२०८३, ९ श्रावण आईतबार

आदिवासी जनजाति मातृभाषी चलचित्र प्रवद्र्धन समिति संयोजकमा ज्योतिराज नियुक्त

आदिवासी जनजाति मातृभाषी चलचित्र प्रवद्र्धन समिति संयोजकमा ज्योतिराज नियुक्त


काठमाडौं । चलचित्र विकास बोर्ड अन्तर्गतको आदिवासी जनजाति मातृभाषी चलचित्र प्रवद्र्धन समितिको संयोजकमा निर्माता ज्योतिराज राई नियुक्त भएका छन् । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले राईलाई उक्त समितिको संयोजकमा नियुक्त गरेका हुन् ।

राईले यसअघि पनि समितिमा एक कार्यकाल संयोजक र एक कार्यकाल सदस्य भएर काम गरेका थिए । हाल उनी आदिवासी जनजाति चलचित्र महासंघ प्रदेश १ को अध्यक्ष र नेपाल चलचित्र निर्माता संघको कोषाध्याक्ष छन् ।

आदिवासी  जनजाति चलचित्र महासंघको सिफारिसमा राई संयोजक नियुक्त भएका हुन् । सात प्रदेशका विभिन्न १६ जातिबाट सिफारिस भएर आएका विभिन्न व्यक्तिमध्येबाट आदिवासी जनजाति महासंघले चलचित्र विकास बोर्डलाई एक व्यक्ति संयोजक र अरु सदस्यहरुका लागि सिफारिस गर्ने मान्यता बोर्डले संयोजक नियुक्त गर्ने प्रावधान छ ।

बोर्डले राईको संयोजकमा छ सदस्यीय समिति गठन गरेको हो  । जसको सदस्यमा अमर लामा, रविन गुरुङ, विकास मगर, लक्ष्मी योङहाङ, सगिना सुनुवार, अमृतामाया माझी छन् । समितिका सदस्य सचिवमा हरिसिंह रैखोला रहेका छन् ।

नवनियुक्त संयोजक राईले समितिले देशभर छरिएर रहेका आदिवासी चलचित्रकर्मीको व्यक्तित्व विकास, आदिवासी चलचित्रको प्रवद्र्धन र बजार विस्तार गर्दै सक्षम बनाउने काम गर्ने बताए ।

आफ्नो कार्यकालमा विभिन्न भाषामा निर्माण हुने फिल्मको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजार विस्तार गर्ने, नीतिगत रुपमा समेत सक्षम बनाउने मुख्य लक्ष्य लिएको संयोजक राईले बताए ।

‘सङ्गम, ‘त्रिवेणी’, ‘पापी मान्छे’, ‘वान वे’ र ‘प्रोड्युसर’का निर्मातासमेत रहेका राईले पछिल्लो समय निर्माण गरेको फिल्म ‘लुङ्गा’ हो ।

प्रकाशित मिति : २०८०, ५ माघ शुक्रबार  ४ : १६ बजे

लुम्बिनी सरकारबाट कांग्रेस बाहिरिँदै, पाँच मन्त्रीले आजै राजीनामा दिने

रुपन्देही । नेकपा एमाले र नेकपाबीच सत्ता सहकार्यका लागि सहमति

इरान युद्धमा ट्रम्प प्रशासनभित्रै ‘रणनीतिक विद्रोह’, भान्स र सेना प्रमुखले रोके लामो युद्धको बाटो

काठमाडौं । इरानमाथि करिब दुई सातादेखि जारी अमेरिकी सैन्य कारबाहीमा

पत्रकारमाथि चरित्रहत्या गर्ने कर्मचारीलाई प्रेस चौतारीको कडा चेतावनी

काठमाडौं । समाचार प्रकाशन गरेको विषयलाई लिएर जयपृथ्वी नगरपालिकाका आन्तरिक