२०८२, २२ चैत्र सोमबार

प्रदेशस्तरीय नेशनल टी–२० क्रिकेट भोलिदेखि

प्रदेशस्तरीय नेशनल टी–२० क्रिकेट भोलिदेखि


विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरमा मंगलबारदेखि प्रदेशस्तरीय राष्ट्रिय क्रिकेट प्रतियोगिता सञ्चालन हुने भएको छ ।

क्रिकेट संघ मोरङको आयोजनामा कोशी प्रदेश ट्रफी नेशनल टी–२० च्याम्पियनसिप हुने भएको हो । उद्घाटन खेलमा कर्णाली प्रदेश र कोशी प्रदेशबीच प्रतिस्पर्धा हुने भएको छ । चैत ३ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ । प्रतियोगितामा राष्ट्रिय खेलाडी सम्मिलित विभागीय र प्रदेशस्तरीय गरेर १० वटा टिमको सहभागिता रहने जनाइएको छ ।

क्रिकेट संघ मोरङका अध्यक्ष मोहम्मद साद कुरैसीका अनुसार विराटनगरको बैजनाथपुरस्थित गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशालामा हुने प्रतियोगितामा ३ विभागीय र ७ वटा प्रदेशस्तरीय टिमको सहभागिता रहनेछ । उनका अनुसार दैनिक २ वटा खेलहरु हुने छन् । पहिलो खेल बिहान १० र दोस्रो दिउँसो २ बजेबाट हुने जनाइएको छ ।

विजेता टिमले ट्रफीसहित ५ लाख नगद पुरस्कार पाउने जानकारी उनले दिए ।

प्रकाशित मिति : २०८०, २१ फाल्गुन सोमबार  ६ : ३९ बजे

गुण्डागर्दी आरोपमा ‘रेम्बो’ भनिने कोर्तु गुरुङ पक्राउ

काठमाडौं । काठमाडौंमा गुण्डागर्दी तथा सार्वजनिक सुरक्षा उल्लंघन आरोपमा कोर्तु

कांग्रेस संसदीय दलको बैठक बस्दै, दलको नेता चयनबारे छलफल हुने

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बिहान ११

आजदेखि सरकारी कार्यालय ९ बजेदेखि खुल्ने

काठमाडौं । आजदेखि सरकारी कार्यालयहरू बिहान ९ बजेदेखि बेलुकी ५

अमेरिकी डलरको मूल्य स्थिर, अन्य मुद्राका विनिमयदर सार्वजनिक

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर

आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै

काठमाडौँ ।आज सङ्घीय संसद्का दुवै सदनको बैठक बस्ने छ। प्रतिनिधिसभाको