२०८२, २२ चैत्र सोमबार

टाइगर कपमा महिलातर्फ न्यू डायमण्डलाई हराउँदै एपीएफले जित्यो उपाधि

टाइगर कपमा महिलातर्फ न्यू डायमण्डलाई हराउँदै एपीएफले जित्यो उपाधि


काठमाडौं । पोखरामा जारी चौथो टाइगर कप भलिबल प्रतियोगिता महिलातर्फको उपाधि विभागीय टोली एपीएफले जितेको छ । यो सँगै एपीएफले टाइगर कपको उपाधि लगातार तेस्रो पटक जित्दै ह्याट्रिक गरेको हो ।

आज भएको फाइनलमा चन्द्रागिरि नगरपालिकाको न्यु डायमण्डलाई ३-० को सोझो सेटमा हराउँदै तेस्रोपटक उपाधि चुमेको हो । उपाधिसँगै न्यु डायमन्डले पाँच लाख ५५ हजार ५५५ रुपैयाँ हात पारेको छ ।

फाइनलमा सबै सेटमा एपीएफ न्यु डायमन्डमाथि हाबी देखिएको थियो । एपीएफले पहिलो सेट २५-२०, दोस्रो सेटमा २५-१८ र तेस्रो सेट २५-२१ ले आफ्नो पोल्टामा पार्न सफल रह्यो । यसअघि एपीएफले दोस्रो र तेस्रो टाइगर कपको उपाधि जितेको थियो ।

उपविजेता बनेको चन्द्रागिरि नगरपालिकाको न्यु डायमन्डले २ लाख ५५ हजार ५५५ रुपैयाँ हात पारेको छ ।

प्रकाशित मिति : २०८०, ६ माघ शनिबार  १ : ५८ बजे

गुण्डागर्दी आरोपमा ‘रेम्बो’ भनिने कोर्तु गुरुङ पक्राउ

काठमाडौं । काठमाडौंमा गुण्डागर्दी तथा सार्वजनिक सुरक्षा उल्लंघन आरोपमा कोर्तु

कांग्रेस संसदीय दलको बैठक बस्दै, दलको नेता चयनबारे छलफल हुने

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बिहान ११

आजदेखि सरकारी कार्यालय ९ बजेदेखि खुल्ने

काठमाडौं । आजदेखि सरकारी कार्यालयहरू बिहान ९ बजेदेखि बेलुकी ५

अमेरिकी डलरको मूल्य स्थिर, अन्य मुद्राका विनिमयदर सार्वजनिक

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर

आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै

काठमाडौँ ।आज सङ्घीय संसद्का दुवै सदनको बैठक बस्ने छ। प्रतिनिधिसभाको