२०८२, ९ फाल्गुन शनिबार

केयू मातहत रहन उपत्यकाका ६ निजी तथा सामुदायिक अस्पतालले पठाए प्रस्ताव

केयू मातहत रहन उपत्यकाका ६ निजी तथा सामुदायिक अस्पतालले पठाए प्रस्ताव


काठमाडौं । काठमाडौं उपत्यकाका ६ निजी तथा सामुदायिक अस्पतालले काठमाडौं विश्वविद्यालय केयू सँग सहकार्य गर्न प्रस्ताव पठाएका छन् । १८ फागुनमा केयूले अस्पताल सेवा र विस्तारका लागि काठमाडौंको चक्रपथभित्र र बाहिरको एक किलोमिटर क्षेत्रमा रहेका १०० शय्याको अस्पतालसँग खरिद, लिज वा करारमा प्राप्त गर्नका प्रस्ताव माग गरेको थियो ।

केयू उच्च स्रोेतका अनुसार भक्तपुर र ललितपुरको एक÷एक र काठमाडौंका चार वटा अस्पतालले प्रस्ताव पेश गरेका छन् । काठमाडौंको तीनकुनेमा निर्माणाधीन काठमाडौं इन्टरनेशनल हस्पिटल, पुरानो बानेश्वरस्थित फ्रन्टलाइन अस्पताल, बसुन्धरास्थित महेन्द्रनारायण निधि सामुदायिक अस्पताल र चुच्चेपाटीस्थित स्तुपा अस्पताल, भक्तपुरको कौशलटारस्थित भक्तपुर इन्टरनेशनल अस्पताल र ललितपुरको धापाखेलस्थित सुमेरु अस्पतालले प्रस्ताव पठाएको केयू उच्च स्रोतले अनलाइनखबरलाई जानकारी दिएको छ ।

ती अस्पतालहरुको प्रस्ताव अध्ययनका लागि काठमाडौं विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सेजका डिन डा। मनोज हुमागाईको संयोजकत्वमा तीन सदस्यीय अध्ययन समिति बनाइएको छ । समितिले प्रस्तावहरु अध्ययन गरेर केयूलाई राय दिनेछ । संयोजक डा। हुमागाईंले केही अस्पतालबाट प्रस्ताव आएको पुष्टि गरे पनि संख्या खुलाउन अस्वीकार गरे ।

‘केही अस्पतालबाट प्रस्ताव आएका छन् । तर फाइल हामीले खोलेका छैनौं’, उनले अनलाइनखबरसँग भने, ‘अब केही दिनभित्रमा हामीले विस्तृत अध्ययन गरेर केयूलाई राय पेश गर्छौं ।’

प्रकाशित मिति : २०८०, ७ चैत्र बुधबार  ९ : २० बजे

चियाबारी-खुर्कोट सुरूङ एमालेकै नेतृत्वमा बन्छ : मनोजजंग

सिन्धुली: चियाबारी–खुर्कोट सुरुङ मार्ग निर्माण नेकपा एमालेको नेतृत्वमै सम्पन्न हुने

एमालेको झण्डा जलाउनेलाई कारबाहीको चेतावनी : अञ्जना अधिकारी

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एमाले)की युवा नेतृ अञ्जना अधिकारीले पार्टीको

तेमालका हजार एमालेमा प्रवेश : अमित लामाद्वारा स्वागत

बनेपा। तेमाल गाउँपालिका-१ सस्र्यूखर्क लामागाउँका हजार सिं तामाङ नेकपा (एमाले)

सप्तरीमा एमाले झण्डा र उम्मेदवारको तस्वीर जलाएको भिडियो सार्वजनिक

राजविराज । सप्तरी निर्वाचन क्षेत्र नम्बर २, महदेवा गाउँपालिकाबाट प्रतिनिधिसभा सदस्य

नेकपाका २ दर्जन कार्यकर्ताले उठाए बिद्रोहको झण्डा, मनोजजंगलाई बिजयी गराउने उद्घोष

सिन्धुली । आगामी फागुन २१ गते हुने प्रतिनिधीसभा सदस्यको निर्वाचन