२०८२, १० चैत्र बुधबार

सिन्धुली एमालेको नयाँ नेतृत्व र अबको गन्तब्य

सिन्धुली एमालेको नयाँ नेतृत्व र अबको गन्तब्य


नेकपा एमाले सिन्धुलीको आठौं जिल्ला अधिवेशनले युवा नेतृत्व चयन गरेको छ । दुई दिनसम्म चलेको सो अधिवेशनले नयाँ नेतृत्व चयन गरेसँगै एमालेमा देखिएका बिभिन्न स्वार्थ समूहको अन्त्य मात्रै गरेको छैन, ‘विभिन्न मनोविज्ञानबाट एकै ठाउँमा जुटेका नेताहरुलाई मिलेर एकतावद्ध ढंगले पार्टी सञ्चालन गर’ भन्ने म्याडेट पनि मतदाताहरुले दिएका छन् ।
इतिहासको भारी बोकेर अबको एमाले अगाडि बढ्न सक्तैन भन्ने कार्यकर्ताहरुले बुझेरनैं हुनु पर्छ, सबैलाई एकै ठाउँमा उभ्याएर एकतावद्ध र बलियो नेतृत्व छनोट गरिदिएका छन् ।
बिभिन्न स्वार्थ समूहमा बिभक्त भएकाहरु दुई प्यानल बनाएर चुनाबी मैदानमा उभिएका थिए । उद्घाटनपछि बोल्दै एमाले महासचिव शंकर पोखरेलले भनेका थिएः दुईटा प्यानललाई एकै ठाउँमा उभिने अबस्था सिर्जना गर्नुहोस्, अर्थात दुबै समूह मिसाएर सर्बसहमतिमा नेतृत्व चयन गर्नुहोस् । महासचिव पोखरेलले भनेजस्तै भयोः एउटा प्यानलबाट अध्यक्ष र एक उपसचिव एवम् अर्को प्यानलबाट उपाध्यक्ष, सचिव र एक उपसचिवसहितको पदाधिकारी निर्वाचित भए । एमालेका मतदाताले आन्तरिक रुपमा निकै किचलो ढंगले अगाडि बढेको पार्टीलाई एकतावद्ध तरिकाले अगाडि बढाउन नयाँ नेतृत्व, नयाँ एमाले भन्ने भाष्यलाई स्थापित गरिदिएका छन् । जुन कुरालाई एमालेको अहिलेको जिल्ला नेतृत्वले आत्मसात गरेर अगाडि बढ्न जरुरी छ ।
एमाले कार्यकर्ताले छानेको नयाँ नेतृत्व कम्युनिष्ट पार्टीको सिद्धान्त र विचार अनुसार चल्नुपर्छ । कम्युनिष्ट पार्टीको मार्ग निर्देशक सिद्धान्त माक्र्सवाद र लेनिनवाद देखाउने दाँत होइन । पार्टीको मार्गनिर्देशक सिद्धान्त माक्र्सवाद र लेनिनवाद हो भने त्यसलाई सिन्धुलीको परिस्थिति अनुसार लागु गर्नुपर्छ; लागु गर्न अघि बढ्नुपर्छ । तर, आफूलाई कम्युनिष्ट पार्टीका नेता कार्यकर्ता भन्नेहरू लामो समयदेखि पद र पैसामा भुले; भागबन्डामा लागेको विगतको अनुभवबाट अहिलेको नेतृत्व अगाडि बढ्न जरुरी छ । पार्टी नेतृत्व हत्याएपछि मात्रै राजकिय पद प्राप्त गर्न सकिन्छ भन्ने मनोदशाबाट ग्रसित भएको नेतृत्वले सिद्धान्त र विचारको जगबाट पार्टी र संगठनलाई अगाडि बढाउन जरुरी छ ।
कम्युनिष्ट पार्टीले सिद्धान्त र विचार छोड्नु वा भुल्नु भनेको सिद्धान्त र विचारप्रति घात गर्नु हो । सिन्धुली एमालेलाई कम्युनिष्ट केन्द्र बनाउन र आउँदो निर्वाचनमामा पार्टीलाई एक ढिक्का बनाएर एक समक्ष र राजनैतिक एवम् बैचारिक रुपमा प्रतिवद्ध, बिरोधी पार्टीका सबैखाले षडयन्त्रलाई परास्त गर्न तथा एमाले भएको कार्यकर्तालाई गर्व लाग्ने वातावरण सिर्जना गरेर अगाडि बढ्नु नयाँ नेतृत्वको दर्बिलो मार्ग देखिन्छ ।
एमाले सिन्धुलीका नेताहरूमा देखिएको व्यक्तिवादी प्रवृत्तिनैं पार्टी र संगठन निर्माणको बाधक हो । पार्टी निर्माण भन्दा स्वार्थ समूह निर्माण गरेर झुण्ड बनाउने र त्यही झण्डको वरीपरि बस्ने र आफ्ना कमी कमजोरीलाई सुधार गर्नुको साटो अरुको सत्तोसरापमा व्यस्त हुने विगतको कार्यशैलीलाई करेक्सन गर्न जरुरी छ । एमालेका नेता कार्यकर्तालाई यो वा त्यो नाममा बिभाजन होइन बलियो र एकतावद्धसहित नयाँ एमाले चाहिएको छ भन्ने कुराको हेक्का राख्न जरुरी देखिएको छ ।

प्रकाशित मिति : २०८१, ६ बैशाख बिहीबार  ९ : ३४ बजे

राखेपद्वारा एन्फा नेतृत्वको तीन महिने निलम्बन

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अखिल नेपाल फुटबल

रविको मुद्दामा आज पनि सुनुवाइ हुँदै

काठमाडौं । रवि लामिछानेसँग सम्बन्धित मुद्दामा आज पनि सर्वोच्च अदालतमा

संसदको पहिलो बैठकमा हर्क साम्पाङका ४ प्रस्ताव, एमसीसी खारेज पहिलो एजेन्डा

विराटनगर । हर्क साम्पाङ ले प्रतिनिधिसभाको पहिलो बैठकमै एमसीसी खारेजी

रास्वपाले बोलायो केन्द्रीय समिति बैठक, दलको नेता चयन हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समिति बैठक बोलाएको

कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै हस्ताक्षर अभियान

काठमाडौँ । स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियू), त्रिचन्द्र बहुमुखी क्याम्पसले जेन्जी