२०८३, २६ भाद्र शनिबार

रामेछापको मच्छेडाँडीमा ट्याक्सी र मोटरसाईकल ठोक्किदा ३ जना घाईते

रामेछापको मच्छेडाँडीमा ट्याक्सी र मोटरसाईकल ठोक्किदा ३ जना घाईते


काठमाडौं । रामेछापको मच्छेडाँडीमा ट्याक्सी र मोटरसाईकल ठोक्किदा ३ जना घाईते भएका छन ।

सोमबार जिल्लाको मन्थली नगरपालिका १ मच्छेडाँडी स्थित मन्थली, भैसेश्वर, सालु सडकखण्डमा भैसेश्वर तर्फबाट रामेछापडाँडा तर्फ आउँदै गरेको ट्याक्सी र मोटरसाईकल ठोक्किएको हो । बा २ ज १८५१ नं.को ट्याक्सी र बिपरित दिशाबाट जाँदै गरेको बा.प्र.२-०१९ प ९५५७ नं.को मोटरसाईकल एक-आपसमा ठोक्किएर दुर्घटना भएको रामेछाप प्रहरीले जानकारी दिएको छ ।

उक्त दुर्घटनामा मोटरसाईकल चालक रामेछाप नगरपालिका ८ बस्ने अन्दाजी ३८ बर्षका बाबुराम कटुवाल घाईते भएका छन् । कटुवालको दाहिने घुँडामुनी फ्याक्चर भएको र मन्थली अस्पतालमा सामान्य उपचार पश्चात थप उपचरको लागि ट्रमा सेन्टर काठ्माण्डौ रेफर गरेको प्रहरीले जानकारी दिएको छ । उनको अवस्था मध्यम रहेको बताइएको छ । सोही मोटरसाईकलको पछाडी सवार रामेछाप नगरपालिका ८ कै ६५ वर्षका शंकर कटुवाल घाईते भएका छन् । उनको पनि दाहिने घुँडामुनी फ्याक्चर भएको र मन्थली अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारको लागी ट्रमा सेन्टर काठ्माण्डौ रेफर गरेको प्रहरीले जानकारी दिएको छ ।

यसैगरी मोटरसाईकलको पछाडी सवार रामेछाप नगरपालिका ८ कै अन्दाजी वर्ष ११ की आरध्या कटुवालको हात र खुट्टामा सामान्य चोट लागेको र उहाँको मन्थली अस्पतालमा सामान्य उपचार पश्चात डिस्चार्ज भएको प्रहरीले जनाएको छ । दुबै सवारी र ट्याक्सी चालक काभ्रेको चौरीदेउराली गाउँपालिका ५ का अन्दाजी ४० वषको कृष्ण प्रसाद ढुङ्गाना लाई नियन्त्रणमा लिई थप अनुसन्धान भैरहेको रामेछाप प्रहरीले जनकारी दिएको छ ।

प्रकाशित मिति : २०८०, २ माघ मंगलबार  १० : ४० बजे

सिन्धुलीको मासु प्रशोधन उद्योगमा छापामारी, गैरकानूनी रूपमा कामगर्दै चिनियाँहरू

सिन्धुली । निर्माणाधिन सिन्धुलीको मासु प्रशोधन उद्योगमा आज अध्यागमन विभाग

ग्यास अभाव विवाद चर्किएपछि उद्योगमन्त्री यादवको राजीनामा

काठमाडौं । ग्यास अभावको समस्या समाधान गर्न नसकेको भन्दै चौतर्फी आलोचना

बाढीपहिरो पीडितको उद्धार तथा राहतका लागि टेक्नो मोबाइलद्वारा १० लाख रुपैयाँ सहयोग

काठमाडौँ ।  अविरल वर्षाका कारण उत्पन्न बाढीपहिरो तथा प्राकृतिक विपद्बाट

केम्पो ओपन कपमा प्रतिस्पर्धा गर्न नेपाली टोली पोर्चुगल प्रस्थान

काठमाडौं । विश्वका करिब ३० देशका खेलाडी सहभागी हुने अन्तर्राष्ट्रिय

गगन थापा स्याङ्जा जाँदै, गोपालमान श्रेष्ठको ४५औँ पुण्यकार्यमा सहभागी हुने

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा स्याङ्जा जाने भएका छन्।