२०८२, २० जेष्ठ सोमबार

अचार स्वादका लागि मात्रै नभई स्वास्थ्यका लागि पनि गुणकारी

अचार स्वादका लागि मात्रै नभई स्वास्थ्यका लागि पनि गुणकारी


नेपाली खाना दाल, भात र तरकारी अचारबिना अपूरो नै हुन्छ । अचार सामान्यतया दुई प्रकारले तयार पारिन्छ, ताजा र बट्टामा लामो समय राखेर । ताजा अचार अहिले मौसमी तरकारीबाट बनाइन्छ भने बट्टामा बेमौसमी बेलामा खानका लागि बनाएर राखेको हुन्छ ।

अचार किन खाइन्छ त ?

धेरैले अचार जिब्रोको स्वादका लागि मात्रै खाइन्छ होला भनेर सोच्छन् । तर होइन अचार स्वादका लागि मात्र होइन, यो शरीरको लागि नभई नहुने खान्की हो । जसले पाचन पक्रियालाई बलियो बनाउने काम गर्छ । साथै यसले यदि कसैलाई खाना रुच्दैन भने अचारसँग खाँदा फाइदाजनक पनि हुन्छ ।

नेपालीको भान्सामा दैनिक तयार हुने अचार ?

प्राय: नेपालीको भान्सामा अनिवार्य रुपमा अचार बनाइएकै हुन्छ । यो नभए पनि केही केही फरक पर्दैन तर सकेसम्म बनाएको हुन्छ । जसमा अधिकांशले घरमा दैनिक रुपमा बनाउने अचारमा जस्तै गोलभेंडा, पुदिना, धनियाँ, मुला, भान्टा, दहीको राइता गुन्दुक र आँपको अचार बनाइन्छ । त्यस्तै कहिलेकाहीं हुने भोजभतेरमा आलु, काँक्रो, मुला, गाँजर र केराउ मिसाएर अचार बनाइन्छ ।

कसरी बनाउने अचार ?

सामान्यतया अचार विभिन्न तरिकाले बनाउन गरिन्छ । भान्साअनुसार अचार बनाउने तरिका फरक(फरक हुन्छ । जस्तै, गोलभेंडाको अचार सिलौटा वा मिक्सचरमा काँचै पिसेर मरमसला हालेर बनाउन सकिन्छ भने गोलभेंडालाई उसिनेर वा तेलमा तारेर मरमसला हालेर पनि बनाउन सकिन्छ । साथै यसमा आफ्नो घरमा भएको अन्य खाद्यवस्तु वा मरमसला थप हाल्न सकिन्छ । त्यस्तै पुदिना र धनियाँको अचार छुट्टाछुट्टै धोएर काँचै मिक्चर वा सिलौटामा पिनेर बनाउने गरिन्छ भने यसलाई अरु अचारसँग मिसाएर पनि बनाइन्छ । त्यसैले अचार यस्तै बनाउनुपर्छ भन्ने तरिका छैन ।

अचारमा के–के पाइन्छ ?

तरकारीमा कुनै पोषक तत्वको कमी छ तर अचार बनाइएको छ भने त्यसबाट परिपूर्ति हुन्छ । अचार बनाइने सामग्री र तरकारीमा फाइबर, आइरन, क्याल्सियम, पोटासियम र अन्य पोषक तत्व अधिक मात्रामा पाइने भएकाले यसबाट पेटलाई सफा र सुरक्षित राख्न मद्दत गर्छ । प्रायजसो अचार सलाद, वनस्पतिका पातबाट बनाउने भएकाले स्वास्थ्यका लागि यो लाभदायक हुन्छ ।

अचार स्वादका लागि मात्र नभई स्वास्थ्यका लागि पनि अचारले पाचन पक्रिया बलियो बनाएर मेटाबोलिजम र रोगप्रतिरोधात्मक क्षमता वृद्धि गर्छ । साथै खाना नरुच्ने समस्याबाट पनि छुटकारा दिन्छ । अचारमा पाइने तत्वले एन्टिअक्सिडेन्ट बढाउने हुँदा बुढ्यौलीको समस्या चाँडो आउन दिंदैन । रगतमा हेमोग्लोबिनको मात्रा नियन्त्रण गर्न, पेटलाई सफा राख्न र कब्जियतको समस्यामा पनि अचारले राहत दिन्छ ।

प्रकाशित मिति : २०८०, ६ माघ शनिबार  १ : ३५ बजे

राइड सेयरिङमा बढी भाडा लिए जानकारी दिन नेपाल प्रहरीको अनुरोध

काठमाडौं । यातायात व्यवसायीले यातायात बन्दको घोषणा गरेपछि राइड सेयरिङ

राष्ट्रपति पौडेलद्वारा रातो मच्छिन्द्रनाथको भोटो जात्रा अवलोकन

ललितपुर । राष्ट्रपति रामचन्द्र पौडेलले वर्षा र सहकालका देवता रातो

गणतान्त्रिक शक्तिहरूबीचको सहकार्य मजबुत बनाउनु आजको आवश्यकता :अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गणतान्त्रिक

गणतन्त्रको सबैभन्दा ठूलो शत्रु ढिलासुस्ती, अनियमितता र बेथिति हुन् : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्दै पौडेलले गणतन्त्रको सबैभन्दा ठूलो शत्रु ढिलासुस्ती,

पर्यटकलाई कुनै किसिमको झन्झट नदिन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल आउने पर्यटकलाई कुनैपनि