२०८३, २० आश्विन बुधबार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गर्नेको संख्या बढ्यो

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गर्नेको संख्या बढ्यो


काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सन् २०२३ मा अन्तर्राष्ट्रियतर्फ यात्रु आवागमन बढेको छ । अघिल्लो वर्षको तुलनामा अन्तर्राष्ट्रियतर्फ यात्रु आवागमन ३०.१८ प्रतिशतले बढेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार ४५ लाख ४१ हजार १३७ यात्रु विदेशबाट नेपाल आएका छन् । यो अहिलेसम्मकै धेरै भएको कार्यालयले जनाएको छ ।

अन्तर्राष्ट्रियतर्फ उडान संख्या पनि बढेको छ । गतवर्षको तुलनामा २९.४० प्रतिशतले उडानमा वृद्धि हुँदा ३१ हजार ४६० वटा उडान भएको तथ्यांक छ ।

आन्तरिकतर्फ भने यात्रुको संख्या घटेको छ । गत वर्षको तुलनामा ७.०७ प्रतिशतले यात्रु आवागमन घट्दा त्रिभुवन विमानस्थलबाट ४१ लाख ५० हजार ३२६ यात्रु आएका छन् ।

उडान संख्या १०.३६ प्रतिशतले घट्दा ९६ हजार ९८९ उडान भएका छन् ।

कार्गो आवागमनमा भने वृद्धि भएको छ । गत वर्षको तुलनामा १०.८७ प्रतिशत वृद्धि हुँदा तीन हजार ४२६.८६१ टन कार्गो आएको छ ।

अघिल्लो वर्षको तुलनामा कुल यात्रुको संख्यामा भने ९.२ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्ष ७९ लाख ५४ हजार ४९५ यात्रुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गरेका थिए । यस वर्ष यो संख्या बढेर ८६ लाख ९१ हजार ४६३ पुगको छ ।

प्रकाशित मिति : २०८०, २८ पुस शनिबार  १२ : ४४ बजे

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको

कांग्रेस महाधिवेशन : उम्मेदवारहरूको नामावली सार्वजनिक

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि

आजको मौसम : विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना, चट्याङ र हावाहुरीबाट सतर्क रहन आग्रह

काठमाडौं । देशमा पश्चिमी न्यून चापीय प्रणालीसँगै मनसुनी वायुको प्रभाव

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ६३५ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ६३५ वटा सवारीसाधनका

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय