२०८३, ५ बैशाख आईतबार

कोशी प्रदेशमा चाँडै एमाले नेतृत्वमा नयाँ सरकार बन्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

कोशी प्रदेशमा चाँडै एमाले नेतृत्वमा नयाँ सरकार बन्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल


उदयपुर । नेपाल कम्युनिष्ट पार्टी ९एमाले० का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले वर्तमान सरकारमा एमालेसहितको गठबन्धन र समीकरण देश र जनताको समृद्धि तथा राजनीतिक स्थायित्वका लागि गरिएको बताएका छन् ।

उदयपुरको गाईघाटमा आज प्रेस चौतारी नेपालले आयोजना गरेको पत्रकार भेटघाटमा वरिष्ठ उपाध्यक्ष पोखरेलले वर्तमान गठबन्धन मुलुकको राजनीतिक स्थायित्वका लागि गरिएको बताए । देशमा प्रजातन्त्र र गणतन्त्र अझ बलियो र सुदृढ बनाउन वर्तमान समीकरण गरिएको उनको भनाइ थियो । एमालेसहितको नयाँ समीकरणको सरकार पूरै कार्यकाल चल्ने तथा भ्रष्टाचारमा शून्य सहनशीलताको नीतिका साथ काम भइरहेको वरिष्ठ उपाध्यक्ष पोखरेलले बताए ।

भ्रष्टाचारमा संलग्न जो कोहीलाई पनि छाड्न नहुने उल्लेख गर्दै उनले कानुनबमोजिम कारबाहीका लागि एमालेले पहल गरिरहेको उल्लेख गरे । कोशी प्रदेशमा चाँडै एमालेको नेतृत्वमा नयाँ सरकार बन्ने वरिष्ठ उपाध्यक्ष पोखरेलले बताए । एमाले उदयपुरको आजदेखि सुरु हुने नवाँै जिल्ला अधिवेशनमा सहभागी हुन उहाँ यहाँ आएका हुन् ।

कार्यक्रममा एमाले स्थायी समिति सदस्य तथा कोशी प्रदेशका पूर्व मुख्यमन्त्री शेरधन राई, स्थायी समिति सदस्य तथा उदयपुर इञ्चार्ज परशु मेघी गुरुङ, केन्द्रीय सदस्य अम्बिका थापा, एमाले कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडा, सचिव टीकाराम चेमजोङ, एमाले उदयपुरका अध्यक्ष परमेश्वर घिमिरेलगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २०८०, १४ चैत्र बुधबार  ६ : २८ बजे

प्रत्यक्ष सांसद नभएका क्षेत्रमा समानुपातिक सांसदलाई जिम्मेवारी ताेक्ने रास्वपाको निर्णय

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले प्रत्यक्ष निर्वाचित सांसद नरहेका

गुण्डागर्दीको आरोपमा निराजन पौडेल पक्राउ

काठमाडौँ । गुण्डागर्दीमा संलग्न रहेको आरोपमा प्रहरीले “निरे” भनेर चिनिने

बागमतीमा मुख्यमन्त्री र प्रमुख सचिवबीच विवाद चुलियो, मन्त्रिपरिषद् बैठक प्रभावित

हेटौंडा । बागमती प्रदेश सरकारमा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ र प्रमुख

इरानको चेतावनी : स्ट्रेट अफ होर्मुज पार गर्न खोजे जहाजमाथि आक्रमण हुने

काठमाडौं । विश्वकै महत्वपूर्ण तेल ढुवानी मार्ग मानिने स्ट्रेट अफ

आज यी स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल देशभर पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव