२०८२, १९ जेष्ठ आईतबार

दुध र दहीको मूल्य घटाउने कोशी प्रदेश डेरी उद्योग संघको निर्णय

दुध र दहीको मूल्य घटाउने कोशी प्रदेश डेरी उद्योग संघको निर्णय


काठमाडौं । बजारमा दुध विक्री हुन छाडेपछि कोशी प्रदेश डेरी उद्योग संघले दुधको बिक्री मूल्य प्रतिलिटर १० रुपैयाँ घटाउने निर्णय गरेको छ । यस्तै दही, पनिर र नौनी घ्यूको बिक्री मूल्य पनि घटाउने संघले निर्णय गरेको हो ।

कोशी प्रदेशका ठुला विभिन्न ८ वटा डेरी उद्योगहरू आबद्ध संघको बैठक कार्तिक २३ गते विराटनगरमा बसेको थियो । उक्त बैठकले किसानको दुधको बजार सुनिश्चितता गर्न तथा हाल दुधको उत्पादन बढी भएको समयमा उपभोक्तालाई समेत राहत प्रदान गर्ने उद्देश्यले कार्तिक २६ गतेदेखि लागू हुने गरी मूल्य घटाएको हो ।

घटाएको मूल्य अनुसार अब उपभोक्ताले स्ट्याण्डर्ड दुध आधा लिटरको मूल्य ४५, लो फ्याट मिल्क आधा लिटरको ३५, दही २ सय मिलिलिटरको ३५, आधा लिटरको दही ८०, एक लिटर दहीको १५०, पनिरको प्रतिकेजी ७८० र नौनी घ्यू प्रतिकेजी ८ सय रुपैयाँमा पाउने भएका छन् ।

उक्त मूल्य अनुसार आइतबारदेखि विक्री सुरु हुने रीतिका डेरी उद्योग प्रालिका सञ्चालक योगेन्द्र चिमरियाले बताए । झापाको बिर्तामोडमा रहेको एनएमसी डेरी उद्योगका सञ्चालक रामचन्द्र उप्रेतीको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो । कतिपय डेरीहरूले भने कार्तिक १ गतेदेखि यो निर्णय लागू गर्ने जनाएका छन् ।

यस्तो निर्णय गर्ने डेरी उद्योगहरूमा एनएमसी डेरी उद्योग, कामधेनु दुग्ध विकास संहकारी संस्था लि. , रीतिका डेरी उद्योग, सूर्योदय मिल्क एण्ड वेभरेज इ. प्रा.लि. , गोरस डेरि प्रा।लि।, जीवन विकास डेरी, मदानी मिल्क हाउस र शिवम डेरी एण्ड फुड इन्डष्ट्रिज प्रा।लि। रहेका छन् ।

कोशी प्रदेशमा दुध उत्पादन बढेर बजारमा विक्री नहुँदा दुध उत्पादक किसानहरू ‘मिल्क होलिडे’को मारमा छन् । अघिल्लो आर्थिक वर्षको तथ्याङ्क अनुसार कोशी प्रदेशमा दुध दिने गाईको सङ्ख्या ५ लाख १० हजार ३२ रहेको छ भने भैँसीको सङ्ख्या २ लाख ८७ हजार ९६८ रहेको छ । उक्त सङ्ख्याको गाई र भैँसीबाट प्रदेशमा दैनिक ५ लाख २५ हजार १५५ लिटर दुध उत्पादन हुने तथ्याङ्कमा उल्लेख छ ।

प्रतिव्यक्ति उपलब्धता वार्षिक ९२ लिटर रहेको छ भने आवश्यकता ७१ लिटर मात्रै हो । उक्त तथ्याङ्क अनुसार पनि कोशी प्रदेशमा दुध उत्पादन आवश्यकता भन्दा बढी हो । दुधको उत्पादन बढेपछि दुध व्यवसायीहरूले नयाँ बजारको रूपमा बंगलादेश निर्यातको सम्भावना खोजी गरिरहेका छन् । तर, अहिलेसम्म बंगलादेश निर्यातको टुङ्गो लाग्न भने नसकेको बताइएको छ ।

गएको फागुन महिनासम्म उत्पादित दुध जेनतेन बजारमा खपत भएको र त्यसपछि बजारको मागभन्दा बढी दुध बजारमा आउने क्रम अहिले निरन्तर छ । फागुन चैत महिनासम्म विराटनगरको सूर्योदय मिल्क एण्ड बेभरेज इण्डष्ट्रिजले बढी भएको दुधलाई पाउडरमा रूपान्तरण गर्दै आएकोमा अहिले तीनवटा उद्योगले पाउडर बनाइरहेका छन् । कोशी प्रदेशमा तीनओटा पाउडर प्लान्ट सञ्चालन भएपनि किसानले उत्पादन गरेको सबै दुध खपत नहुने अवस्था आएको डेरी उद्योगका सञ्चालकहरूले जानकारी दिए ।

कोशी प्रदेशमा अहिलेको सिजनमा उत्पादन भएको दुध मध्ये १ लाख ५० हजार लिटर दुध औपचारिक क्षेत्रबाट बजारमा आउने गरेको थियो । तर, अहिले औपचारिक क्षेत्रमा झण्डै २ लाख ५० हजार लिटर भन्दा बढी दुध सङ्कलन भइरहेको डेरी उद्योगहरू बताउँछन् । कोशी प्रदेशमा दुध उत्पादन वृद्धि गर्न प्रदेश सरकारले प्रतिलिटर २ रुपैयाँको दरले नगद अनुदान दिने नीति लिएका कारण पनि उत्पादन बढेको व्यवसायीहरूले बताएका छन् ।

प्रकाशित मिति : २०८०, २५ कार्तिक शनिबार  ७ : ०४ बजे

राष्ट्रपति पौडेलद्वारा रातो मच्छिन्द्रनाथको भोटो जात्रा अवलोकन

ललितपुर । राष्ट्रपति रामचन्द्र पौडेलले वर्षा र सहकालका देवता रातो

गणतान्त्रिक शक्तिहरूबीचको सहकार्य मजबुत बनाउनु आजको आवश्यकता :अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गणतान्त्रिक

गणतन्त्रको सबैभन्दा ठूलो शत्रु ढिलासुस्ती, अनियमितता र बेथिति हुन् : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्दै पौडेलले गणतन्त्रको सबैभन्दा ठूलो शत्रु ढिलासुस्ती,

पर्यटकलाई कुनै किसिमको झन्झट नदिन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल आउने पर्यटकलाई कुनैपनि

वायु सेवा निगमलाई ‘धर्मपुत्र’ सरह पालिराख्नु पर्दैन् : मन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले नेपाल