२०८२, १७ श्रावण शनिबार

पाथीभाराको दर्शन गर्दै, २०८० माघ ८ गते सोमबारको तपाईको राशिफल हेर्नुहोस्

पाथीभाराको दर्शन गर्दै, २०८० माघ ८ गते सोमबारको तपाईको राशिफल हेर्नुहोस्


मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज धर्म, कर्म तथा समाजसेवामा मन लाग्नेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ, तर स्वास्थ्यप्रति सजगता अपनाउनु पर्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आज सामान हराउने वा चोरी हुने सम्भावना छ । साझेदारी काममा उल्झन आउन सक्छ । स्वास्थ्यसम्बन्धी चिन्ता बढ्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
महत्वपूर्ण कामको योजना बन्नेछ । सामाजिक क्षेत्रबाट सफलता पाइएला । आफ्नो परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
लगनशीलताको कमीले गर्दा ठूलो उपलब्धि हातपार्न नसकिएला । सहकर्मीबाट विरोध पनि आउन सक्छ । खर्च समेत बढ्ने योग छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । धार्मिक र सांस्कृतिक क्षेत्रमा रुचि बढ्ने छ । पुराना योजना बिस्तारै अघि बढ्ने छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
साथीभाइबाट आश्वासन प्राप्त भए पनि सहयोग नमिल्ला । पारिवारिक जीवनमा सामान्य विवाद बन्न सक्छ, तर वैदेशिक कार्य अघि बढ्ने छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आज धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ । प्रेम सम्बन्ध अझै कसिलो हुनेछ । विद्या र नयाँ ज्ञान सिक्ने मौका मिल्ने छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
रोकिएका काम पुनः सुरु हुन सक्छन् । महिला वा मित्रबाट विशेष सहयोग मिल्ने छ । राजनैतिक क्षेत्रमा सफलता पाइएला ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज नयाँ अवसरहरू आउनाले मन प्रसन्न रहनेछ । स्वादिष्ट भोजनको यो छ । साथीभाइहरूले पनि राम्रै सहयोग जुटाउने छन् ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज पुरानो समस्या सुल्झाउन सकिनेछ । देश र सामाजिक हितमा मन जानेछ । अध्ययन र अध्यापनको कार्य अघि बढ्ने छ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
आज ठीक समयमा सही निर्णय लिन सकिनेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्ने छ । व्यापार व्यवसायमा भने त्यति राम्रो नहोला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आज अरुलाई प्रभावित पारेर काम बन्नेछ । न्यायिक कार्यमा सफलता मिल्ने छ, तर व्यापार व्यवसायबाट धनलाभ भने हुने छैन । राशिफल जे जस्तो भए पनि तपाईंको दिन मङ्गलमय रहोस् ।

प्रकाशित मिति : २०८०, ८ माघ सोमबार  ७ : ४६ बजे

कप्तान साबित्रा भण्डारी ‘साम्बा’ लाई मकवानपुरमा विशेष सम्मान

हेटौंडा । राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान साबित्रा भण्डारी ‘साम्बा’

जेन्जी पुस्तालाई कांग्रेससँग नजोडे लोकतन्त्र र पार्टी दुवै कमजोर हुन्छ : डा शेखर कोइराला

बिराटनगर । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले अहिलको युवा (जेन्जी)

रुसी राष्ट्रपति पुटिनद्वारा ओरेस्निक हाइपरसोनिक मिसाइल सेवामा प्रवेश गरेको घोषणा

काठमाडौँ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रूसले विकास गरेको नवीनतम

वाम आन्दोलनका अगुवा नेता तुल्सीलाल अमात्यको योगदान अतुलनीय : प्रधानमन्त्री ओली

काठमाडौं । नेपालको वामपन्थी आन्दोलनका नेता तुल्सीलाल अमात्यको योगदान नेपाली

एमाले रसुवाका अध्यक्ष जनार्दन ढकालद्वारा पुन : पार्टीमै फर्कने घोषणा

काठमाडौँ । नेकपा (एमाले) रसुवा जिल्ला अध्यक्ष जनार्दन ढकालले पुनः