२०८३, २६ भाद्र शनिबार

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !


काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने किम एह–रा मस्त निदाउन महँगो रकम चुकाउछिन् । सन् ३० को दशकमा राम्रो तलव सुविधा पाउने उनी राम्रोसँग निदाउन धेरै पैसा खर्च गर्दैछिन् । यसको एकमात्र कारण कामको धपेडीले उनी कहिल्यै मस्तसँग निदाउन सकिनन् ।

‘यो सबै एक स्लीप डिफ्यूजरबाट सुरु भयो, जसको लागत कोरियन मुद्रा १० हजार वोन भन्दा अलि बढी थियो । मेलाटोनिन गम्मी र म्याग्नेसियम ट्याब्लेट सहित धेरै सप्लिमेन्टहरूमा विस्तार गर्नु अघि अन्ततः ३ लाख वोन भन्दा बढी खर्च हुने आरामदायी सिरानेमै खर्च खरिद गर्नुपथ्र्यो ।’ उनी यसरी अनुभव सुनाउँछिन् ।

दक्षिण कोरियाली यी कामदार किमको खर्चले कोरियाको द्रुत बृद्धि भइरहेको निद्रा बजारलाई प्रतिबिम्बित गर्दछ । जुन सन् २०११ र २०२१ को बीचमा ६ गुणा बढेर ३ अर्ब वोन पुगेको थियो । केबी फाइनान्सियल समूहको थिंक ट्याङ्कले बुधबार जारी गरेको प्रतिवेदनमा आधारित यो विवरणले निन्द्रा बजारको वर्तमान अवस्था छर्लंग पार्दछ ।

अनेक कारणले राम्रो निन्द्राबाट बञ्चित भएर चिडचिडाहट भोगिरहेका मानिसहरुका लागि आरामदायी ओछ्यान उपलव्ध गराउने व्यवसाय सञ्चालनमा छन्, जसलाई निन्द्रा बजार भनेर पनि चिनिन्छ । जहाँ आवश्यक ओखति समेत उपलव्ध हुन्छ ।

सन् २०२६ सम्ममा बजार ४० अर्ब वोनभन्दा बढी हुने अनुमान केबी फाइनान्सियले गरेको छ । यो तीव्र बजार वृद्धि कोरियालीहरूको  औसतको तुलनामा गहिरो निद्रा सुत्न नसकेको कारणबाट भएको हो । सन् २०२१ तथ्यांकलाई उद्धृत गर्दै थिंक ट्याङ्कले कोरियामा प्रति दिन एकजनाले औसत ४७१ मिनेट सुत्ने गरेको बताएको छ, जुन औसत भन्दा ३० मिनेट कम हो । कोरियालीहरूको निद्राको गुणस्तर पनि निकै कम रहेको छ ।

विश्वका प्रमुख अर्थतन्त्रहरू मध्ये एक कोरियाले मात्र जापान भन्दा राम्रो प्रदर्शन गर्यो जहाँ दैनिक ४४२ मिनेट सुत्न खर्च गरिन्छ । बेलायतका मानिसहरू प्रति दिन औसत ५०८ मिनेट निदाउँछन् भने अष्ट्रेलियालीहरू ५१२ मिनेट, अमेरिकी ५३१ मिनेट र चिनियाँ ५४१ मिनेट निदाउँछन् भनेर अनुसन्धानले देखाएको छ ।

स्वास्थ्य प्रविधि फर्म फिलिप्सले गरेको सर्वेक्षणमा १३ देशका १३ हजार उत्तरदाताहरूमध्ये आफ्नो निद्राबाट सन्तुष्ट हुनेहरूको संख्या औसत ५५ प्रतिशत छ । तर कोरियालीहरूका लागि मात्र यो संख्या ४१ प्रतिशत छ ।

तनावको कारण ५४ प्रतिशत निद्रामा बाधा, त्यसपछि ४० प्रतिशतमा सुत्ने अवस्था, ३७ प्रतिशतमा अनिद्रा र कामको दिनचर्या, ३६ प्रतिशतमा अत्यधिक फुर्सदको गतिविधि, ३२ प्रतिशतमा स्वास्थ्य अवस्था र २९ प्रतिशतमा घुर्ने बानीले निन्द्रा खलबलिएर गहिरो निन्द्रा पाउन नसकेको कोरियन टाईम्सले उल्लेख छ ।

प्रकाशित मिति : २०८०, २८ चैत्र बुधबार  ५ : ४० बजे

सिन्धुलीको मासु प्रशोधन उद्योगमा छापामारी, गैरकानूनी रूपमा कामगर्दै चिनियाँहरू

सिन्धुली । निर्माणाधिन सिन्धुलीको मासु प्रशोधन उद्योगमा आज अध्यागमन विभाग

ग्यास अभाव विवाद चर्किएपछि उद्योगमन्त्री यादवको राजीनामा

काठमाडौं । ग्यास अभावको समस्या समाधान गर्न नसकेको भन्दै चौतर्फी आलोचना

बाढीपहिरो पीडितको उद्धार तथा राहतका लागि टेक्नो मोबाइलद्वारा १० लाख रुपैयाँ सहयोग

काठमाडौँ ।  अविरल वर्षाका कारण उत्पन्न बाढीपहिरो तथा प्राकृतिक विपद्बाट

केम्पो ओपन कपमा प्रतिस्पर्धा गर्न नेपाली टोली पोर्चुगल प्रस्थान

काठमाडौं । विश्वका करिब ३० देशका खेलाडी सहभागी हुने अन्तर्राष्ट्रिय

गगन थापा स्याङ्जा जाँदै, गोपालमान श्रेष्ठको ४५औँ पुण्यकार्यमा सहभागी हुने

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा स्याङ्जा जाने भएका छन्।