२०८२, २४ कार्तिक आईतबार

समृद्धिका लागि सबै विश्वविद्यालयलाई आविष्कार र अनुसन्धान केन्द्र बनाउनुपर्छ : अध्यक्ष ओली

समृद्धिका लागि सबै विश्वविद्यालयलाई आविष्कार र अनुसन्धान केन्द्र बनाउनुपर्छ : अध्यक्ष ओली


काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको समृद्धिका लागि विश्वविद्यालयलाई आविष्कार र अनुसन्धान केन्द्र बनाउनु पर्ने बताउनु भएको छ।

शुक्रबार सुर्खेतको वीरेन्द्रनगरमा मध्यपश्चिम विश्वविद्यालयको स्कुल अफ म्यानेजमेन्टको नवनिर्मित भवनको उद्घाटन गर्नुहुँदै अध्यक्ष ओलीले विश्वविद्यालयलाई वैज्ञानिक आविष्कार र अनुसन्धान केन्द्रका रूपमा विकास गर्न आग्रह गर्नु भएको हो।

अध्यक्ष ओलीले शैक्षिक बेरोजगारी राष्ट्रको मूल समस्या बन्दै गइरहेको बताउँदै देशभित्रै उद्यमशील वातावरण निर्माण गरी रोजगारी सिर्जना, स्वरोजगारी र समृद्धि हासिल गर्ने शिक्षाका पाठक्रम निर्माण गर्नेतर्फ प्राध्यापकहरूले ध्यान दिन सुझाव दिनुभयो ।

नेपाल सुहाउँदो विकास र परिवर्तनको मोडेलका लागि विश्वविद्यालय तहमा अध्ययन, अनुसन्धान जरुरी रहेको उहाँको भनाई थियो ।

प्रकाशित मिति : २०८०, ५ माघ शुक्रबार  ४ : ५४ बजे

एक महिना नपुग्दै ढल्यो मधेस सरकार, मुख्यमन्त्रीको राजीनामा स्वीकृत

जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनार (सोनल) को

सिरानचोकमा माइक्रोबस दुर्घटना, १७ जना घाइते

सिरानचोक । सिरानचोक गाउँपालिका-४, चोरकाटेस्थित घुम्तीमोडमा भएको एक माइक्रोबस दुर्घटनामा

कांग्रेसले आकस्मिक केन्द्रीय कार्यसमितिको बैठक बोलायो

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक शनिबार दिउँसो

कांग्रेस नेता मोहम्मद अफताब आलमको निधन

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वसांसद मोहम्मद अफताब आलमको

काठमाडौं उपत्यकाका केही क्षेत्रमा आज बिहान विद्युत आपूर्ति बन्द

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले स्युटाचार टेकु १३२ केभी लाइनको