२०८२, २३ कार्तिक शनिबार

आज संघीय संसदका दुबै सदनको वैठक बस्दै, यस्ता छन् कार्यसूची

आज संघीय संसदका दुबै सदनको वैठक बस्दै, यस्ता छन् कार्यसूची


काठमाडौं । संघीय संसद अन्तर्गत दुबै सदनको वैठक आज बस्दै छ । प्रतिनिधि सभाको बैठक संघीय संसद भवन, नया बानेश्वरमा बिहान ११ः०० बजे बोलाइएको छ । बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफल जारी रहने जनाइएको छ ।

यस्तै राष्ट्रियसभाको बैठक पनि आजै बस्दैछ । संघीय संसद भवन नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ बजे बोलाइएको छ । आजको बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले कार्यब्यवस्था परामर्श समितिमा रहने सदस्यहरूको नाम मनोनयनका लागि प्रस्ताव गर्नेछन् ।

संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिका सभापति सोनाम गेल्जेन शेर्पाले ‘राष्ट्रिय निकुञ्ज, बन्यजन्तु आरक्ष र मध्यबर्ती क्षेत्रमा मानव र बन्यजन्तु बीचको दन्दको अवस्था अध्ययन प्रतिवेदन, २०८० माथी छलफल गरियोस्’ भन्ने प्रस्ताव पेश गर्नेछन् ।

आगामी आर्थिक बर्ष २०८१र८२ का लागि बिनियोजन बिधेयकका सिद्धान्त र प्राथमिकतामाथि सभामा छलफल जारी रहने संसद सचिवालयले जनाएको छ । साथै, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ‘अनुगमन मुल्याङ्कन बिधेयक २०८० माथि प्रतिनिधिसभावाट भएको संशोधनप्रति छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्’ भने सो ‘प्रस्तावलाइ पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्न कार्यसूचीमा उल्लेख छ ।

साथै, अर्थमन्त्री बर्षमान पुनले ‘सुरक्षित कारोबार (पहिलो संसोधन) बिधेयक २०८० लाई दफावार छलफलका लागि बिधायन ब्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव सभा समक्ष प्रस्तुत गर्ने महासचिव पदमप्रसाद पाण्डेले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : २०८०, ७ चैत्र बुधबार  ७ : २५ बजे

कांग्रेसले आकस्मिक केन्द्रीय कार्यसमितिको बैठक बोलायो

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक शनिबार दिउँसो

कांग्रेस नेता मोहम्मद अफताब आलमको निधन

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वसांसद मोहम्मद अफताब आलमको

काठमाडौं उपत्यकाका केही क्षेत्रमा आज बिहान विद्युत आपूर्ति बन्द

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले स्युटाचार टेकु १३२ केभी लाइनको

टर्कियाले नेतान्याहु विरुद्ध वारेन्ट जारी

काठमाडौं । टर्कियाले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र उनका वरिष्ठ

लमजुङमा जिप दुर्घटना, २ जनाको मृत्यु

लमजुङ । मर्स्याङ्दी गाउँपालिका-३ स्थित सडकमा बोलेरो जिप दुर्घटना हुँदा