२०८२, २० कार्तिक बुधबार

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार


काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल सम्बन्धी विधेयक शुक्रबारको मन्त्रिपरिषद् बैठकबाट नै पारित हुने जानकारी दिएकी छिन् ।

शुक्रबार काठमाडौंमा आयोजित नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको १२ औं अधिवेशन उदघाटन समारोहमा बोल्दै उनले मिडिया काउन्सिल सम्बन्धी विधेयक मन्त्रिपरिषद्को विधेयक समितिबाट पारित भइसकेको भन्दै आजको बैठकबाट नै पारित हुने जानकारी दिइन् । उनले भनिन्,‘मलाई जहाँसम्म लाग्छ आजकै मन्त्रिपरिषद्को बैठकबाट मिडिया काउन्सिल सम्बन्धी विधेयक पास भएर छलफलका लागि संसदमा लैजाने तयारीमा छौं । मन्त्रिपरिषद्को विधेयक समितिबाट पनि त्यो पारित भइसकेको छ । र आजको मन्त्रिपरिषद्को बैठकमा प्रस्तुत गर्ने तयारीमा छ ।’ उनले विज्ञापन नियमावलीमा संसोधन गरिएको भएतापनि नियमावलीमा मात्रै संशोधनले नपुसग्ने अवस्था देखिएको बताइन् । विज्ञापन ऐन नै संशोधन गरेर अगाडि बढ्नुपर्ने भएकाले त्यसको तयारीमा जुटेको उनको भनाई छ । उनले भनिन, ‘विज्ञापन नियमावलीमा संसोधन गरिएको छ । तर विज्ञापन नियमावलीमा मात्रै संशोधनले नपुग्ने देखिएको छ ।

ऐन नै संसोधन गरेर अगाडि बढ्नुपर्छ भनेर हामी तयारी गरिरहेको छौं । विज्ञापन एजेन्सीलाई हामीले सरकार र विज्ञापन वोर्डको बीचमा भन्दा विज्ञापन वोर्डले आवश्यक परे प्रयोग गर्न सक्नेगरी हामीले व्यवस्था गरेका छौं ।’

प्रकाशित मिति : २०८०, ३० चैत्र शुक्रबार  ११ : ५२ बजे

रामकुमारी झाँक्री भन्छिन्: ‘भयानक यात्रा समाप्त, अहिले पजको अवस्थामा छौं’

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)की नेतृ रामकुमारी झाँक्रीले पार्टीसँगको आफ्नो

नेपाल-भारत बैठकमा प्रसारण लाइन विस्तार र ऊर्जा आदान-प्रदानमा सहमति

काठमाडौं । नेपाल–भारत सहसचिवस्तरीय संयुक्त प्राविधिक टोलीको १७औं बैठकमा दुई

हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको माग

हेटौँडा । झन्डै दुई दशकदेखि बन्द रहेको हेटौँडा कपडा उद्योग

किसान श्रेष्ठ : “मूल घर फर्किंदैछौं, हाँसेर बोलिदिए पुग्छ”

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का नेता किसान श्रेष्ठले आफूहरू **नि:शर्त

नेकपा एस-माओवादी केन्द्र एकता घोषणा आज

काठमाडौं । नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)बीच आज