२०८३, ३० जेष्ठ आईतबार

फागू पूर्णिमा होली पर्व मर्यादित बनाउन काठमाण्डौ जिल्ला प्रशासनको आग्रह

फागू पूर्णिमा होली पर्व मर्यादित बनाउन काठमाण्डौ जिल्ला प्रशासनको आग्रह


काठमाण्डौ । जिल्ला प्रशासन कार्यालय काठमाण्डौले फागू पूर्णिमा होली पर्व मर्यादित, अनुशासित एवम् व्यवस्थित ढङ्गले मनाउन अनुरोध गरेको छ । काठमाण्डौका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद शर्माले सूचना निकालेर होलीमा अमर्यादित, उच्छृङ्खल अवाञ्छित एवम् गैरकानुनी क्रियाकलाप गरेमा प्रचलित कानुनबमोजिम कारबाही हुने जानकारी दिनुभएको छ ।

जिल्ला प्रशासन कार्यालयले चाडपर्वका अवसरमा शान्तिसुरक्षामा असर पर्नेगरी सार्वजनिक ठाउँमा होहल्ला एवम् झै–झगडा गर्ने, जाँडरक्सी खाएर पारिवारिक एवम् सामाजिक जनजीवन तथा सार्वजनिक मर्यादा र शान्ति खलल गर्ने, कसैको इच्छाविपरीत रङ एवम् पानीको लोला हान्ने, पानीको फोहोरा हान्ने, जबर्जस्ती रङ दल्ने कार्य नगर्न सबैमा अनुरोध गरेको छ ।

पछिल्लो समय फागु पूर्णिमामा अनावश्यक तडकभडकसहितका विभिन्न खर्चिलारभड्किला कार्यक्रम हुने गरेको भन्दै काठमाण्डौका सहायक प्रमुख जिल्ला अधिकारी शर्माले सामाजिक व्यवहार ९सुधार० ऐन तथा नियमावली, २०३३ ले धार्मिक, सामाजिक तथा सांस्कृतिक पर्व मनाउने विषयलाई व्यवस्थित र नियमन गरेकोतर्फ ध्यानाकर्षण गराउनुभएको छ ।

यसवर्षको होली काठमाण्डौ उपत्यकासहित पहाडी क्षेत्रमा आउँदो आइतबार र तराईरमधेशमा सोमवार मनाईदैछ ।

प्रकाशित मिति : २०८०, ७ चैत्र बुधबार  ११ : ०५ बजे

दलित उत्पीडित आन्दोलन सशक्त बनाउन कोशी प्रदेश तदर्थ समिति गठन

काठमाडौं । नेपाल दलित उत्पीडित केन्द्र कोशी प्रदेश समन्वय सम्पर्क

रोपाइँको मुखमा किसानलाई मल–बीउ उपलब्ध गराउन एमालेको माग

काठमाडौं । नेकपा एमाले बागमती प्रदेश कमिटीले धान रोपाइँ तथा

सीमादेखि संसदसम्म सरकार विवादमा, प्रधानमन्त्रीको अभिव्यक्ति सच्याउन एमालेको चेतावनी

काठमाडौं । नेकपा एमालेले राष्ट्रिय स्वाधीनता, श्रमिक अधिकार र लोकतान्त्रिक

बजेट छेडखानी प्रकरणमा एमालेको चुनौती : ‘दूधको दूध, पानीको पानी गर्न तयार छौँ’

काठमाडौं । नेकपा एमालेका सांसद गुरु बराल ले अर्थमन्त्री स्वर्णिम

प्रधानमन्त्रीको मौनता र अर्थमन्त्रीको धम्कीमाथि : केसीको आक्रोश

काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसी ले संसद्प्रति सरकारको