२०८३, २८ आश्विन बिहीबार

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार


काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल सम्बन्धी विधेयक शुक्रबारको मन्त्रिपरिषद् बैठकबाट नै पारित हुने जानकारी दिएकी छिन् ।

शुक्रबार काठमाडौंमा आयोजित नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको १२ औं अधिवेशन उदघाटन समारोहमा बोल्दै उनले मिडिया काउन्सिल सम्बन्धी विधेयक मन्त्रिपरिषद्को विधेयक समितिबाट पारित भइसकेको भन्दै आजको बैठकबाट नै पारित हुने जानकारी दिइन् । उनले भनिन्,‘मलाई जहाँसम्म लाग्छ आजकै मन्त्रिपरिषद्को बैठकबाट मिडिया काउन्सिल सम्बन्धी विधेयक पास भएर छलफलका लागि संसदमा लैजाने तयारीमा छौं । मन्त्रिपरिषद्को विधेयक समितिबाट पनि त्यो पारित भइसकेको छ । र आजको मन्त्रिपरिषद्को बैठकमा प्रस्तुत गर्ने तयारीमा छ ।’ उनले विज्ञापन नियमावलीमा संसोधन गरिएको भएतापनि नियमावलीमा मात्रै संशोधनले नपुसग्ने अवस्था देखिएको बताइन् । विज्ञापन ऐन नै संशोधन गरेर अगाडि बढ्नुपर्ने भएकाले त्यसको तयारीमा जुटेको उनको भनाई छ । उनले भनिन, ‘विज्ञापन नियमावलीमा संसोधन गरिएको छ । तर विज्ञापन नियमावलीमा मात्रै संशोधनले नपुग्ने देखिएको छ ।

ऐन नै संसोधन गरेर अगाडि बढ्नुपर्छ भनेर हामी तयारी गरिरहेको छौं । विज्ञापन एजेन्सीलाई हामीले सरकार र विज्ञापन वोर्डको बीचमा भन्दा विज्ञापन वोर्डले आवश्यक परे प्रयोग गर्न सक्नेगरी हामीले व्यवस्था गरेका छौं ।’

प्रकाशित मिति : २०८०, ३० चैत्र शुक्रबार  ११ : ५२ बजे

गगनको टिममा नयाँ अनुहार, कांग्रेस रूपान्तरणको चुनौती

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगनकुमार थापा सभापतिमा निर्वाचित

राजनीतिक उपलब्धि जोगाउन सबै शक्ति एक हुनुपर्छ : प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको

आफूअनुकूल सरकार बनाउने प्रवृत्तिको छानबिन हुनुपर्छ : ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतान्त्रिक प्रक्रियाबाहिरबाट

कांग्रेसको दलित सहमहामन्त्रीमा स्नेहीको फराकिलो जित

काठमाडौं । नेपाली कांग्रेसको दलित क्लस्टरतर्फको सहमहामन्त्रीमा प्रकाश रसाइली ‘स्नेही’

पोखरामा उठेका मुद्दा विराटनगरमा पनि अलपत्रकै चिन्ता, प्रदेशले फेरि मागे अधिकार

विराटनगर । दुई वर्षअघि पोखरामा उठेका संघीयता कार्यान्वयनका मुद्दा अझै