२०८३, ३ भाद्र बिहीबार

आजदेखि छठ पर्व सुरु, पहिलो दिन ‘नहाय–खाय’ मनाइँदै

आजदेखि छठ पर्व सुरु, पहिलो दिन ‘नहाय–खाय’ मनाइँदै


जनकपुरधाम । सूर्यदेवको आराधना र सन्तानको कल्याणको कामनासहित मनाइने चारदिने छठ पर्व आजदेखि श्रद्धा र भक्तिभावका साथ विधिवत रूपमा सुरु भएको छ। पहिलो दिन आज ‘नहाय–खाय’ पर्व देशभरका विभिन्न स्थानमा उल्लासपूर्वक मनाइँदैछ।

यस दिन ब्रतालुहरूले बिहान नदी, पोखरी वा जलाशयमा स्नान गरी शरीर शुद्ध बनाउने र त्यसपछि अरवा–अर्बाइन (चामल, तोरीको तेल र अरुवा तरकारी) भोजन ग्रहण गर्ने परम्परा छ। यसैसाथ छठ पर्वको शुभारम्भ औपचारिक रूपमा हुने गर्छ। छठ पर्वमा सूर्यदेव र छठी मइयाको पूजा–आराधना गरिन्छ। परिवारको सुख–शान्ति, दीर्घायु र समृद्धिको कामना गर्दै मनाइने यस पर्वको दोस्रो दिन खरना भोलि (आइतबार) पर्छ। खरनाको दिन साँझ ब्रतालुहरूले चामल, दूध र सक्खर मिसाएर बनाइएको खीर प्रसादका रूपमा ग्रहण गर्छन् र त्यसपछि ४८ घण्टासम्म निराहार बस्ने व्रत आरम्भ गर्छन्।

तेस्रो दिन सोमबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गरिन्छ। महिलाहरूले बाँसका डकारी, ढाकी, डाली, माटोका कोसिया–कुरबारमा फलफूल, ठकुवा, भुसुवा, केरा, उखु, हल्दी, अदुवा, तरकारी, मिठाई आदि अर्पण गर्ने गर्छन्। अन्तिम दिन मंगलबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिई ‘पारन’ विधिसँगै छठ पर्व सम्पन्न गरिन्छ। अर्घ्य दिने ब्रतालुहरू ४८ घण्टासम्म अन्न र पानी त्यागेर कठोर व्रत बस्ने भएकाले छठलाई निष्ठा, संयम र साधनाको पर्व मानिन्छ। अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिने परम्पराले जीवनका उज्यालो र अन्धकार दुवै पक्षप्रति समान श्रद्धा प्रकट गर्ने सन्देश दिन्छ।

छठ पर्वको अवसरमा अहिले तराई-मधेशका बजारहरूमा पूजाका सामग्री किनमेलको चहलपहल बढेको छ। जनकपुरधामका गंगासागर, धनुषसागर, अंगराजसर र दशरथ ताललगायतका ऐतिहासिक घाटहरू आकर्षक रूपमा सजाइएका छन्। मिथिलाञ्चल र सम्पूर्ण मधेश प्रदेश अहिले छठ गीत र भजन-कीर्तनले गुन्जायमान बनेको छ। छठ पर्वलाई सामाजिक एकता, धार्मिक सहिष्णुता र पारिवारिक समृद्धिको प्रतीकका रूपमा समेत लिइन्छ।

प्रकाशित मिति : २०८२, ८ कार्तिक शनिबार  ८ : ५८ बजे

पासपोर्ट प्रकरणमा प्रधानमन्त्रीसँग छलफल भएको अख्तियार प्रमुखको खुलासा

काठमाडौं । पासपोर्ट ठेक्का विवादमा अभियोजन अघि बढाउनुअघि प्रधानमन्त्रीसँग छलफल

बागमतीको मुख्यमन्त्रीमा किरण थापा नियुक्त

हेटौँडा । बागमती प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका किरण थापा मगर

दुई तिहाइको अंकले मात्रै संविधान संशोधन हुँदैन : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

गरिमा हत्या प्रकरणमा आक्रोश चुलियो, सिमरा प्रहरी कार्यालय घेराउदेखि सडक बन्दसम्म

बारा । तीन वर्षीया गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनाले

वागमती प्रदेशमा एमाले नेतृत्वमा नयाँ सरकार गठनका लागि दाबी पेश बिहिबार मुख्यमन्त्रीको सपथ

====================================== सहमती लगत्तै आजै एमाले नेता किरण थापा मगरले वागमती