२०८२, ८ भाद्र सोमबार

बाँसबारी जग्गा हिनामिना प्रकरणमा सीआईबीले सांसद विनोद चौधरीसँग बयान लियो

बाँसबारी जग्गा हिनामिना प्रकरणमा सीआईबीले सांसद विनोद चौधरीसँग बयान लियो


काठमाडौं । नेपाली कांग्रेसका सांसद विनोद चौधरीले आफ्नो चरित्रको प्रमाणपत्र ‘स्टन्ट’ गर्नेलाई बुझाउनु नपर्ने प्रतिक्रिया दिएका छन् । आज (बिहीबार) नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको रोहबरमा सरकारी वकिलको कार्यालयमा बयान दिएर बाहिरिने क्रममा उनले प्रतिक्रिया दिएका हुन् ।

‘४५ वर्षको उद्यमको यात्राको आफ्नो चरित्रको सर्टिफिकेट कसैलाई बुझाउनु पर्दैन,’ उनले भने, ‘त्यो पनि खास गरिकन स्टन्ट गर्नेहरूलाई ।’ उनले अहिले कठिन आर्थिक परिस्थितिबाट मुलुक गुज्रिइरहेको बेला उद्यमीहरूबीच कस्तो सन्देश जाने भन्दै प्रश्न समेत गरे । ‘यो बेलामा म जत्तिको मानिसले यो कुरा भनिरहँदाखेरी नेपालभरि र विश्वभरि रहेका नेपालका युवाहरूले उद्योगी र करदाताहरूले कुन सन्देश आफ्नो मनमा लिएर जाने हो भन्ने कुराको हेक्का राज्यले राख्नु पर्ने हो,’ उनले भने । उनले यस्ता प्रकारका गतिविधिबाट निजी क्षेत्रलाई, उद्यमी र लगानीकर्तालाई विशुद्ध राखिनुपर्ने बताएका छन् ।

‘राजनीतिका आफ्ना फोरम छन्, त्यसका आफ्ना तरिका छन्,’ उनले भने, ‘म पनि नवलपरासी पश्चिमबाट प्रत्यक्ष निर्वाचित सांसद हुँ ।’ बाँसबारी जग्गा प्रकरणमा अनुसन्धानको बारेमा संसदलाई जानकारी गराएको पत्र जुनरूपले देशभरका सञ्चार माध्यममा रंगिए, त्यसले नै स्टन्ट के उद्देश्यका लागि गरिएको हो भन्ने प्रष्ट भएको उनको तर्क छ । ‘जबकि, मैले यो विषयमा प्रश्न उठ्ने बित्तिकै र मेरो भाइ (अरूण चौधरी) माथि अनुसन्धान हुने बित्तिकै संसदीय दलको बैठकमा आफ्ना सबै कुराहरू राखिसकेको थिएँ । जुन सार्वजनिकरूपमा बाहिर आइसकेको छ । यसपछि ममाथिको अनुसन्धानको कुरा चल्नेबित्तिकै सदमा उभिएर जवाफ दिएको छु,’ उनले भने ।

‘एउटा जिम्मेवार व्यक्ति, एउटा जिम्मेवार राजनीतिकर्मीको हैसियतले र उद्यमीको हिसाबबाट पनि म यहाँ सहयोग गर्न उपस्थित भएँ,’ उनले भने, ‘४२ वर्ष अगाडि बाँसबारी जस्तो अनकन्टार ठाउँको कौडीको पनि भाउमा नबिक्ने जग्गालाई आधार बनाइ, त्यो बेलाको सार्वजनिक, निजी साझेदारीको एउटा उत्कृष्ट मोडलको रूपमा नवीनतम् सोचलाई जुन किसिमले राजनीतिकरण गरियो, त्यो अत्यन्त दुःखलाग्दो छ ।’ उनले ४२ वर्षअगाडिको बाँसबारीको दस रोपनी जग्गाको मूल्य कति नै पर्ने हो र भन्दै यो कुरा सबैले बुझेको बताए ।

‘यो देशकै एक मात्र, हजारौं रोपनीको निजी औद्योगिक ग्राम स्थापना गर्ने रूपले, १४० वर्षदेखि र अझ व्यवस्थितरूपले ८० वर्षदेखि देशभरि नै विभिन्न परियोजना गर्ने समूहले बाँसबारीको १० रोपनी जग्गाको कुदृष्टि राख्छ भनेर सोच्नु नै विकृत मानसिकताको उपज बाहेक केही पनि होइन,’ उनले भने ।

‘दलगत राजनीतिको पक्षलाई, गलत राजनीतिको पक्षलाई कहिले पनि मैले कहिले पनि प्रश्रय दिइनँ । कहिले पनि कुनै पनि प्रकारका दलहरूबीचका आपसी जोडघटाउमा सरिक भइन,’ उनले भने, ‘मैले त्यसर्थमा व्यावसायिक र विकासप्रेमीको हैसियतले हरेक फोरममा उभ्याएँ । तर, आज यो मुद्दामा भने राजनीतिकर्मीमाथि राजनीतिकरण गर्ने, उद्यमलाई राजनीतिकरण गर्ने, एउटा उद्यमीलाई राजनीतिकरण गर्ने, एउटा लगानी कर्ता र करदातालाई राजनीतिकरण गर्ने, कुरा प्रष्टरूपमा देखियो ।’

प्रकाशित मिति : २०८०, ८ चैत्र बिहीबार  १२ : ०७ बजे

हेलिकप्टरमा तराई–मधेश घुम्दैमा उखु किसानको समस्या समाधान हुँदैन् : यादव

काठमाडौं । उखु किसानलाई सरकारले दिंदै आएको अनुदान बापतको रकममा

सुटकेस शव : ई–रिक्सा र चालक प्रहरी नियन्त्रणमा

रौतहट । रौतहट प्रहरीले शव भएको सुटकेस फाल्न प्रयोग भएको

कलमविरुद्धको बन्दूक-श्रमजीवी पत्रकारहरूको अस्तित्व संकटमा

गाजा होस् या कुनै पनि द्वन्द्वग्रस्त क्षेत्र, जब गोलाबारी हुन्छ,

भियतनामकी उपराष्ट्रपतिद्वारा पाटन दरबार क्षेत्रको अवलोकन

काठमाडौं । समाजवादी गणतन्त्र भियतनामकी उपराष्ट्रपति भो थि आन सुआनले

राष्ट्रपति पौडेलद्वारा भानु साहित्य उद्यानको शुभारम्भ

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आदिकवि भानुभक्त आचार्यको जन्मस्थल तनहुँको