२०८२, २९ पुस मंगलबार

फागू पूर्णिमा होली पर्व मर्यादित बनाउन काठमाण्डौ जिल्ला प्रशासनको आग्रह

फागू पूर्णिमा होली पर्व मर्यादित बनाउन काठमाण्डौ जिल्ला प्रशासनको आग्रह


काठमाण्डौ । जिल्ला प्रशासन कार्यालय काठमाण्डौले फागू पूर्णिमा होली पर्व मर्यादित, अनुशासित एवम् व्यवस्थित ढङ्गले मनाउन अनुरोध गरेको छ । काठमाण्डौका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद शर्माले सूचना निकालेर होलीमा अमर्यादित, उच्छृङ्खल अवाञ्छित एवम् गैरकानुनी क्रियाकलाप गरेमा प्रचलित कानुनबमोजिम कारबाही हुने जानकारी दिनुभएको छ ।

जिल्ला प्रशासन कार्यालयले चाडपर्वका अवसरमा शान्तिसुरक्षामा असर पर्नेगरी सार्वजनिक ठाउँमा होहल्ला एवम् झै–झगडा गर्ने, जाँडरक्सी खाएर पारिवारिक एवम् सामाजिक जनजीवन तथा सार्वजनिक मर्यादा र शान्ति खलल गर्ने, कसैको इच्छाविपरीत रङ एवम् पानीको लोला हान्ने, पानीको फोहोरा हान्ने, जबर्जस्ती रङ दल्ने कार्य नगर्न सबैमा अनुरोध गरेको छ ।

पछिल्लो समय फागु पूर्णिमामा अनावश्यक तडकभडकसहितका विभिन्न खर्चिलारभड्किला कार्यक्रम हुने गरेको भन्दै काठमाण्डौका सहायक प्रमुख जिल्ला अधिकारी शर्माले सामाजिक व्यवहार ९सुधार० ऐन तथा नियमावली, २०३३ ले धार्मिक, सामाजिक तथा सांस्कृतिक पर्व मनाउने विषयलाई व्यवस्थित र नियमन गरेकोतर्फ ध्यानाकर्षण गराउनुभएको छ ।

यसवर्षको होली काठमाण्डौ उपत्यकासहित पहाडी क्षेत्रमा आउँदो आइतबार र तराईरमधेशमा सोमवार मनाईदैछ ।

प्रकाशित मिति : २०८०, ७ चैत्र बुधबार  ११ : ०५ बजे

सिन्धुलीको घाङलेखमा  एसबी आई बैंक लुटियो, काभ्रेबाट टाटा सूमो चढेर आएका थिए लुटेरा समूह

सिन्धुलीको घाङलेख गाउँपालिकामा रहेको नेपाल एसबी आई बैंक साँझ ७

देउवाको राजीनामा मुद्दामा सहमति जुटेन, त्रिपक्षीय वार्ता एक घण्टाका लागि स्थगित

काठमाडौं । नेपाली कांग्रेसभित्रको विवाद समाधानका लागि बसेको त्रिपक्षीय वार्ता

“बागबजारको होडिङ बोर्ड” सपना र संघर्ष

धेरैपछि काठमाडौँ आएको छु,अन्तर्राष्ट्रिय विमानस्थलबाट झर्दा पहिलो सासमै केही फरक

कांग्रेसमा अराजकता होइन, विधान र जिम्मेवारीको शासन चाहिन्छ

नेपाली कांग्रेस आज आन्तरिक तनावको कठिन चरणमा छ। तर यो

कांग्रेस केन्द्रीय समिति बैठक दिउँसो १ बजे बस्ने, विशेष महाधिवेशन विवाद चुलिँदै

काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक मंगलबार दिउँसो १ बजेका