२०८३, ३० जेष्ठ आईतबार

राष्ट्रिय सभा अध्यक्ष निर्वाचन : उम्मेदवारको मनोनयन दर्ता आज

राष्ट्रिय सभा अध्यक्ष निर्वाचन : उम्मेदवारको मनोनयन दर्ता आज


काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष निर्वाचनअन्तर्गत सोमबार उम्मेदवारको मनोनयन दर्ता हुँदैछ । संघीय संसद् सचिवालयले मंगलबार अध्यक्षको निर्वाचन हुने कार्यतालिका सार्वजनिक गरेको छ । जसअन्तर्गत सोमबार उम्मेदवारको मनोनयन दर्ता हुन लागेको हो ।

उम्मेदवारी दर्ताको समय बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्मको लागि छुट्याइएको छ । उम्मेदवारको नामावली सोमबारै साढे १ बजे प्रकाशित हुनेछ । राष्ट्रिय सभा अध्यक्षका लागि सत्ता गठबन्धन र प्रतिपक्षी गठबन्धनबीच प्रतिस्पर्धा हुने देखिएको छ । सत्ता गठबन्धनबाट माओवादी केन्द्रले उम्मेदवारी दिने सहमति भइसकेको छ भने माओवादी केन्द्रले नारायण दाहाललाई उम्मेदवार बनाउने निणर्य गरेको छ ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले पनि विपक्षमा रहेका दलहरूबीच सहकार्यको ढोका खुला राख्दै अध्यक्षमा युवराज शर्मालाई उम्मेदवार बनाउने निणर्य गरेको छ ।

प्रकाशित मिति : २०८०, २८ फाल्गुन सोमबार  ९ : ३८ बजे

स्थानीय र प्रदेश निर्वाचन लक्षित गर्दै एमालेको देशव्यापी ‘मिसन जागरण’ सुरु

काठमाडौँ । नेकपा एमालेले आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनलाई

दलित उत्पीडित आन्दोलन सशक्त बनाउन कोशी प्रदेश तदर्थ समिति गठन

काठमाडौं । नेपाल दलित उत्पीडित केन्द्र कोशी प्रदेश समन्वय सम्पर्क

रोपाइँको मुखमा किसानलाई मल–बीउ उपलब्ध गराउन एमालेको माग

काठमाडौं । नेकपा एमाले बागमती प्रदेश कमिटीले धान रोपाइँ तथा

सीमादेखि संसदसम्म सरकार विवादमा, प्रधानमन्त्रीको अभिव्यक्ति सच्याउन एमालेको चेतावनी

काठमाडौं । नेकपा एमालेले राष्ट्रिय स्वाधीनता, श्रमिक अधिकार र लोकतान्त्रिक

बजेट छेडखानी प्रकरणमा एमालेको चुनौती : ‘दूधको दूध, पानीको पानी गर्न तयार छौँ’

काठमाडौं । नेकपा एमालेका सांसद गुरु बराल ले अर्थमन्त्री स्वर्णिम