२०८३, ३० जेष्ठ आईतबार

लालीगुराँसले ढकमक्क गौमुखी, पर्यटकको स्वागतमा तम्तयार

लालीगुराँसले ढकमक्क गौमुखी, पर्यटकको स्वागतमा तम्तयार


सलिम मिया
अग्लो धुरी । धुरीको फराकिलो आंगनमा फुलेका थरीथरीका फुलहरुले सजिएको घना जंगल । नाङ्गी नाङ्गो छैन ।
वन्यजन्तु र चराचुरुङ्गीको चिरबिर आवाज, ढोरपाटन सहित बाग्लुङ्का गाउँहरु अनि लहरै देखिने सेताम्मे हिमाली दृश्यहरु अदभुत लाग्छन् । भोटे कुकुर भुक्ने ठुल्ठुला भेडीगोठ र त्यसैमाथी हेरिरहु लाग्ने गुराँस र फुलहरुले ‘नाङ्गी’ लेकलाइ छपक्क पारेको छ । साँच्चै, यहाँबाट कोठीभीरसम्म गुराँस फुलेर डाँडै रातै भएको छ ।

ती रंगीन र स्वागतमा पर्खिए झै लाग्ने फूलहरूमाथि कसरी हिड्नु । खाली देख्न र स्पर्समात्र गर्न मन लाग्छ । गौमुखी गाउँपालिका निवासी सामाजिक अगुवा ज्ञामुराम न्यौपाने भन्नुहुन्छ,‘नाङ्गी क्षेत्र फुलैफुलको पहाड हो, सभावनाको चुचुरो हो ।’ गुराँसे फुलहरुको जंगल, वन्यजन्तु र हिमशृंखला अवलोकन गर्न सकिने यो क्षेत्रले जो कोहीलाई लोभ्याउने न्यौपानेले बताउनुभयो । उहाले भन्नुभयो, ‘त्यसैले पनि नाङ्गी क्षेत्र अति सुन्दर र मनमोहक छ, थुप्रै संभावना बोकेको यस ठाउँको प्रचार जरुरी छ ।’
पर्यटकीयस्थल नाङ्गी क्षेत्रलाई प्राकृतिक सौन्दर्य र पर्यापर्यटनको केन्द्रबिन्दुका रूपमा चिनिन्छ । बाग्लुङको ढोरपाटन सिकार आरक्षसँग जोडिएको गौमुखी संरक्षित वन यसै क्षेत्रमा पर्छ । २६ हजार २०४ हेक्टर क्षेत्रफलमा यो बन क्षेत्र फैलिएको छ ।

आर्थिक विकासका लागि महत्वपुर्ण जडिबुटी, लघुवन पैदावार यस संरक्षित वन क्षेत्रमा प्रशस्त पाईन्छन । यो भेगमा ७ प्रजातीका लालिगुरास पाईने स्थानीय बताउछन् । यहाँ फागुनको अन्तिमदेखि बैशाख सम्म गुरास फुल्छ । यहाँ कस्तुरी, मृग, चरीवाघ, चितुवा, रेड्पाण्डा, घोरल, गिद्ध, कालिज झारल, नाउरजस्ता वन्यजन्तु अवलोकन गर्न सकिन्छ । भेडीगोठ र गोठाला पनि यहाँका मुख्य आकर्षण हुन् ।
प्राकृतिक मनोरम, जैविक विविधता, विभिन्न प्रजातिका चराचुरुङ्गी, लोपोन्मुख वन्यजन्तुका साथै महत्वपूर्ण जडिबुटी पाइने भएकाले यसक्षेत्रमा बाह्रै महिना पर्यटक आउने गरेको स्थानीय मित्र थापाले बताउनुभयो ।
उहाले भन्नुभयो,‘ढोरपाटन नजिक रहेकाले थुप्रै वन्यजन्तु नाङ्गी आउजाउ गर्छन् ।’

करिब ११ किलोमिटर घना जंगल रजवारा,अर्खा हुँदै पैदलयात्रा गरेर नाङ्गी पुग्न सकिन्छ। समुद्री सतहबाट ३ हजार ३ सय मिटर उचाइमा रहेको नाङ्गीलाई छोटो पदयात्राको नयाँ गन्तव्यका रुपमा लिईन्छ ।
गौमुखी गाउँपालिका अध्यक्ष विष्णु गिरीले नाङ्गी क्षेत्रको विकासका लागि पहल थालिएको बताउनुभयो । पहिलो चरणमा करिव ५० लाख रुपियाँ बजेटबाट यहाँ आवासिय भवन, शौचालय,आराम गर्ने कुर्सी र पदमार्ग निर्माण गरिएको अध्यक्ष गिरीले जानकारी दिनुभयो ।
महाभारत पहाडी सृङ्खलामा रहेको प्युठानको कोठिभीर, नाङ्गी र पंचासे लेकले राप्ती नदिको समेत जलाधार क्षेत्र संरक्षणमा टेवा पुर्याईरहेको सम्बद्ध बिज्ञहरु बताउछन् । प्युठान लगायतका छिमेकी जिल्लाहरुमा मनसुनी वर्षा गराउन यो पहाडी शृङ्खलाको महत्वपुर्ण योगदान रहेको बताईन्छ ।

प्रकाशित मिति : २०८०, ४ चैत्र आईतबार  ९ : ५६ बजे

स्थानीय र प्रदेश निर्वाचन लक्षित गर्दै एमालेको देशव्यापी ‘मिसन जागरण’ सुरु

काठमाडौँ । नेकपा एमालेले आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनलाई

दलित उत्पीडित आन्दोलन सशक्त बनाउन कोशी प्रदेश तदर्थ समिति गठन

काठमाडौं । नेपाल दलित उत्पीडित केन्द्र कोशी प्रदेश समन्वय सम्पर्क

रोपाइँको मुखमा किसानलाई मल–बीउ उपलब्ध गराउन एमालेको माग

काठमाडौं । नेकपा एमाले बागमती प्रदेश कमिटीले धान रोपाइँ तथा

सीमादेखि संसदसम्म सरकार विवादमा, प्रधानमन्त्रीको अभिव्यक्ति सच्याउन एमालेको चेतावनी

काठमाडौं । नेकपा एमालेले राष्ट्रिय स्वाधीनता, श्रमिक अधिकार र लोकतान्त्रिक

बजेट छेडखानी प्रकरणमा एमालेको चुनौती : ‘दूधको दूध, पानीको पानी गर्न तयार छौँ’

काठमाडौं । नेकपा एमालेका सांसद गुरु बराल ले अर्थमन्त्री स्वर्णिम