२०८२, ४ कार्तिक सोमबार

तनहुँमा एकै दिन १ सय ८२ डेङ्गी सङ्क्रमित थपिए

तनहुँमा एकै दिन १ सय ८२ डेङ्गी सङ्क्रमित थपिए


काठमाडौं । तनहुँमा दैनिक डेङ्गी सङ्क्रमितको सङ्ख्या बढ्ने क्रम जारी छ । झन्डै दुई महिनाअघिदेखि फैलिएको डेङ्गी दैनिक फैलिँदै जाँदा अझै नियन्त्रणमा आउन सकेको छैन । मङ्गलवार मात्रै एक सय ८२ जना डेङ्गी सङ्क्रमित थपिएका स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।

तनहुँमा सोमवारसम्म छ हजार चार सय ८४ जना डेङ्गी सङ्क्रमित रहेकामा त्यो सङ्ख्या बढेर छ हजार छ सय ६६ जना पुगेको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिनुभयो ।

व्यास नगरपालिकामा ६० जना सङ्क्रमित थपिएका छन् । यसअघि पाँच हजार चार सय १५ रहेको यस पालिकामा थपिएर पाँच हजार चार सय ७५ जना पुगेको छ । डेङ्गी सङ्क्रमितका कारण निजी क्लिनिक र अस्पतालमा दैनिक भिड हुने गरेको छ भने कतिपय पोखरा र चितवनसम्म धाउन थालेका छन् ।

जिल्लाको अन्य पालिकामा शुक्लागण्डकी नगरपालिकामा चार सय ९६, ऋषिङ गाउँपालिकामा एक सय ९४, भिमाद नगरपालिकामा एक सय ८४, म्याग्दे गाउँपालिकामा एक सय १०, भानु नगरपालिकामा ८४, बन्दीपुर गाउँपालिकामा ४७, आँबुखैरेनी गाउँपालिकामा ३९, देवघाट गाउँपालिकामा २२ र घिरिङ गाउँपालिकामा नौ जना सङ्क्रमित भएका छन् ।

डेङ्गी सङ्क्रमणबाट बच्न वयस्क एडिज जातको लामखुट्टेको टोकाइबाट बच्नु नै उत्तम उपाय भएको र घर वरिपरि पानी जम्न नदिने, सुत्दा झुलको प्रयोग गर्ने, पूरा बाउला भएका कपडा लगाउने लगायतमा सतर्कता अपनाउनुपर्ने दमौली अस्पतालका प्रमुख डा। परिवर्तन बरालले बताउनुभयो । डेङ्गी सङ्क्रमित भइसकेको अवस्थामा चिकित्सकको परामर्शअनुसार औषधि सेवन गर्न, झोलिलो खानेकुरा प्रशस्त पिउन, फलफूल खान र आराम गर्न उहाँले सुझाव दिनुभयो ।

प्रकाशित मिति : २०८०, १५ कार्तिक बुधबार  ८ : ११ बजे

तिहार पर्वले विभिन्न जातजाति, भाषाभाषी र संस्कृतिलाई एकताको सुत्रमा बाँध्ने प्रयत्न गरेको छ : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले तिहार पर्वले नेपालीबीच आपसी सद्भाव,

गृहमन्त्रीले अमेरिका भागेका भनेका पूर्वऊर्जामन्त्री खड्का जलेको घरमै सार्वजनिक

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले तत्कालीन ऊर्जामन्त्री दीपक खड्का देशबाट

देशमा समृद्धि, समानता र शान्ति स्थापनाका लागि प्रतिबद्ध छु : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा

आज लक्ष्मी पूजा : धन धान्यकी देवीको आराधना गर्दै देशभर दीपावली

काठमाडौं । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज देशभर धन,