२०८३, ६ बैशाख सोमबार

राप्रपा कार्यालयमा भएको कुटपिट घटनाको छानबिन प्रहरीले गर्ने

राप्रपा कार्यालयमा भएको कुटपिट घटनाको छानबिन प्रहरीले गर्ने


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले नेता ठाकुरमोहन श्रेष्ठमाथि अप्रत्यासित आक्रमण भएको भन्दै प्रहरीलाई अनुसन्धान गर्न आग्रह गरेको बताएका छन् ।

आइतबार बिहान पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी रहँदा पार्टी कार्यालय धुम्वाराहीमा श्रेष्ठमाथि आक्रमणको घटना भएको थियो । घटनापछि अध्यक्ष लिङ्देनले पार्टीका पदाधिकारीलाई अप्रत्यासित रुपमा आक्रमण भएका भएको भन्दै बैठकले त्यसप्रति खेद प्रकट उल्लेख गरे ।

‘झडपको कुरा आयो, त्यो अप्रत्यासित रुपमा भयो । किन भयो भन्ने खोजी भइरहेको छ । राजनीतिक पदाधिकारीको प्रसंगभन्दा अलग भएकाले प्रहरीलाई हामीले अनुसन्धान गर्न आग्रह गरिसकेका छौं । बैठकले त्यसप्रति खेद प्रकट गरेको छ,’ अध्यक्ष लिङ्देनले सञ्चारकर्मीसँग भने, ‘पार्टी कार्यालयभित्र पार्टीका पदाधिकारीलाई अप्रत्यासित रुपमा आक्रमण भएको छ । सीसीटीभी, सञ्चारमाध्यममा आएको भिडियो समेतलाई लिएर अनुसन्धान गरेर कारबाही गर्न प्रहरीलाई आग्रह गर्ने भन्ने समेत बैठकमा निर्णय भइसकेको छ ।’

यसअघि पार्टीको बैठकमा श्रेष्ठले पूर्वमन्त्री समेत रहेका विक्रम पाण्डेलाई भ्रष्टचारीको संज्ञा दिँदै कडारुपमा आलोचना गरेका थिए । श्रेष्ठले आफूलाई भ्रष्टाचारी भनेपछि पाण्डे बैठकबाट बाहिरिएका थिए । पाण्डे बाहिरिएपछि केही समयका लागि बैठक स्थगित भएको थियो । स्थगित बैठकबाट बाहिर निस्कन लाग्दा श्रेष्ठमाथि आक्रमण भएको हो ।

घटनामा ठाकुरमोहनको जिउमा चोटपटक लागेको छ । ठाकुरमोहन पूर्व एआइजी हुन् । उनी आफ्नो नेतृत्वको पार्टी राप्रपामा विलय गराएपछि केन्द्रीय कार्यसम्पादन समिति सदस्य बनेका थिए ।

प्रकाशित मिति : २०८०, २७ फाल्गुन आईतबार  ८ : ४९ बजे

विश्वविद्यालयबाट विद्यार्थी संगठन खारेजी सरकारको चरम अलोकतान्त्रिक कदम : प्रदिप ज्ञवाली

काठमाडौं । प्रदीप ज्ञवाली ले विश्वविद्यालयबाट विद्यार्थी संगठन खारेज गर्ने

प्रत्यक्ष सांसद नभएका क्षेत्रमा समानुपातिक सांसदलाई जिम्मेवारी ताेक्ने रास्वपाको निर्णय

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले प्रत्यक्ष निर्वाचित सांसद नरहेका

गुण्डागर्दीको आरोपमा निराजन पौडेल पक्राउ

काठमाडौँ । गुण्डागर्दीमा संलग्न रहेको आरोपमा प्रहरीले “निरे” भनेर चिनिने

बागमतीमा मुख्यमन्त्री र प्रमुख सचिवबीच विवाद चुलियो, मन्त्रिपरिषद् बैठक प्रभावित

हेटौंडा । बागमती प्रदेश सरकारमा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ र प्रमुख

इरानको चेतावनी : स्ट्रेट अफ होर्मुज पार गर्न खोजे जहाजमाथि आक्रमण हुने

काठमाडौं । विश्वकै महत्वपूर्ण तेल ढुवानी मार्ग मानिने स्ट्रेट अफ