२०८१, ९ फाल्गुन शुक्रबार

भिजन लुम्बिनी ऊर्जाको आईपीओ खुल्यो

भिजन लुम्बिनी ऊर्जाको आईपीओ खुल्यो


काठमाडौं । सर्वसाधारणका लागि आजदेखि भिजन लुम्बिनी ऊर्जा कम्पनीको प्राथमिक सेयर (आईपीओ) मा आवेदन खुलेको छ ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुले नकिनेको सेयरसमेत थप गरी कुल २० लाख ७५ हजार २८५ कित्ता सेयर सर्वसाधारणलाई खुला गरेको हो ।

अंकित मूल्य १ सयका दरले कम्पनीको आईपीओ खुलेको हो । कात्तिक २० गतेसम्म आईपीओमा आवेदन दिन सकिनेछ ।

यसअघि आयोजना प्रभावित स्थानीयले नकिनेको ४ लाख ८७ हजार ९१० कित्ता सेयर थप गरी कम्पनीले सर्वसाधारणलाई निष्कासन गरेको हो ।

आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा ३ लाख ८० हजार कित्ता सेयरका लागि आवेदन दिन सकिनेछ । सीडीएससीको मेरो सेयर अनलाइन प्रणालीबाट आवेदन दिन सकिनेछ ।

कस्तो छ कम्पनी ?

कम्पनीले आईपीओ निष्कासनका लागि गराएको रेटिङमा इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले आईआरएन डबल बी इस्यूअर रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्दछ ।

कम्पनीले कास्कीको माछापुच्छ्रे गाउँपलिकामा २५ मेगावाटको सेती नदी जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । आयोजनाको कुल अनुमानित लागत ५ अर्ब २० करोड रुपैयाँ रहेको र प्रतिमेगावाट कुल अनुमानित लागत २० करोड ८० लाख रुपैयाँ रहेको छ ।

आयोजनाको प्रतिमेगावाट लागत मध्यम देखिन्छ । आयोजनाको अनुमति पत्र बहाल रहने अवधि भने अझै ३३ वर्ष रहेको छ ।

कम्पनीको मुख्य व्यवसाय नै सोही आयोजनाबाट विद्युत् उत्पादन गरेर नाफा कमाउने हो ।

आयोजनाको पावरहाउस तथा टेलरेसतर्फको काम ९६ प्रतिशत, इलेक्ट्रोमेकानिकलतर्फ ७५ र हाइड्रोमेकानिकलतर्फ ८५ प्रतिशत काम सम्पन्न भएको कम्पनीले जनाएको छ ।

आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ७।४६ वर्ष रहेको र डिस्काउन्टमा लगानी फिर्ता हुने अवधि १२।१४ वर्ष रहेको छ ।

कस्ता छन् वित्तीय सूचक ?

आयोजनाबाट विद्युत् उत्पादन नभए पनि कम्पनीले विद्युतीय क्षेत्रका अन्य कार्यबाट नाफा कमाएको विवरण देखाएको छ ।

गत असारसम्मको अपरिस्कृत वाषिर्क वित्तीय विवरणअनुसार कम्पनीको प्रतिसेयर आम्दानी २१ रुपैयाँ ८१ पैसा छ । सो अवधिसम्म कम्पनीले ६ लाख ८ हजार रुपैयाँ बराबर रकम सञ्चित नाफा रहेको आफ्नो विवरणपत्रमा उल्लेख गरेको छ ।

त्यस्तै असारसम्म प्रतिसेयर नेटवर्थ १३९ रुपैयाँ ७७ पैसा छ । यस आर्थिक वर्षको अन्त्यमा कम्पनीले प्रतिसेयर आम्दानी १५ रुपैयाँ ३१ पैसा रहने र प्रतिसेयर नेटवर्थ १४७ रुपैयाँ १४ पैसा रहने अनुमान गरेको छ ।

प्रकाशित मिति : २०८०, १६ कार्तिक बिहीबार  ९ : ०४ बजे

देशको आर्थिक अवस्था सुखद छैन् गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले पछिल्लो समय देशको आर्थिक अवस्था

साँखुमा स्कुल बस दुर्घटना : छ जनाकाे मृत्यु, ४० घाइते 

काठमाडौं: काठमाडौंको शंखरापुर नगरपालिका ५ स्थित साँखु–नगरकोट सडखण्डमा स्कुल बस

प्रचण्डको अभिव्यक्तिमा एमालेको आपत्ति

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौँलाले नेकपा माओवादी

हामीले क्रान्तिका कुरा गर्यौं तर हुलाक सेवालाई परिवर्तन गर्न सकेनौं’

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुव्वा गुरुङले राजनीतिक

सशस्त्र प्रहरीको विपद् प्रतिकार्यका लागि ५३ औं टोली तयार

सप्तरी । विपद् व्यवस्थापन कार्यमा खटिँदै आएको सशस्त्र प्रहरी बल,