२०८२, १० भाद्र बुधबार

स्वस्थानी व्रतकथा आजदेखि शुरु

स्वस्थानी व्रतकथा आजदेखि शुरु


काठमाण्डौ । आज पुस शुक्ल पूर्णिमा । आजदेखि माघ शुक्ल पूर्णिमासम्मको एक महिने अवधिमा देशका विभिन्न शक्तिपीठको पूजा आराधना गरिन्छ ।

शक्तिपीठहरुमा सतीदेवीको अङ्ग पतन भएपछि देवीदेवताको बास रहेको विश्वासका आधारमा पूजा आराधना गर्ने गरिन्छ । आजदेखि वैदिक सनातन धर्मावलम्बीले घरघरमा विधिपूर्वक माघ स्नान, स्वस्थानी व्रत एवं कथा वाचन शुरु गर्दैछन् ।

पुस शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी व्रत र माघ स्नान गरिन्छ । पौष शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर व्रतको शुरुवात हुन्छ । बिहान माघ स्नान गरी मध्याह्नकालमा महादेवको पूजा गरिन्छ ।

बेलुकी स्कन्द पुराणको केदार खण्ड अन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबीच संवाद भएको स्वस्थानी व्रत कथा सुन्ने, सुनाउने परम्परा छ । कुल परम्पराअनुसार कथावाचन भने कसैले बिहान त कसैले बेलुकी गर्छन् । आजैदेखि एक महिनासम्म काठमाण्डौ उपत्यकाको उत्तर पूर्वी भेगमा रहेको साँखुको शालिनदीमा माघस्नानसहित माधवनारायणको मेला शुरु हुँदैछ ।

शालिनदीमा स्नान एवं माधवनारायण र श्रीस्वस्थानीको दर्शनका लागि देशका विभिन्न भागबाट भक्तजन आउने गरेका छन् ।

प्रकाशित मिति : २०८०, ११ माघ बिहीबार  १० : ४९ बजे

मुख्यमन्त्री कार्की र इजरायली राजदूतबीच भेटघाट

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र नेपालका लागि

कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा पानी पर्ने सम्भावना

काठमाडौं । आज कोशी, मधेश, गण्डकी र बागमती प्रदेशलगायत देशको

नेपालले आज बंगलादेशसँग खेल्दै

काठमाडौँ । साफ १७ वर्षमुनिको महिला च्याम्पियनसिपमा नेपालले आफ्नो चौंथो

दुई मोटरसाइकल ठोकिँदा स्ववियु सभापतिसहित दुई युवकको मृत्यु

दोलखा । दोलखाको भीमेश्वरमा गए राति दुई मोटरसाइकल ठोक्किएर भएको दुर्घटनामा

हेलिकप्टरमा तराई–मधेश घुम्दैमा उखु किसानको समस्या समाधान हुँदैन् : यादव

काठमाडौं । उखु किसानलाई सरकारले दिंदै आएको अनुदान बापतको रकममा