२०८३, १ आश्विन शुक्रबार

वाणिज्य बैंकहरुको ब्याजदर फेरि घट्यो

वाणिज्य बैंकहरुको ब्याजदर फेरि घट्यो


काठमाण्डौ । वाणिज्य बैंकहरूले फागुन महिनाको ब्याजदर पनि घटाएका छन् । लगानीयोग्य रकम बढ्दै गएपछि बैंकहरुले साउनदेखि नै ब्याजदर घटाउँदै आएका छन् ।

सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकहरुमध्ये १६ वटा बैंकले ब्याजदर घटाएका छन् । फागुन महिनाका लागि सबैभन्दा धेरै सिटिजन्स बैंकले ब्याजदर घटाएको छ । माघ महिनामा व्यक्तिगत मुद्दतिमा ९ दशमलव १५ प्रतिशत ब्याज दिएको यस बैंकले फागुन महिनामा अधिकतममा ८ दशमलव २५ प्रतिशत ब्याज दिने भएको छ ।

फागुनको लागि कृषि विकास बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ६ दशमलव ४४ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंक र स्ट्याण्डर्ड चार्टर्ड बैंकले ७ दशमलव ३५ प्रतिशत ब्याजदर तोकेका छन् ।

यस्तै, फागुनको लागि प्राइम कमर्सियल बैंकको ७ दशमलव ४ प्रतिशत, नेपाल बैंकको ७ दशमलव २५ प्रतिशत, सानिमा बैंकको ७ दशमलव ५१ प्रतिशत र प्रभु बैंकको ७ प्रतिशत ब्याजदर तोकिएको छ ।

नेपाल इन्भेस्टमेन्ट बैंकको अधिकतम ८ प्रतिशत, एनएमबी बैंकको ८ दशमलव ५ प्रतिशत, ग्लोबल आईएमई बैंकको ७ दशमलव ६ प्रतिशत, नबिल बैंकको ७ दशमलव ७६ प्रतिशत, नेपाल एसबीआई बैंकको ८ दशमलव १ प्रतिशत, कुमारी बैंकको ८ दशमलव ०१ प्रतिशत तथा एनआईसी एसिया बैंक र सिद्धार्थ बैंकको ८ प्रतिशत ब्याजदर छ ।

फागुनको लागि लक्ष्मी सनराइज, माछापुच्छ्रे, हिमालयन र एभरेष्ट बैंकले माघकै अधिकतम ब्याजदरलाई निरन्तरता दिएका छन् । अहिले बैंकमा निक्षेप अनुसार कर्जा बढ्न नसकेपछि लगानीयोग्य पुँजी बढ्दै गएको छ ।

फागुनमा कुन बैंकको ब्याजदर कति ?

कृषि विकास बैंक : ६ दशमलव ४४ प्रतिशत

राष्ट्रिय वाणिज्य बैंक : ७ दशमलव ३५ प्रतिशत

स्ट्याण्डर्ड चार्टर्ड बैंक : ७ दशमलव ३५ प्रतिशत

प्राइम कमर्सियल बैंक : ७ दशमलव ४ प्रतिशत

नेपाल बैंक : ७ दशमलव २५ प्रतिशत

सानिमा बैंक : ७ दशमलव ५१ प्रतिशत

प्रभु बैंक : ७ प्रतिशत

नेपाल इन्भेस्टमेन्ट बैंक : ८ प्रतिशत

एनएमबी बैंक : ८ दशमलव ५ प्रतिशत

ग्लोबल आईएमई बैंक : ७ दशमलव ६ प्रतिशत

नबिल बैंक : ७ दशमलव ७६ प्रतिशत

नेपाल एसबीआई बैंक : ८ दशमलव १ प्रतिशत

कुमारी बैंक : ८ दशमलव ०१ प्रतिशत

एनआइसी एशिया बैंक : ८ प्रतिशत

हिमालयन बैंक : ८ दशमलव १५ प्रतिशत

लक्ष्मी सनराइज बैंक : ८ प्रतिशत

माछापुच्छ्रे बैंक : ८ प्रतिशत

एभरेष्ट बैंक : ८ प्रतिशत

सिद्धार्थ बैंक : ८ प्रतिशत

सिटिजन्स बैंक : ८ दशमलव २५ प्रतिशत

प्रकाशित मिति : २०८०, २९ माघ सोमबार  ११ : १९ बजे

सुनको भाउमा फेरि ठूलो उछाल, तोलामा ३ हजार ६ सय रुपैयाँ बढ्यो

काठमाडौ । नेपाली बजारमा सुनको मूल्यले फेरि ठूलो उछाल लिएको छ।

इरानी राष्ट्रपति पेजेस्कियानलाई अमेरिकाको भिसा, महासभामा सहभागी हुन न्यूयोर्क जाँदै

काठमाडौं। अमेरिका र इरानबीच तनाव चर्किरहेका बेला अमेरिकी सरकारले इरानी राष्ट्रपति मसुद

डेढ अर्बको हुण्डी कारोबार आरोपमा विराटनगरका दुई जना पक्राउ

विराटनगर । एक अर्ब ५७ करोड रुपैयाँभन्दा बढीको हुण्डी कारोबार गरेको

प्रधानमन्त्री बालेन हुन कि रवि लामिछाने हुन भन्नेमा कन्फूजन छ : गणेशबहादुर विश्वकर्मा

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका प्रतिनिधिसभा सदस्य गणेशबहादुर विश्वकर्माले वर्तमान

क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो : अजय विक्रम थापा

पछिल्लो समय नेपालमा क्यासिनोको संख्या बढ्दै छ, तर ठूला लगानी