२०८३, २० आश्विन बुधबार

माधवलाई मनाउन कोटेश्वर पुगे प्रचण्ड–ओली, साथमा पौडेल र पोखरेल

माधवलाई मनाउन कोटेश्वर पुगे प्रचण्ड–ओली, साथमा पौडेल र पोखरेल

माधव नेपाललाई नयाँ सहयात्रामा जोडिन आग्रह


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कोटेश्वर पुगेका छन् । उनीहरू बालुवाटारमा जारी गठबन्धन बैठकको बीचमै माधव नेपाललाई भेट्न कोटेश्वर पुगेका हुन् । साथमा एमाले उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेल पनि छन् । नयाँ गठबन्धन बनाउन पौडेलले भूमिका खेलेको बताइन्छ ।

सोमबार साँझ मात्र प्रधानमन्त्री प्रचण्ड नारायणकाजी श्रेष्ठलाई लिएर नेपाललाई भेट्न पुगेका थिए । नयाँ बनेको सत्ता गठबन्धनले अरू दलहरूलाई पनि सरकारमा सहभागी गराउने निर्णय गरेको छ । सोमबार कांग्रेससँगको तत्कालीन गठबन्धन भङ्ग भएर एमालेसहितको नयाँ गठबन्धन बने लगत्तै नेपालले आफ्ना दुई मन्त्री र राज्यमन्त्रीलाई फिर्ता बोलाएका थिए । प्रचण्डले कांग्रेससहितको गठबन्धन छाडेर आफूलाई धोका दिएको भन्दै अध्यक्ष नेपाल बिच्किएका छन् । सोमबार मात्रै बसेको माओवादी सचिवालय बैठकले गठबन्धन तोडिएर रुष्ट बनेका अध्यक्ष नेपाललाई फकाएर नयाँ समीकरणमा सहभागी गराउने निर्णय गरेको थियो ।

सोमबार नै प्रधानमन्त्री दाहाल कोटेश्वर पुगेका थिए । उनले त्यहाँ पुगेर नेपाललाई नयाँ सहयात्रामा जोडिन आग्रह गरेका थिए । सोमबार नै एमाले अध्यक्ष ओलीले पनि नेपाललाई फोन गरेर स्वास्थ्य अवस्थाबारे चासो राखेका थिए । अध्यक्ष नेपाल केही दिनदेखि बिरामी भएर कोटेश्वरमै आराम गरिरहेका छन् । एकीकृत समाजवादी स्थायी कमिटी सदस्य सोमप्रसाद पाण्डेले अहिले कोटेश्वरमा तीन नेताहरुबीच वार्ता जारी छ । ओली र प्रचण्ड दुवै जनाले अहिले पुस १० को तत्कालीन गठबन्धनका सदस्य घटकहरू नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र जनमतलाई पनि मिसाउने पहल गरिरहेका छन् ।

प्रकाशित मिति : २०८०, २२ फाल्गुन मंगलबार  ७ : २६ बजे

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको

कांग्रेस महाधिवेशन : उम्मेदवारहरूको नामावली सार्वजनिक

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि

आजको मौसम : विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना, चट्याङ र हावाहुरीबाट सतर्क रहन आग्रह

काठमाडौं । देशमा पश्चिमी न्यून चापीय प्रणालीसँगै मनसुनी वायुको प्रभाव

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ६३५ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ६३५ वटा सवारीसाधनका

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय