२०८३, ११ कार्तिक बुधबार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गर्नेको संख्या बढ्यो

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गर्नेको संख्या बढ्यो


काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सन् २०२३ मा अन्तर्राष्ट्रियतर्फ यात्रु आवागमन बढेको छ । अघिल्लो वर्षको तुलनामा अन्तर्राष्ट्रियतर्फ यात्रु आवागमन ३०.१८ प्रतिशतले बढेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार ४५ लाख ४१ हजार १३७ यात्रु विदेशबाट नेपाल आएका छन् । यो अहिलेसम्मकै धेरै भएको कार्यालयले जनाएको छ ।

अन्तर्राष्ट्रियतर्फ उडान संख्या पनि बढेको छ । गतवर्षको तुलनामा २९.४० प्रतिशतले उडानमा वृद्धि हुँदा ३१ हजार ४६० वटा उडान भएको तथ्यांक छ ।

आन्तरिकतर्फ भने यात्रुको संख्या घटेको छ । गत वर्षको तुलनामा ७.०७ प्रतिशतले यात्रु आवागमन घट्दा त्रिभुवन विमानस्थलबाट ४१ लाख ५० हजार ३२६ यात्रु आएका छन् ।

उडान संख्या १०.३६ प्रतिशतले घट्दा ९६ हजार ९८९ उडान भएका छन् ।

कार्गो आवागमनमा भने वृद्धि भएको छ । गत वर्षको तुलनामा १०.८७ प्रतिशत वृद्धि हुँदा तीन हजार ४२६.८६१ टन कार्गो आएको छ ।

अघिल्लो वर्षको तुलनामा कुल यात्रुको संख्यामा भने ९.२ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्ष ७९ लाख ५४ हजार ४९५ यात्रुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गरेका थिए । यस वर्ष यो संख्या बढेर ८६ लाख ९१ हजार ४६३ पुगको छ ।

प्रकाशित मिति : २०८०, २८ पुस शनिबार  १२ : ४४ बजे

इजरायलमा नेतान्याहुको लिकुड पार्टी अगाडि, सरकार गठनमा अन्योल

२५ प्रतिशत मतगणना हुँदा लिकुडलाई ३२ सिटको अग्रता, गठबन्धनले ६३

उपत्यकामा २४ घण्टामा ६४३ सवारीसाधनमाथि कारबाही

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ६४३ सवारीसाधनमाथि

दशैं तिहारमा राराताल आउने पर्यटक बढे

कालीकोट । दशैं तिहारको बिदामा राराताल घुम्न आउने पर्यटकको संख्यामा

नेपालका शासकले फ्रान्सबाट के सिक्ने ?

फ्रान्सको आन्दोलन नेपालका शासकका लागि पनि चेतावनी हो। जनताको असन्तुष्टिलाई

लुम्बिनीका सभामुख घर्तीसहित पाँच जनाविरुद्ध जालसाजीको आरोपमा मुद्दा

बुटवल । लुम्बिनी प्रदेशसभाका सभामुख तुलाराम घर्ती र प्रदेशसभा सचिव