२०८३, ११ कार्तिक बुधबार

नेपाली सेनाको २१५ जनाको डफ्फा लेबनन प्रस्थान

नेपाली सेनाको २१५ जनाको डफ्फा लेबनन प्रस्थान


काठमाडौं । संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापना कार्यका लागि नेपाली सेनाको एउटा डफ्फा सोमबार त्यसतर्फ प्रस्थान गरेको छ ।

युनाइटेड नेसन्स इन्टेरिम फोर्स इन लेबननमा तैनाथ रहनका लागि इन्द्रध्वज गण (शान्ति सेना) ६५ औँ डफ्फाका २ सय १५ जना सैनिकत्यसतर्फ गएका हुन् । सेनानी लक्ष्मण खड्काको नेतृत्वमा यूएन चार्ट्ड फ्लाइटमार्फत डफ्फा काठमाडौंबाट मिसन इलाकातर्फ प्रस्थान गरेको नेपाली सेनाले जनाएको छ ।

उक्त मिसनमा रहेको श्री पुरानो गोरख गणका २ सय १४ जना नेपाली सैनिकको डफ्फाले कार्यकाल पुरा गरेको छ । कार्यावधि पुरा गरेको अन्तिम टोली गणपति प्रमुख सेनानी अनिलकुमार बुढाथोकीको नेतृत्वमा सोमबार नै स्वदेश फर्किएका छ ।
हाल उक्त मिसनमा नेपाली सेनाका ८ सय ७३ जना शान्ति सैनिक कार्यरत छन् ।

प्रकाशित मिति : २०८०, २१ फाल्गुन सोमबार  ६ : ५६ बजे

ओलीको आक्रामक अभिव्यक्ति : ‘स्वाधीनता खण्डित भयो’, एमालेले आन्दोलन गर्ने

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशको स्वतन्त्रता

मलेसिया रोजगारी ठप्प, सरकार वार्तामा अल्झियो; २५ म्यानपावरमाथि अनुसन्धान

काठमाडौं । मलेसियाको रोजगारी संकट गहिरिँदा हजारौँ नेपाली श्रमिक अन्योलमा

गगन नेतृत्वलाई चुनौती दिँदै देउवा समूहको समानान्तर महाधिवेशन, असन्तुष्ट तान्ने दाउ

काठमाडौं । नेपाली कांग्रेसमा नेतृत्व परिवर्तन भए पनि शक्ति संघर्ष

५५ वर्षमै अवकाश, ३० वर्षे सेवा सीमा लागू गर्ने तयारीले निजामती प्रशासनमा हलचल

काठमाडौं । संसदमा निजामती सेवा विधेयक विचाराधीन रहेकै बेला सरकारले

एन्फा अध्यक्ष र महासचिवको बयान सकियो, अब अदालतमा बहस

काठमाडौं । खेल मिलेमतो तथा ठगीसम्बन्धी मुद्दामा अखिल नेपाल फुटबल