२०८३, २६ आश्विन मंगलबार

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते


विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा नगराउन जारी गरेको अपिलसँगै विराटनगरको रानीमा झडप भएको छ। विराटनगर-१५ स्थित राम मन्दिर क्षेत्रमा भेला भएका कृही युवा समूहले सभा गरेपछि प्रहरीले दुईजनालाई नियन्त्रणमा लिएको छ।

सभा नगर्न प्रहरीले अपिल गरेपनि भेला जारी राखिएपछि प्रहरीले भेला भएका मध्येबाट विराटनगर- १५ का २६ वर्षीय राजन झा, विराटनगर -१५ कै २४ काे रितेश झालाई नियन्त्रणमा लिएको हो।

उनीहरूको पक्राउलाई लिएर बेलुका करिब ५ बजे युवा समूहले आन्दोलन गर्दै घटनास्थलमा रहेको प्रहरी टोलीमाथि ढुङ्गामुढा प्रहार गरेको थियो ।

यसक्रममा प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीसहित ७ जना प्रहरी घाइते भएका छन् । प्रहरीका अनुसार अपरान्ह करिब साढे ३ बजे मन्दिर अगाडि ८-९ जनाकाे युवा समूह भेला भएको थियाे ।

घटनापछि, स्थिति नियन्त्रणमा लिन प्रहरीले ८ सेल अश्रुग्यास प्रहार गरेकाे माेरङ प्रहरीले जनाएको छ ।

मोरङ प्रहरीका अनुसार ढुङ्गामुढामा प्रहरी नायब उपरिक्षक जोशीसहित वरिष्ठ प्रहरी नायव निरीक्षक रुपेश थपलिया, प्रहरी सहायक निरीक्षक कमल पौडेल, हवल्दार ममता चौधरी, सहायक हवल्दार सुशील खड्गा, रामकुमार विक र लक्ष्मण मण्डल घाइते भएका हुन्।

उनीहरूको विराटनगरका विभिन्न असपतालमा उपचार भइरहेको छ। बुधबार रामनवमीका अवसरमा रानी क्षेत्रमा मोटरसाईकल र्‍यालीमा अवरोध हुँदा दुई पक्षबीच झडप भएको थियो । सो क्रममा ५ जना प्रहरी र १ जना बालक घाइते भएका थिए ।

प्रकाशित मिति : २०८१, ६ बैशाख बिहीबार  ९ : ५२ बजे

सर्वोच्चका न्यायाधीश सिफारिसमा विवाद : मापदण्डभन्दा प्रधानन्यायाधीशको रोजाइ हाबी भएको आरोप

काठमाडौं । सर्वोच्च अदालतका लागि चार न्यायाधीश सिफारिस गर्ने न्याय

चार देशका प्रस्तावित राजदूतलाई एउटै प्रश्न : राष्ट्रिय स्वार्थ जोगाउने चुनौती

काठमाडौं । भारत, चीन, अमेरिका र बेलायतका लागि प्रस्तावित नेपाली

फिल्म ‘आ बाट आमा २’ को ट्रेलर सार्वजनिक

काठमाडौं । बडादशैंलाई लक्षित गर्दै चलचित्र ‘आ बाट आमा २’

कांग्रेस सहमहामन्त्रीमा बहादुर सिंह लामाको अग्रता, ९०० मत गन्दा ३८० मत

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री (आदिवासी जनजाति) पदमा

एक्स्ट्रिम इनर्जी ड्रिंक्सका होर्डिङ बोर्ड अनधिकृत र मापदण्डविपरित

काठमाडौं । आक्रमक प्रचारप्रसार गरिरहेको एक्स्ट्रिम इनर्जी ड्रिंक्सले काठमाडौं महानगरका