२०८२, २० मंसिर शनिबार

राष्ट्रियसभा अध्यक्ष : निर्वाचन कार्यतालिका सार्वजनिक

राष्ट्रियसभा अध्यक्ष : निर्वाचन कार्यतालिका सार्वजनिक


काठमाडौं । संघीय संसद सचिवालयले राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ ।
सचिवालयले आज कार्यतालिका सार्वजनिक गर्दै सोमबार प्रस्तावको सूचना दिने कार्यक्रम तय गरेको छ
पर्सि मंगलबार राष्ट्रिय सभाको अध्यक्ष र उपाध्यक्ष पदका लागि निर्वाचन हुनेछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा बिहान ११ देखि दिउँसो १ बजेसम्म प्रस्तावको सूचना दिने कार्यक्रम तय गरिएको संघीय संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए ।
सोही दिन साढे १ बजे दर्ता भएका प्रस्तावको सूचना प्रकाशित गर्ने र २९ गते दर्ता भएका प्रस्तावमा एक भन्दा बढी उम्मेदवार भएमा निर्णयार्थ प्रस्तुत गरिनेछ । त्यसका लागि राष्ट्रियसभाको बैठक बिहान ११ बजेर ९ मिनेटमा तय भएको छ ।
५९ सदस्यीय राष्ट्रिय सभामा माओवादी केन्द्र सबैभन्दा ठूलो पार्टी छ । उसका उपाध्यक्षसहित १८ सांसद छन् । यस्तै, कांग्रेस १६ सिटसहित दोस्रो ठूलो दल हो ।

एमालेबाट १० जना सांसद छन् राष्ट्रियसभामा छन् । एकीकृत समाजवादी ८, जसपा ३, लोसपाको पनि एक जना सांसद राष्ट्रिय सभामा छन् ।

प्रकाशित मिति : २०८०, २७ फाल्गुन आईतबार  ८ : ५७ बजे

“योजना एउटाको, श्रेय अर्काको” उज्यालो नेपाल पार्टी माथि पोखरेलको प्रहार

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले ‘उज्यालो नेपाल’ नामक

मार्गशीर्ष शुक्ल पूर्णिमाः आज किराँत समुदाय उँधौली पर्व मनाउँदै

काठमाडौँ । मार्गशीर्ष शुक्ल पूर्णिमाको अवसरमा आज किराँत समुदायले उँधौली

एनपिएल: आज दुई खेल हुने, प्लेअफका लागि निर्णायक दिन

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको

सिन्धुलीबाट सौराहा घुम्न आएकी किशोरीको होटलको छतबाट खसेर मृत्यु

चितवन । सिन्धुलीबाट सौराहामा घुम्न आएकी १८ वर्षीया किशोरीको होटलको

काठमाडौंको धोबीखोलामा एक व्यक्ति मृत फेला

काठमाडौं । काठमाडौंको धोबी खोलामा एक व्यक्तिको शव फेला परेको