रममा ५ जना प्रहरी र १ जना बालक घाइते भएका थिए ।

प्रकाशित मिति : २०८१, ६ बैशाख बिहीबार  ९ : ५२ बजे

डाँडापारिको विकासका लागि एमाले उम्मेदवार अमित लामाको प्रतिबद्धता

काभ्रे । डाँडापारि क्षेत्रको समग्र विकास, रोजगारी सिर्जनाका लागि स्थानीय

युवा सङ्घ नेपालको नेतृत्व महाराज गुरुङलाई

काठमाडौं। राष्ट्रिय युवा सङ्घ नेपालको केन्द्रीय युवा परिषद्को प्रथम बैठकले

फास्ट ट्र्याकको भौतिक प्रगति ४५ प्रतिशत, तोकिएकै समयमा सम्पन्न हुने सेनाको दाबी

काठमाडौं । संघीय राजधानी काठमाडौंलाई मधेशसँग जोड्ने काठमाडौं–तराई फास्ट ट्र्याक

चुनावपछि पनि ‘जेलेन्स्की’ जन्माउने प्रयास हुँदैछ : शंकर पोखरेल

काठमाडौं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले जेन–जी आन्दोलनपछि नेपालमा विदेशी

सिन्धुलीमा विजयको झण्डा फहराउने उद्घोष

सिन्धुली। नेकपा एमालेले निर्वाचन केन्द्रित अभियानलाई तिब्रता दिएको छ ।